• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 25, 2009

    हराएका तपस्वी वम्जन त केटीसंग पो मस्त रैछन्

    गोकुल घोरसाइने (बारा) 
    निराहार तपस्यामा बसेका भनेर प्रचार गरिएका विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरीको टोलीले एक युवतीको साथमा पूर्वपश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डको १६ किमी जंगलमा सोमबार राति फेला पारेको छ।
    राजमार्ग गस्तीका क्रममा किशोरीसँगै पैदल पूर्वतर्फजाँदै गरेको अवस्थामा बम्जनलाई प्रहरीले राजमार्गको आरसीसी पुलनजिक राति ९ बजे फेला पारेको हो। बम्जनलाई सेतो च्यादर र रातो गम्छा ओडेको, हवाई चप्पल र सेतो पाइजामा लगाएको र टाउकोमा कपडाको जस्तो सानो पोको बोकेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक रवि रावलले जानकारी दिनुभयो।
    शंका लागेर रोकेर सोधपुछ गर्दा तपस्वीको पहिचान भएको प्रहरीले बताएको छ।
    प्रहरीले तपस्वी भनेर सम्बोधन गर्न थालेपछि बम्जन आफै अगाडि सरेर प्रहरीसँग कुरा गर्न थालेको प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो। शुरूमा युवतीले बम्जनलाई आफनो भाइ भनेर प्रहरीसँग परिचय गराएकी थिइन्।
    युवतीले र्सलाहीको वागमतीस्थित घरमा आमा बिरामी परेर भेट्न जान लागेको बताएकी थिइन् तर प्रहरीले बम्जनको पहिचान गरेपछि भने बम्जन आफै अग्रसर भएर कुरा गर्न थाले’ -निरीक्षक रावलले जानकारी दिनुभयो।
    बम्जनले प्रहरीलाई भारतबाट फर्किएर तपस्यास्थल हलखोरियाको जंगलतर्फजान लागेको बताएका थिए। गढीमाई मन्दिरमा पशुवलि रोक्न किन नगएको भनेर प्रहरीले साधेको प्रश्नमा बम्जनले ँअपराधीहरूले मैले भनेको मानेनन्’ भनेर अस्पष्ट जवाफ दिएका थिए।
    गढीमाई मन्दिरमा पशुवलि रोक्छु भनेर तपस्यास्थल हलखोरियाको जंगलबाट निस्किएपछि बेपत्तँ बनेका बम्जनको अवस्था एक महिनाअघिदेखि अज्ञात रहेको थियो।
    युवतीका बारेमा बम्जनले र्सलाही घर भएकी आफनी ँचेली’ भनेर परिचय गराएका थिए। ँपूरा नाम र ठेगाना भने बताएनन्’ -रावलले भन्नुभयो।
    पहिचान भएपछि बम्जनका बारेमा खासै वास्ता नगरेर त्यसै छोडेको प्रहरीको भनाइ छ। युवतीसँगै बम्जन जंगलको बाटो भएर तपस्वीको घर रतनपुरी-५ बुङ्जोरतर्फलागेको निरीक्षक रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो। (http://www.newsofnepal.com/detailnews.php?type=mahanagar&id=5635)

