• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 5, 2010

    भारतीय विद्यालयमा नेपाली अनिवार्य


    बेचु गौड
    परासी, २०६६ पुस १९ - सीमावर्ती भारतीय विद्यालयहरूमा नेपाली भाषा अनिवार्य गरिने भएको छ । नेपाली विद्यार्थीसमेत पढ्ने त्यहाँका स्कुलमा भारतीय विद्यार्थी पनि यो भाषामा जिज्ञासु भएपछि यो निर्णय गरिएको हो ।
    भारतको राष्ट्रिय स्वयंसेवक संघ -आरएसएस) अन्तर्गतका शिशु तथा माध्यमिक विद्यालयमा नेपाली भाषा अनिवार्य गर्ने टुंगो लागेको ठुठीबारीस्थित शिशु विद्यालय तथा हाईस्कुलका प्रबन्धक सन्तप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार महाराजगन्ज जनपदअन्तर्गतका ३६ विद्यालयमा आउँदो जुलाईदेखि यो विषय पढाइ हुनेछ । आरएसएस शिक्षा परिषदले प्राथमिक शिक्षाबाट सुरु गरी पछि हाईस्कुलसम्म पुर्‍याउने नीति लिएको छ ।

    नेपाली पढाउन नेपालबाटै शिक्षक झिकाउने गुप्ताले जानकारी दिए । सीमावर्ती बर्गदवा, सुनौली, भगवानपुर लगायतका ती विद्यालयमा हिन्दी, गणित, अंग्रेजी, संस्कृत, विज्ञान, सामाजिक विज्ञान र कलाजस्ता विषय पढाइ हुँदै आएका छन् । आफ्नो मातृभाषा पनि पढ्न पाइने भएपछि नेपाली विद्यार्थी उत्साही भएको विद्यालयका प्रधानाचार्य विनय पाण्डेले बताए ।
    'नेपाली विद्यार्थीलाई राम्रो भएको छ,' पाण्डेले भने, 'भारतीय विद्यार्थीले पनि छिमेकी राष्ट्रको भाषा जान्न पाउने भएका छन् ।' जति भाषा जान्यो त्यति नै राम्रो हुने तर्क राख्दै उनले नेपालका सीमवर्ती भागमा पनि हिन्दी विषय पढाउन सुझाव दिए । सांस्कृति, वैवाहिक सम्बन्ध, व्यापार, व्यवसायजस्ता सम्बन्ध मजबुत बनाउन पनि भाषाको जानकारी सहयोगी हुने पाण्डेको धारणा छ ।s

    No comments:

    Post a Comment