Thursday, December 31, 2009

बाँच्न गाह्रो छ रे लण्डनमा

काठमाडौं। के तपाईंहरू आफ्ना छोराछोरीलाई विद्यार्थी भिसामा लन्डन पठाउँदै हुनुहुन्छ? हुनुहन्छ भने पठाउनुभन्दा पहिले एकपटक त्यहाँ रहेका नेपाली विद्यार्थीको अवस्था कस्तो छ भन्नेबारे विचार गर्नुहोला। भर्खरै प्लमस्टिडमा २२ वर्षीया धराने युवतीले ट्रेनको लिकमा हाम्फालेर आत्महत्या गरेकी छन्। कारण, उनलाई बा–आमाले घरबाट खर्च पठाउन सकेनन्, उनले लन्डनमा भनेजस्तो काम पनि पाइनन्। अल्डरसोट, भिक्टोरिया रोडमा अवस्थित निरमाया दोहोरीमा गीत गाउँदै–पढ्दै गरेकी देवी उपाध्याय अस्पतालमा ती युवतीको शव देखेको बताउँछिन्। आफूलाई माओवादी बताउने महेन्द्र काडेलले प्लमस्टिडमा खोलेको मेरीटाइम कलेजले यसबीच २० हजार पाउन्ड जरिवाना बेलायती सरकारलाई तिर्नुपरेको छ। दुई सय ५० विद्यार्थीको अनुमति पाएका काडेलले पैसा कमाउने ध्याउन्नमा आठ सय ५० नेपालीलाई भित्र्याएपछि होम अफिसले साँघुरो कोठामा सञ्चालित उनको कलेजलाई कालोसूचीमा राखेको थियो।
त्यसो त प्लमस्टिडमै पढ्ने अर्का एक विद्यार्थी लन्डन पुगेको महिनादिन नपुग्दै मानसिक तनावका कारण नेपाल फिर्ता भए। दाजुले बैंकबाट ऋण निकालेर उनलाई लन्डन पठाएका थिए। गोराकोमा बक्सरुम लिएर बसेका उनलाई काममा कसैले पत्याएन, अन्ततः डिप्रेसनका कारण उनी अस्वस्थ बने। पासपोर्ट र सर्टिफिकेट फाल्न थालेपछि उनलाई कलेजले अस्पताल लग्यो, तर सुधार भएन। त्यसपछि कलेजले आधा पैसा फिर्ता दिनुका साथै टिकट काटेर नेपाल पठाइदियो। उनी पढ्नमा असाध्यै जेहेन्दार विद्यार्थी थिए।
केही नेपालीलाई बेलायत सरकारले पार्कमा सुतेको ठाउँबाट उठाएर नेपाल फर्काएको छ। आफन्त पनि कोही नहुने, विद्यार्थी भनेपछि भाडा तिर्न सक्दैनन् भनेर गोराहरूले कोठा नदिने, कमाइले भाडा तिर्न पनि धौधौ पर्नेजस्ता समस्याले नै हुनुपर्छ नेपाली विद्यार्थी सडकछाप हुनुपरेको छ, लन्डनमा यतिवेला। हालसालै विलवीच पार्क प्लमस्टिडमा चौरको दुबोबाट दुई जोडी विद्यार्थीलाई प्रहरीले उठाएर लगेको कथा कम दर्दनाक छैन। 
बेलायत सरकारले आर्थिक मन्दीका कारण पैसा कमाउन र बेरोजगारी समस्या हल गर्न विद्यार्थी भिसा खुला गर्योर, तर कामचाहिँ दिन सकेको छैन। सन् २०१२ मा हुने ओलम्पिकका कारण मान्छे भित्र्याइएको भनिए पनि काम नपाउनेहरूको हाहाकार छ। टियर–४ अन्तर्गतको भिसा दिइएको छ। पाँच महिनाको भिसा पाउने विद्यार्थीको म्याद नथपिँदा उनीहरू बिलखबन्दमा परेका छन्। साउथ हलको गुरुद्वारामा निःशुल्क खान जाने नेपाली विद्यार्थीको लाइनले बनारसमा ५० वर्षअघिको नेपाली विद्यार्थीको हालतलाई स्मरण गराउाछ। 
बाग्लुङ एफएमकी सांगीतिक कार्यक्रम प्रस्तोता एवं समाचारवाचिका देवी उपाध्याय १७ महिने विद्यार्थी भिसामा लन्डन छिरेकी हुन्। देवीको ग्रुपका पैंतालिसमध्ये सातजनाले मात्र काम पाएका छन्। उनीजस्ता विद्यार्थीले सातवटा पेपर कटाएपछि मात्रै भिसाको म्याद थप हुन्छ। भिसाको म्याद थप्न ६ हजार पाउन्ड बैंकमा जम्मा गर्नुपर्छ, जब कि परीक्षा शुल्क नै तीन सय २० पाउन्ड लाग्छ, १४ सय शुल्क तिरेर पढ्न आउनेहरूको शुल्क बढेर २८ सय पाउन्ड पुगेको छ। कलेजबाट राज्यले लिने १७ प्रतिशत कर बढेर २० प्रतिशत पुग्न लागेको छ। बैंकमा खाता खोलेपछि तीन महिनामा एक हजार पाउन्ड जम्मा गर्नैपर्ने नियम छ, तर विद्यार्थीले हप्तामा २० घन्टाभन्दा बढी काम गर्न नपाउने नियमले त्यति पैसा कताबाट जम्मा गर्नु?
