• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 5, 2010

    भव्यतासाथ पृथ्वीनारायण शाहको एकता दिवस मनाइने

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई यसपटक भव्य एकता दिवसका रूपमा मनाइने भएको छ ।
    एकता दिवसलाई भव्य बनाउने अभियानको संयोजन एमाले नेता मोदनाथ प्रश्रतिले गरेका छन् । राष्ट्रनिर्माता स्व. शाहको जन्मजयन्ती र एकता दिवसको राष्ट्रिय हैसियत खोसिएको चार वर्षछि पहिलो पटक एमाले नेताकै संयोजनमा एकता दिवस मनाउन लागिएको हो । स्व. राजा पृथ्वीको २ सय ८८औं जन्मजयन्ती २७ पुसमा हो । सो अवसरमा उनको योगदानसमेतमा विस्तृत
    बहस चलाइने तयारी गरिएको प्रश्रतिले बताए ।
    जाताजातिमा विभाजित स-साना राज्यहरू एकीकरण गरी विशाल नेपाल निर्माण गरेका शाहको ऐतिहासिक कार्यलाई अवमूल्यन नगर्न सम्बन्धित निकायलाई सोही दिन आग्रहसमेत गरिने उनले बताए ।
    'राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले खेलेका भूमिकाको स्मरण गर्दै त्यसलाई राष्ट्रिय बहसको रूपमा ल्याउने गरी जन्मजयन्ती मनाउन लागिएको हो,' प्रश्रतिले सोमबार राजधानीसँग भने ।
    तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको आदेशमा २०६५ सालबाट राष्ट्रिय एकता दिवस मनाउने प्रचलन खारेज गरिएको थियो । सिटौलाले नै सो दिनलाई र्सार्वजनिक बिदा पनि कटौती गरेका थिए ।
    पृथ्वीजयन्तीका अवसरमा आमनागरिक, विद्यार्थी, राजनीतिक व्यक्तित्वलगायतको सहभागितामा सिंहदरबार मूलगेटअघि
    स्व. राजाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको प्रश्रतिले बताए । उनका अनुसार त्यस दिनलाई राष्ट्रिय सम्मानका साथ मनाउन सरकार, नागरिक समाज, वकिल, पत्रकार, शिक्षक, विभिन्न पेसाकर्मी तथा र्सवसाधारणलाई अह्वान
    गरिएको छ ।
    समितिले 'राष्ट्र निर्माणमा पृथ्वीनारायणको भूमिका' विषयक अन्तक्रिर्या पनि आयोजना गर्नेछ । 'क्रान्ति र गणतन्त्रका नाममा राष्ट्रनिर्माताको भूमिकालाई अवमूल्यन गर्दै उनको शालिकसमेत भत्काउने काम भयो,' प्रश्रतिले भने, 'हामी उनको भूमिकालाई फेरि राष्ट्रिय बहसको रूपमा ल्याउन चाहन्छौं ।'
    संघीयताको नाममा इतिहासलाई बिर्सर्ेेजातीय राज्यको नाममा नेपाल टुक्रयाउन खोजिएको प्रश्रतिको आरोप थियो । 'दलका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न र भोट माग्न गलत व्याख्या गरी विभिन्न जातजातिलाई राज्य भाग लगाउने काम गरेका छन्,' प्रश्रतिले थपे, 'राज्य भूगोल र वर्गको हुन्छ, जातीयताको आधारमा हुन्न ।' जातीय आधारमा संघीयतामा जानुअघि पृथ्वीनारायाण शाहको भूमिकालाई सम्झन दलका नेताहरूलाई प्रश्रतिको आग्रह थियो ।
    अमेरिका, रुस, भारत, चीनलगायत ठूला राष्ट्र निर्माण गर्ने राष्ट्रनायकहरूको भव्य शालिक प्रमुख सहरमा सम्मानका साथ राखिएको उल्लेख गर्दैर् प्रश्रतिले भने, 'नेपालमा शालिक बनाउन त परै जाओस् भएका पनि भत्काइएका छन् ।'

    No comments:

    Post a Comment