• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, December 1, 2009

    यस्तो थियो कोइराला र प्रचन्डविच सिंगापुरमा गोप्य सहमति

    सिंगापुरमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत माओवादीका अध्यक्ष प्रचन्डविच २५ मिनेट भएको कुराकानीको पुरा विवरण
    प्रचन्ड : गिरिजाबाबु नमस्कार
    गिरिजा : नमस्कार, लौ बसौं ।
    प्रचन्ड : तपाईको स्वास्थ्य अहिले कस्तो छ ?
    गिरिजा : पहिलाभन्दा बेटर छ ।
    प्रचन्ड : गिरिजाबाबु अब एउटामध्यमार्गी राजनीतिक निकास निकाल्नु प¥यो ।
    गिरिजा : मैले त तपाईलाई पहिले नै भनेको थिए अप्ठ्यारोमा पर्नुहुन्छ भनेर ।
    प्रचन्ड : पार्टीगत निणर्नय पनि त लिनैप¥यो नी ।
    गिरिजा : त्यसो भए अब के सोत बनाउनुभयो त ?
    प्रचन्ड : तपाईले नै राख्नुभएको मध्यमार्गीनै राजनीतिक निकासको उपर्युक्त बाटो हो भन्ने ठहर गरेका छौं ।
    गिरिजा : ठिक छ त्यसो हो भने म काठमाडौं आएपछि एउटा टुंगोमा पुगौला ।
    प्रचन्ड : हैन गिरिजाबाबु अब ढिला गर्ने समय छैन । तपाईको उमेर स्वास्थ्यले पनि अप्ठ्यारो परिरहेको छ ।
    गिरिजा : एउटा निष्कर्षमा पुगौं
    प्रचन्ड : गिरिजाबाबु तपाई एउटा इतिहास कायम गर्नुहोस, हामी साथ दिन्छौं । तपाई राष्ट्रपति बन्नुहोस हामी सरकारमा जान तयार छौं । यसो भएमा राष्ट्रपतिको कदम पनि सच्चिएको देखिने हामीलाई पनि सजिलो हुने उपर्युक्त बाटो यही मध्यमार्ग हुनसक्छ ।
    गिरिजा : यस विषयमा म काठमाडौं पुगेपछि छलफल गर्छु । सुशिल। रामचन्द र देउवाको साथ नदिन सक्छन यस विषयमा एउटा निष्कर्षमा जान सकिन्छ ।
    प्रचन्ड : सरकार परिर्वतनको विषयमा चै के सोच्नुभएको छ ?
    गिरिजा : अब राष्ट्रपतिलाई नै राजीनामा दिन लगाएपछि सरकार त स्वत ढल्दैन र ?
    प्रचन्ड : देशी विदेशी चलखेल धेरै छ । के भन्न सकिन्छ र ?
    गिरिजा : हामी अरुलाई मात्र दोष नदिउं तपाई हामी मिल्यौं भने दुनियाका कुनै तागतले केही विगार्न सक्दैन । अब ढुक्क हुनुहोस सरकारको नेतृत्व तपाईहरुले गर्नुहुन्छ ।
    प्रचन्ड : यस अघिपनि गृहकार्य त गर्नैप¥यो नी ।
    गिरिजा : त्यसो भए संसद अवरुद्ध खोलेर बजेठ पारित गर्न दिनुहोस । उच्चस्तरिय संयन्त्र बनाएर निर्णय तहमा पुग्नुपर्छ ।
    प्रचन्ड : ठिक छ संसद खोलौला ।
    गिरिजा : अरु म काठमाडौं फर्केपछि कुरा गर्नेछु ।




    No comments:

    Post a Comment