२० घन्टाको कमाइले कोठाभाडा कसरी तिर्नु, खाना केले खानु, कसरी ट्रेनको यात्रा गर्नु? कलेज फी केले तिर्नु अनि बेलायत सरकारलाई केबाट ट्याक्स बुझाउनु? कमाएर नेपालमा पैसा पठाउने आशा गर्नु त झन् बेकार छ। हप्ताको सय पाउन्ड कमाइ जम्मै लगाउादा पनि कोठाभाडा तिर्न पुग्दैन, खाने र यातायातखर्च त परै राखौँ। यी र यस्तै समस्याका कारण सर्टिफिकेट च्यातेर स्पेन पस्ने विद्यार्थी पनि थुप्रै छन्। बाग्लुङकी सरिता कार्कीले लन्डनमा बसेको तीन महिना भयो, नेपालबाट खर्च मगाएर खाइरहेकी छन्। पोखराको मेट्रोपोलिटन कलेजमा प्लस टु पढाउँदै गरेका पूर्ण गुरुङले १० वर्षअघि नै हो डिग्री पास गरेको। उनी अहिले फेरि डिग्री गर्न भनी लन्डन छिरेका छन्। तर, लन्डनमा उनको हालत सामान्य नेपाली होटलका वेटरको भन्दा खराब छ। त्यसैगरी, भीमसेन उच्चमावि बिहुँ, बाग्लुङका हेडसर पूर्ण काडेलले नेपालमा यताउति गरेर मासिक ३५ हजारसम्म कमाउँथे, तर टिचर ट्रेनिङमा पढ्न भनी लन्डन पुगेका उनी पाँच महिनादेखि बेरोजगार छन्। 
विशेषगरी इन्डियनकहाँ काम गर्ने नेपाली चेलीमाथि यौनशोषणसमेत हुने गरेको छ। 'तिमीहरू पाकिस्तानी हौ?' भन्दै काला पनि नेपालीका पछि लाग्ने गरेका छन्। देवी र प्रतीक्षा घिमिरेलाई इन्डियनले काम दिएबापत घुमाउरो ढंगबाट प्रस्ताव राखेको, तर उनीहरूले प्रतिवाद गरेको उनीहरूका निकटस्थ बताउँछन्। कतिपयले बाध्यताले त्यस्तो प्रस्ताव मान्ने पनि गरेको चर्चा छ लन्डनस्थित नेपाली समुदायमा। स्रोतका अनुसार ३० र ७० को अनुपातमा नेपाली युवती र युवा लन्डन छिरेका छन्। १६ देखि ४० वर्षसम्मलाई भिसा दिएको छ, बेलायत सरकारले।
गोर्खाली खासा व्यापारीका एक्ला छोरा राम मल्ल विद्यार्थी बनेर बेलायत छिरेको चार महिना भयो, उनले अहिलेसम्म काम पाएका छैनन्। बाबुले एक्लो छोरो, नजा भन्दाभन्दै झगडा गरेर उनी लन्डन हान्निएका हुन्। प्रेमविवाह गरेको एक महिना नपुग्दै श्रीमती नेपालमा छाडेर हिाडेका उनलाई यतिवेला फकौ या के गरौँ भएको छ। चितवनका रामबहादुर थापालाई दिमागी समस्या आयो। दिनभर रुने, कराउने, बत्ती बल्यो भन्ने, सर्टिफिकेट च्यात्ने आदि गर्न थालेपछि उनलाई नेपाल फर्काइएको छ। पर्वत लुँखु– ८ का शिव गिरीलाई साथीभाइले केही समय पाँच–पाँच पाउन्ड चन्दा उठाएर खुवाए। अहिले उनी दिनको १० पाउन्डमा होटल लुइसाममा बेड मिलाउने काम गरिरहेका छन्। उता, पर्वत कटुवा चौतारीकी सिर्जना सिलवाल भने सात महिना पनि नबसी तीन महिनापहिले लन्डनबाट नेपाल फर्केकी छन्। गोर्खाकी मीना गुरुङ पढ्न भनेर लन्डन छिरेको ६ महिना भयो, अहिले रमेशबाबु श्रेष्ठले चलाएको दोहोरीमा काम गरिरहेकी छन्। बाग्लुङका नारायण सापकोटा र दाङकी रमा गुरुङलाई इन्डियनकोमा काम गरिराखेका वेला आफ्ना मान्छेलाई काम लगाएर निकालिएको छ। मन लागेका वेला कामबाट निकाले पनि त्यहाँ कसैको केही उपाय लाग्दैन। प्रजातान्त्रिक देश भनेर के गर्नु? नेपालीलाई कुनै ट्रेड युनियन अधिकार छैन। नेपालमा जस्तो वाइसिएल, युथफोर्स वा ट्रेड युनियन छैन त्यहाँ। कसैको रिफरेन्सविना काम पाइन्न। अप्लाई गरेर बाहिर निस्किनसक्दै गोराहरूले सिभी कुडाकर्कटमा हालिदिन्छन्, कुनै नेपालीले राम्रो काम पायो भने नेपालीले नै खुट्टा तान्ने गरेको गुनासो पनि सुनिन्छ। 
कति नेपाली छन् बेलायतमा?
विभिन्न स्रोतका अनुसार बेलायतमा बस्ने नेपालीको संख्या मोटामोटी ७० हजार पुगेको छ। हजारजति नेपाली त नर्स नै होलान्। ब्रिटिस सरकारले गोर्खा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने घोषणा गरेर दुई करोड १० लाख पाउन्ड त मासिक रूपमा कर असुल्ने रहेछ। गोर्खालीले समान पेन्सन मागेका हुन्, तर चलाख बेलायतले लन्डनमै बस्न पाउने सुविधासमेत दियो। किन? १८ वर्ष सलाम गरेको, जस्तो र जतिमा पनि काम गर्न राजी हुने, मुसलमानभन्दा कम खतरनाक, कम पढालेखा भएकाले वार्षिक तीन लाख रोजगारीको रिक्तता पनि हल हुने ठानेको हुन सक्छ बेलायतले। सम्भवतः यही भएर होला उसले पाकिस्तानी र इन्डियनको कोटासमेत काटेर नेपाली विद्यार्थीलाई दिएको छ। 
स्रोतका अनुसार, मेबाट सुरु भएर जुन–जुलाईसम्म आठ हजार नेपाली विद्यार्थी बेलायत भित्रिएका छन्। तीमध्ये पााच सयजति स्वदेश फर्किसकेका छन् भने अरू पनि फर्कने क्रम जारी छ। बााकी रहेकामध्ये १५ सय जतिले मात्रै जसोतसो काम पाएका छन्। इटालियन रेस्टुरेन्टमा काम गर्ने पोखराका मोहन केसी पनि फिर्ता भए। फ्रस्टेसन भएछ उनलाई। 
पोखराका बद्री केसी लन्डन पुगेको आठ महिना भयो। उनी बस्ने गरेको रेडिङमा मात्रै दुई हजार नेपाली होलान्। नआऊ भन्दाभन्दै पनि उनीपछि १५ जना लन्डन पुगेका छन्। आफू गएर प्रगति गर्योज, हामीलाई चाहिा छेक्छ भन्दै उनीसाग गुनासो गर्नेहरू अहिले बिचल्लीमा परेका छन्। अहिले केसीले लन्डनमा तिनैलाई पालिरहनुपरेको छ। फलानो घरका मान्छे लन्डन गयो, हामी किन नजाने भन्ने प्रतिस्पर्धा छ नेपालमा। सामाजिक प्रतिष्ठाको विषय बनाएर लन्डन जाने क्रम देशमा बढ्दो छ। तर, युनिभर्सिटी एफिलेटेड कलेज भन्दै नलेज नै नभएको कोर्समा आउनेको संख्या धेरै छ। उनीहरूले पढ्ने विषय थाहा पाउादा नपाउादै भिसा सकिन्छ। 