    नाटक बिभिन्न थरीका हुन्छन्। योपनि एउटा नाटकै हो । भगवान गौतम बुद्दले झैं ध्यान बसेको भनेर चार बर्षदेखि ध्यान बसेका वारा जिल्लाका तपस्वी रामबहादुर बम्जनलाई केटीसित लुकेर हिँडेको अवस्थामा प्रहरीले झ्याप समातेको छ । गौतम बुद्दले झैं उनले गत चार वर्षदेखि तपस्या गर्दै आएका थिए। यसबिचमा पटक पटक गायव हुने र पटक पटक देखापर्ने गरेका थिए उनी । उनको ध्यान र चालचलन केहि विवादास्पद देखिएपनि उनका श्रदालु र समर्थक लाखौं थिए नै । तर उनलाई अहिले प्रहरीले पूर्व पश्चिम राजमार्गको पथलैया निचगढको वनमा फेला पारेछ केटीसित हिँडिरहेको अवस्थामा ।
    निराहार तपस्यामा बसेका भनिएका रामबहादुर बम्जनलाई प्रहरीले सोमबार राती ९ बजे पक्रेको रहेछ । त्यति राती किन हिँडे यूवतीसित बम्जन ? कसैलाई केहि खबर नगरि राती यूवतीसित हिँडेकालेपनि उनप्रति थप शंका उब्जिएको हो । नचिनिने हुनलाई रहेछ कि कुन्नी उनले सेतो च्यादर, र रातो गम्छ ओडेका रहेछन् । सेतो पाईजामा लगाएर हवाई चप्पल पड्काउँदै हिँडेको अवस्थामा प्रहरीले उनलाई झ्याप्प समातेको रहेछ ।
    वनमा राती राती केटीलाई अघिपछि लगाएर उनी किन हिँडे ? तपस्या स्थल बदल्न त पक्कै होइन होला सहयोगिका रुपमा उनलाई लिएर हिँडेको । शंका किनपनि छ भने अघिल्लो महिना उनी गढिमाई मेलामा हुने पशु हिंसा रोक्न जाने सार्वजनिक गरिएको थियो । तर प्रचार गरिए अनुसार उनी त्यहाँ गएनन् । बरु त्यहि बेला देखि बेपत्ता भएका थिए ।  उनको उपस्थिति बारे त्यसबेला देखि कहिँ कसैलाई जानकारी थिएन । कि मेला लाई बेवास्ता गर्दै उनी त्यहि बेलादेखि केटीसित भुलेका थिए ? गढिमाइ मेलामा जाने भनेर त्यहि बेलादेखि दम्पट रहनु र अहिले राती राती जंगलमा केटीसित फेला पर्नुले उनको तपस्यामाथि शंका उब्जिएको छ ।(http://www.nepalplus.com/?p=5695)
    तपस्पी बम्जन र चित्र गुप्तको कथा
    -गम्भिर सिं ऐर / अमेरिका
    मैले मित्रहरुसँग बस्दा सँगै काम गर्ने एक जना मित्र हुनुहुन्थ्यो टेक खडका । कामबाट फुर्सद भएको समयमा कथा, ठट्यौली भनेर रमाइलो गर्नुहुन्थ्यो । यस्तैमा एक दिन त्यहि मित्र टेक जीले भनेको ठट्यौली मलाई याद आयो । तपस्वी रामबहादुर बम्जन केटी सहित भेटिए भन्ने प्रसंगमा मिल्ने भएकाले सबैसित बाँड्दै छु ।
     यमराजको न्यायालयमा पाप र धर्मको फैसला गर्ने मुख्य ब्यक्ती थिए चित्र गुप्त । चित्र गुप्तको न्यायालयमा जानका लागि सबैले एउटा नदी तर्नु पर्दो रहेछ । त्यो नदिमा पुलको ब्यबस्था रहेनछ । नेताहरु हाम्रा जस्तै भए । त्यसैले, पुल नबनाएको होला भन्ने सोच्नु भएको होला । त्यसो होइन । त्यो नदिमा पुल नबनाउनुको अर्कै प्रायोजन रहेछ । जो मानिस सरासर त्यो नदी तर्यो त्यो धर्मी कहलाउँदो रहेछ । जो तर्न सकेन त्यो पापी ठहरिने रहेछ । अर्थात ठान्नुस् पौडिबाज पनि यदी पापी छ भने वा मनमा पाप चिताएको छ भने डुब्ने भयो । त्यसै प्रायोजनका लागि त्यो नदिमा पुल निर्माण नगरिएको रहेछ ।
    नेपाल राज्यबाट जती मानिस मरेर जान्छन ति सबैले त्यो बैतरणी नदी तर्नै पर्ने । यस्तैमा एक दिन के संयोग परेछ भने पश्चिमा देशहरुको प्रभाबमा परेर अत्यन्त छोटा लुगा लगाउने नानीको नेपालबाट चलन भोग सकियो । यसलाई यसरि पनि बुझ्दा हुन्छ कि ति नानीको प्राण पखेरु उड्यो । तिनको मिती पुग्यो र ति नेपालबाट सोझै पुगिन त्यो नदिको किनारमा । चित्र गुप्तको दुर्भाग्य भन्नु पर्ला, त्यहि समयमा चित्र गुप्त पनि त्यहि बाटो आफ्नो कचहरि (भेला, छलफल) मा जान जान लागेका रहेछन् ।
    ति नेपालबाट गएकी नानी, हिमाल पुत्री, गोरी थिईन । चट्ट मिलेको जिउ थियो । उज्यालो मुखाक्रिती थियो । अत्यन्तै सुन्दर थिईन । हेर्दा जस्तो सुकै लोग्ने मानिसका मनमा पनि पाप जन्माउने सुन्दरता थियो जसलाई शब्दमा उनेर पस्किदा कन्जुस्याइ गरेको हुन सक्ने रहेछ ।  त्यत्रो जीवन त्यो न्यायालयमा फैसला सुनाएर बसेका चित्रगुप्तको मनमा त्यो नानीको छोटो लुगाले आन्दोलन ल्याइदियो । अर्थात त्यो नदी तर्दै गर्दा चित्रगुप्त नदिमा झ्वाम्मै भए रे । कसो कसो यम राजाका दुतहरुले चित्रगुप्तलाई बचाएर ल्याएछन् । कथा वा ठट्यौली मै भएपनि यम राजाका चित्रगुप्त त त्यसरी डुब्छन भने तपस्वी रामबहादुर बन्जन त डुबेको कसैले देखेको छैन । फगत पुलिसले केटीसँगै हिंडेको देखेको भरमा दोष नै त नलगाइदिउँ कि ? कि कसो ?
    (http://www.nepalplus.com/?p=5703#more-5703)

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete