• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, December 14, 2009

    विष्टलाई आक्रमण गर्ने त माओवादी नै रैछन्

    पत्रकारद्वारा 'ब्लेड दहन'
    दाङ, मंसिर २८ (नागरिक)- पत्रकार टीका बिष्टलाई आक्रमण गरेको शङ्कामा प्रहरीले आइतबार माओवादीका दुई जिल्ला सदस्य र वाइसिएलका केन्द्रीय सदस्यसहित थप पाँच जना वाइसीएल कार्यकर्ता पक्राउ गरेको छ।

    वाइसीएलका केन्द्रीय सदस्य सुवोधराज शेर्पाइलीसहितका सदस्य पक्राउ गरेको प्रहरीले जनाएको छ। शेर्पाइली वाइसीएल रुकुमका पूर्व अध्यक्ष पनि हुन्। पक्राउ पर्नेमा माओवादी जिल्ला सदस्य केशव रावल र डम्बर बिष्ट छन् अन्य दुई जनाको भने प्रहरीले नाम खुलाएको छैन। यसअघि प्रहरीले शनिबार ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
    यसैबीच प्रहरी नायव उपरीक्षक रवीन्द्रबहादुर घानुकको नेतृत्वमा उच्च सरकारी अधिकारीले घटनास्थल निरीक्षण गरेका छन्। प्रशासनले सतर्कता अपनाउन जिल्लामा थप प्रहरीसमेत परिचालन गरेको जनाएको छ। पत्रकार बिष्टमाथि ६ दिनअघि ३ जना अपरिचितले मरणासन्न हुनेगरी आक्रमण गरेका थिए। बिष्टको काठमाडौंको मोडेल अस्पतालमा उपचार भइरहेको छ।
    उता रुकुमका पत्रकारले आइतबार दिउसो घटनाको विरोधस्वरुप 'ब्लेड दहन' गरेका छन्। उनीहरुले सदरमुकाम खलङ्गामा प्रदर्शनसमेत गरेका थिए। प्रशासनले दोषीलाई पक्राउ गर्न ढिलाई गरेको भन्दै रुकुमेली पत्रकारले विरोध प्रदर्शन गरेका हुन्।


    No comments:

    Post a Comment