• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, December 1, 2009

    उपचारको बहानामा सुजाताको मनोरंजन





    यसपालि पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला थला परे । उपचार नेपालमा हुन नसकेर सिगापर जानुपर्यो त्यो पनि एअर एम्बुलेन्स चढेर । साच्चै नै कोईरालाको अन्तिम नै स्थिति रहेछ कि भनेर धेरैले सख काटे । धेरै नेपाली जनता भावविह्ल पनि भए । धन्य केहि भएन उनलाई यो हाम्रा लागि खुशीको कुरा हो । जब नेपाली राजनीति अप्ठ्यारोमा पर्छ कोईराला विरामी परिहाल्छन् । शायद देशप्रतिको गहिरो चिन्ताले पनि हुनसक्छ ।
    कोईरालासंगै निजी चिकित्सकद्धय मनबहादुर केसी र जिजुनाथ पोखरेल भतिजा शेखर कोइराला स्वकीयसचिव शेखर थापा र निजी सुरÔाकर्मी महेन्द्र मरासिनी पनि संगसंगै गए एअर एम्बुलेन्स चढेर । छोरी सुजाता पनि के कम उनी पनि साथमै लागिन् आफ्ना पीताजीको उपचार गर्ने बहानामा । बजेट अभावमा सारा देश ठप्प थियो त्यतिबेला । तर सरकारले उनीहरु सबैको खर्च र उपचार समेत वेहोर्नेगरि दुई करोड रुपैयाको पोको पनि साथमै दिएर पठायो । जाजरकोट र दैलेखमा नेपाली जनताहरु जीवनजलको अभावमा मरिरहेको बेलामा गिरिजाप्रसादको उपचारका नाममा दुई करोड निकासा हन जायज हो र
    गिरिजालाई नेपालमा उपचार हुन सक्ने थियो कि थिएन भन्ने कुरा नेपाली चिकित्सकको कुरा हो । नेपालमा रहेका अस्पताल र नसर्िग होमको कुरा हो । नेपालमा उपचार हुन नसकेर सिगापुर गएको भए त ठिकै हो गिरिजा राष्टिय व्यक्तित्व बनिसकेको कारण । तर नेपालका डाक्टर र अस्पताल गिरिजाप्रसाद कोईरालालाई उपचार गर्न नसकेपनि उनलाई लागेको रोगको उपचार गर्न चाहि सक्षम छन् जस्तो लाग्छ है । आदरणीय डाक्टरसाहेबहरुले यो कुराको जवाफ दिनुपर्यो होईन भने तपाईहरुले डाक्टरी पास गरेको सर्टिफिकेट जलाईदिए हुन्छ अनि नेपालका सबै नसर्िंग होम र अस्पताललाई मसान घाट बनाईदिए हुन्छ ।
    फेरि उपचारको बहानामा गिरिजाकी छोरी सुजाता एवम् नेपाल सरकारकी उपपधान तथा परराष्टमन्त्री सुजाता कोईरालालाई सिगापुर गमन मनोरन्जन भ्रमण गएजस्तो भयो । उनले कहि नभएको जात्रा सिगापरमा देखाईन् । अर्थ मन्त्रालयले स्वीकृत नगर्दे परराष्ट मन्त्रालयको पैसा बोकेर उनी िसंगापर हानिएकि हुन् । उनी त्यहा रहँदाको विलासी जीवनले सबै चकित परे । संचारमाध्यमले उनका बारेमा दिएका जानकारीले हामीलाई समेत चकित तुल्याएको छ । सुजाताको त्यो विलासी जीवनचर्याले त्यहाँका सिगापुरेहरु नेपालीको आर्थिक हैसियत धेरै माथी उठेको सोचे होलान् । तर नेपालीको औसत कमाई दैनिक एक डलर भएको उनीहरुलाई कै थाहा शायद सुजातालाई त थाहा छैन होला । फेरि फेरि जिन्दगी आउदैन घुमेर भन्दै पिताको उपचारमा र सहयोग गर्नभन्दा विलासी होटल कार र खानपानमा समय विताईन् सुजाताले सिगापुरमा ।

    नागरिक दैनिकमा आएको समाचार अनुसार कोईरालासंगै गएकाहरु आफैले सामान्य होटल खोजेर बसे भने उनी चाहि उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छू भन्दै िसंगापुरको महँगोमध्ये पर्ने डिलक्स होटलको पनि महँगो प्रेसिडेन्सियल स्विट मा बसिन् । होटल खर्च मात्रै उनको दैनिक १४ सय अमेरिकी डलर १ लाख ५ हजार रुपैयाँ थियो ।
    होटलमात्र होइन सुजाताले भाडामा लिएको कारसमेत अत्यन्त विलासी शैलीको थियो । उनले संसारमै महँगोमध्ये पर्ने लेमोजिन कार भाडामा लिएर चढैकि रैछन् । कारको दैनिक भाडा करिब २ लाख रुपैयाँ रहेछ । तत्कालीन राजा ज्ञानेन्द्र समेत शाहीकालमा रोयल्स रोयस र लेमोजिन कार झिकाउँदा विवादमा परेका थिए । होटलमा बस्दा र कार भाडामा लिएर चढ्न पर्दाको उनको विलासी जीवनलाई सम्झदा उनको अरु खानपानलगायत दैनिक खर्चसमेत कति महंगो भयो होला उनको लागि त राज्यको पैसा लुटको धन फुपुको श्राद्ध जस्तै भएको छ । उनले भारत पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकÔीलाई आफ्नो नाम र पद लेखेर ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएर सबै विदेशीका सामु दानी बनेको प्रसंग नेपाली राजनीतिमा सेलाएको छैन ।
    कोईरालाको उपचारमा भएको एअर एम्बुलेन्स उपचार उनका सबै सहयोगीको आतेजातेसहित सम्पुर्ण खर्च बेहोर्ने सरकारको निर्णयका कारण सिगापुर यात्राले कोईरालाको स्वास्थ्यमा सुधार आएपनि देश चाहि फेरि नराम्ररी थला परेको छ । आर्थिक मितव्ययीतामा मनपरी भएको छ । उनको यो कि्रयाकलापले सुजाता सरकारी ढुकुटीको दुरुपयोग गर्दै िसंगापुर सयर गर्न गएकी हुन् कि पिता सभापति कोइरालाको उपचारमा भन्ने प्रश्न पनि उव्जाएको छ ।
    प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० दैनिक भ्रमणभत्ता होटल तथा खाना खर्च तथा भ्रमण अवधिभरलाई ३ सय अमेरिकी डलर भैपरी खर्च पाउँदा रहैछन् । तर यो नियमले सुजाताको खर्चलाई धान्न सक्दैन । सुजाताको खर्चका विषयमा मन्त्रीपरिषद वैठकमा कुरा उठेपछि धेरैले विरोध पनि गरे । मन्त्रीपरिषद्मा व्यापक विरोध भएपछि उपप्रधानमन्त्रीको विलासी खर्चबाट उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री अर्थमन्त्री र परराष्टमन्त्रीलाई जिम्मा दिएपनि सुजाताको खर्च बदर हुने सम्भावना कम छ । किनभने सुजाताको विषयमा औलो ठड्याउने साहस कसैको छेन । किनभने साथमा उनका पीता छन् । अनि साथमा माधव नेपालको सत्ता पनि छ । अलिकति तलमाथि हने वित्तिकै माधव नेपालको सत्ता धरापमा पछर््र । यसैले माधव नेपाल सरकारमा सहभागी दल सभासद र मन्त्रीपरिषद् सदस्यहरु कसैका अगाडि आाखाको किसंगर बन्न चाहदैनन् । सिडिओ कुटेर देशमा दण्डहिनता बढाएकि मन्त्रीलाई त उनले कारवाहि गर्न सकेनन् भने अरुको विरुद्धमा माधव नेपाललाई बोल्ने आँट होला
    सजाता अहिले मात्रै होईन । अमेरिका भ्रमणका क्रममा समेत आर्थिक अनियमितता गर्न भ्याईन् । सुजाताले नेपाल अमेरिका आतेजाते हवाई खर्च भनेर तीन हजार डलरको बिल पेश गरेकि थिईन् त्यतिबेला । जवकि प्रधानमन्त्री नेपाल १५ सय डलरमा अमेरिका पुगेका थिए । अझैपनि राष्टिय ढिकुटीमाथिको यो ब्रम्हलुटलाई हामीले हेरेर मात्रै बसिरहने हो र यहाँनेर बाबुराम भट्टराई अर्थमन्त्री हुदाकौ प्रसंग कोट्याउन मन लाग्यो । उनी अर्थमन्त्री हुदा विदेश भ्रमण जादा दोहोरो खर्च काटेको र त्यसको शरुवात आफै अमेरिका आउँदाबाट गरेको कार्य प्रशंसनिय थियो । उनी अमेरिका जादा नियम अनुसार होटलमा बस्न पाउँथे । तर त्यो सुविधा उपयोग नगरि राजदुत निवासमा लत्रिए । कतार भ्रमणमा जादा पनि खर्चको लागि लगेको पेश्की रकम ८४४०० मध्येमा होटल खर्च आयोजकले नै व्यहोरेको भनि खर्च नभएको रकम ५९४२८ सरकारलाई फिर्ता गरेका थिए ।
    यसअघि अर्थमन्त्री सुरेन्द्र पाण्डे टर्की गएका वेला दैनिक होटल खर्च दुई सय ८० तिरेका थिए । तर नियमबमोजिम दुई सय ५० डलर मात्रै सरकारी कोषबाट पाउने भएपछि उनले बाँकी ३० डलर गोजीबाट हाल्नुपरेको थियो ।
    आफ्ना मान्छेको जीवनरक्षाका लागि राष्ट्रको ढिकुटी जति रित्याउनुपरे पनि पछि नपर्ने नेताहरुले िसंगापुरको जस्तै अस्पताल आफ्नै देशमा कहिले बनाउने होलान् हुन त यसअघि नेपाललाई िसंगापुरजस्तै बनाउने भाÈणचाहिँ धैरै नेताहरुले गर्दै आएका छन् ।
    सुजाताले देशका विकराल समस्याहरुलाई विसे्रर गरिब नेपालीले तिरेको करमा लिमोजिन कार चढ्ने कुरा कदापी जायज होइन । मुलुक जब कमजोर र अस्थिर राजनीतिको शिकार बन्छ तब सुजाताजस्ता अयोग्य पात्रहरु देशको राजनीतिमा हावी हुन्छन् । अनि देश भ्रष्टहरुको चंगुलमा फसिरहन्छ । विरामी पीताको हेरचाह गर्नु हरेक सन्तानको कर्तव्य हो । तर बाबुको ख्याल गर्नभन्दा पनि सुजाता देशले धान्नै नसक्ने खर्चमा रमाईरहदा नेपाली मन क्ष्ाव्ध भएको छ यतिबेला ।सुजाताको यो कार्यले नेपालमा हुनेगरेका भ्रष्टाचारका पुराना किर्तिमानलाई समेत भत्काईदिएको छ ।
    नेपालको स्वास्थ्यअवस्था कति नाजुक छ सबैलाई जगजाहेर भएकै कुरा हो ।कतिपय स्वास्थ्य सेवा प्रदायकहरुमा छानो पनि छैन वÈर्ामास खुला चौरमा चिसो भुईमा सुताएर उपचार गराईरहेको बाध्यता छ । तैपनि राज्यको ध्यान देशको राजनीतिलाई प्रभाव पार्ने आसेपासेहरुको चक्रमा घुमिरहेको छ । अझैपनि हामी गरीब नेपाली जनता कति महान् बन्ने कति धैर्यशील बन्ने अनि सधै दुःख कष्ट सहेर बस्दाबस्दै पनि उनै चक्र घुमाउनेहरुप्रति कति आशावादी हुने सोच्नुपर्ने बेला आएको छ । तर आशा मरिसकेको छैन । किनभने राज्यको सम्पत्तिमा ब्रम्हलट गर्ने सुजाता जस्ता मन्त्री मात्रै छैनन् खर्चलाई मितव्ययी गराउनुपर्छ भन्ने सुरेन्द्र पाण्डे र बाबुराम भट्टराईजस्ता अर्थमन्त्री पनि नेपालले पाएको छ । तर गरीब जनताकौ पसिनालै आर्जित गरेको कर अब देशका तिनै गरीब जनताका लागि हो कि तिनै सजाताहरुको भरणपोषण र मनोरंजनका लागि हो गम्भीर भएर सोच्नपर्ने बेला आएको छ ।

    सुजाताले आफ्ना विरुद्ध आएको यो समाचारको खण्डन पनि गरेकि छन् । खण्डनसंगै नेपालका पत्रकार र पत्रिकाको स्तर नाप्ने न्यायाधिश पनि बनेकि छन् उनी । स्याटेलाईटले माईसंसारमा पनि यसबारेमा राम्रो टिप्पणी गरेका छन् । अनि नागरिकले त विशेष सम्पादकीय नै तयार पारेको छ । यो लेख समुन्द्रपारि डट कमडिसि नेपाल डट कममा पनि आएको छ । 

    No comments:

    Post a Comment