• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, December 1, 2009

    प्रचण्डकि नातिनीलाई मन परेन आफ्नै बाजेको विचार

    माओवादी अध्यक्ष प्रचण्डले दश वर्ष जनयुद्ध गरे बन्दकको बलमा । अनि हरेक नागरिकको हातमा बन्दुक भएमात्रै देशमा दीर्घशान्ति आउने बताउदैछन् । लाग्छ उनी विश्वकै युद्ध नायक हुन् । यसैले उनलाई बन्दुकको मोहले बेसरी च्यापेको छ । अनि देश परिवर्तनका लागि नैपालका सबै संरचना बदल्नपर्ने उनको भनाई पनि छ । चन्द्रसुर्य अंकित नेपालको राष्टिय झण्डा बदल्नुपर्छ भन्ने अभियानमा प्रचण्ड लागेका छन् । तर आफु जीवित छदै उनको तेश्रो पुस्ताले यो करा मान्न तयार छैन । झन्डा फाल्न खोज्ने आफ्नो बाजेको पार्टीको निर्णयलाइ गतिलो झापड लगाएकी रहिछिन !
    तर भविष्यका पुस्ताले झन् प्रचण्डकौ युद्ध मोहलाई कसरी समर्थन गर्ला खै ?उनकै सहोदर नातिनीले गाएको यो राष्टिय गीतले प्रचण्डलाई नै नराम्ररी झापड हानेको छ । प्रचण्डकि छोरीकि छोरी स्मिताले नेपाललाई के भयो भनेर गाएको गीत तपाई पनि हेर्ने कि ? काठमाडौंको हनुमान ढोका संग्राहालय परिसरमा पहिलोपटक छायांकन गरिएको म्युजिक भिडियो हो यो ।
    नातिनी ले हजुरबालाई प्रश्न गरेको जस्तो छ ,के नेपाली जनताले आशा गरेको नेपाल येही हो भनेर?    देशलाई माया गर्छु भन्ने तिमीहरुले माया गरेको खोइ येही हो भनेर ? अब हजुरबा ले के जवाफ दिने हुन , त्यो हेर्न पाए चै गजब हुने थियो

    1 comment:

    1. मलाई त एकदम मनपर्‍यो यो गीत...हजुरबाभन्दा धेरै कुरा बुझ्ने रै'छिन् नातिनि...

      ReplyDelete