त्यसो त बेलायत जाने सबैको अवस्था नाजुक नै छ भन्ने पनि होइन। थेम्स भ्याली रेडिङमा पढ्नेहरूको स्थिति अपेक्षाकृत राम्रै छ। इम्प्याक्ट कलेज रेडिङमा बिकल नामका नेपाली ट्युटर पनि छन्। एमएससी गरेका गोविन्द लामिछाने पनि त्यहीा पढ्दै छन्। काठमाडौं नयााबानेश्वरकी लेक्चरर दिदी अनामिका पनि त्यहीा पढ्दै काम पनि गर्दै छिन्। नेटवेस्ट बैंक र लोएड्स आदिमा शान्ति गुरुङजस्ता हाइस्केलमा काम गर्ने नेपाली पनि भेटिन्छन्। प्रियंका कार्कीपछिकी मिस टिन खुस्बु ओली विद्यार्थी बनेर थेम्समा बसेकी छन्। ५/६ वर्षअगाडि बाबुआमासित लन्डन पुगेकाहरू नेपाल फर्कन मान्दैनन् बरु कट्टर धर्म मान्दै आइतबारैपिच्छे चर्चमा जान्छन्। डिपेन्डेन्टमा आउनेहरूले चाहिा अपेक्षाकृत रूपमा काम पाएका छन्। सक्कली बिहेबारी छैन। डिपेन्डेन्ट केटाले केटीलाई राख्ने गर्छ। गर्भवती बन्नेहरूको समस्या झन् चर्को छ। लाहुरेका सन्तान मात्रै होइन, अन्य समुदायबाट डिस्कोमा जाने नेपाली पनि कम छैनन्। लन्डनका मानिसको वार्षिक आय सरदर २४ हजार पाउन्ड हो, तर मासिक ११ सय पाउन्ड कमाउने नेपालीलाई तीन सय पाउन्ड कर तिर्न मुस्किल छ। 
अझै रंगभेद
बेलायतमा अझैसम्म रंगभेद यथावत् छ। कनेट स्कुलमा हालै ५० गोर्खाली र ६ सय गोरा विद्यार्थीबीच ग्याङफाइट भयो, पढाइमा कमजोर गोरा विद्यार्थीलाई ५०–६० जना सहायक शिक्षकले मद्दत गर्छन्। तर, गोर्खालीमाथि वास्ता गरिादैन। काम गर्ने ठाउामा पनि १७ वर्षे गोरा सुपरभाइजर भएर आउाछ र पेल्छ। बेलायतमा लेबर पार्टीको १२ वर्षे सत्ता पल्टाएर कट्टरपन्थी कन्जरभेटिभ पार्टी आउन लागेको छ, नेपालमा कांग्रेस–एमालेको विकल्पमा माओवादी आएजस्तै। कन्जरभेटिभ विदेशीका लागि फ्रान्सका निकोलस सार्कोजीजस्तै अनुदार मानिन्छ। हाम्रा गोर्खाली भने धनबहादुर गुरुङ त्यहीँ कन्जरभेटिभ पार्टीबाट काउन्सिलर बनेकोमा मख्ख परिराखेका छन्। 
नेपाली मात्रै होइन, इन्डियन विद्यार्थीको पनि पीडा उस्तै छ। वेम्ब्लीको मीनाबजारमा इन्डियनले पीडित विद्यार्थीलाई लत्ताकपडा, खाजा दिएर राखेका छन्। हन्स्लो, साउथ हल इलिङ आदिबाट काम नपाएर र पैसा सकिएर हप्तामा ५–१० जनाका दरले नेपाली घर फर्कंदै छन्। एक महिनाअघि त्यहाा एक इन्डियनले आत्महत्या गरेका थिए। गुजराती मात्रै बेलायतमा ९० हजार पुगेको बताइन्छ। श्रीलंका, पाकिस्तान, फिलिपिन्स र बंगलादेशबाट पनि बेलायत जानेको भीड लागेको छ।
— जनआस्था

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete