• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, November 28, 2009

    चितवनमा विवाद, वर्दियामा पर्यटक

    जनक नेपाल / राजेन्द्र नाथ 

    ठाकुरद्वारा (बर्दिया), २०६६ मंसिर १३ - चितवन निकुञ्जभित्रका होटल सञ्चालन अनुमति विवादले पर्यटक र व्यवसायी यतातर्फ आकर्षित भएका छन् । चितवनमा खाने बस्ने असुविधा भएपछि यहाँका रिसोर्ट एवं होटल भरिभराउ हुन थालेका छन् ।
    नवीकरण विवाद टुंगो नलागेपछि टाइगर टप्स होटलले मुख्य पर्यटकीय सिजनमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता पनि बर्दिया निकुञ्जमै सारेको छ । तर त्योभन्दा अघिदेखि नै यतातर्फ पर्यटकको ओइरो लाग्न थालिसकेको थियो । पर्यटक तेब्बर बढेपछि व्यवसायी उत्साहित छन् ।
    'प्याकेजमा बुकिङहरू बढेका छन्,' बर्दिया वाइल्ड लाइभ प्याराडाइज रिसोर्टका सञ्चालक शंकर भट्टराईले भने । चितवन आउने पर्यटकहरू बाँडिएकाले यहाँ चाप बढेको व्यवसायीले बताए ।
    यो निकुञ्ज जंगल सफारी, हात्ती, बाघ, नीलगाई, डल्फिन, गोही हेर्न र कर्णालीमा र्‍याफ्टिङका लागि प्रसिद्ध छ । अमेरिकी, बेलायती, फ्रान्सेली र जर्मन धेरै आउँछन् । पर्यटक बढेपछि द्वन्द्वकालमा बन्द रिसोर्ट पनि सञ्चालनमा आएका छन् । नयाँ रिसोर्ट थपिने क्रम तीव्र छ । यहाँका १७ रिसोर्ट र होटलले दैनिक तीन सय पहुनालाई सुविधाजनक सेवा दिन सक्ने भट्टराईले बताए ।
    हात्तीपोलोले खेल- पर्यटनप्रति चासो राख्ने स्वदेशी तथा विदेशी पर्यटकको ध्यान बर्दिया खिच्ने आशा आयोजकले लिएका छन् । अहिल्यै बुकिङ बढेको छ । मंसिर १४ देखि २० गतेसम्म ठाकुरद्वारा ३ स्थित चिटकैयामा हुने स्पर्धामा १० विदेशी र निकुञ्जको एक टोलीले भाग लिँदै छन् । प्रतियोगिताका लागि बेलायत, अमेरिका, हङकङका दुई टिम, थाइल्यान्ड, आइसल्यान्ड, सिंगापुर, स्कटल्यान्डका दुई टिम र टाइगर टप्स इन्टरनेसनलको टिम दर्ता गरेको आयोजकले बताएका छन् ।
    पछिल्लो समयमा पश्चिममा बन्द हडताल कम भएकाले पनि पर्यटकहरू आकषिर्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारीले बताए । 'बन्द, हडताल घटे । पूर्वाधार विकास हुँदै छ । प्रचारप्रसार पनि भइरहेकाले पर्यटक बढेको हुनुपर्छ,' उनले भने, 'अहिलेकै गतिमा वृद्धि भए वाषिर्क ५ हजार पर्यटक भित्रिने अधिकारीको अपेक्षा छ ।' गत वर्ष बर्दिया निकुञ्जमा ६ हजार पर्यटक आएका थिए ।
    लामो भ्रमणमा निस्केका पर्यटकका लागि बर्दिया निकुञ्ज उपयुक्त गन्तव्य हुने व्यवसायी बताउँछन् । मुगुको रारा, डोल्पाको फोक्सुन्डो र उपल्लो डोल्पो, सिमकोट-हिल्सा हुँदैै मानसरोवर, खप्तड, शुक्लाफाँटा र जुम्ला घुम्न आउनेले पनि ठाकुरद्वारामा एक रात बिताउन सक्ने गरी प्याकेज बनाउन सकिने पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए ।
    'गोष्ठी सेमिनार पनि उत्तिकै बढेका छन्,' जंगल हेडन कजेटका सञ्चालकसमेत रहेका भट्टराईले भने, 'स्वदेशी पर्यटकको पनि गन्तव्य बनेको छ । शान्त र मनोरम भएकाले हनिमुनका लागि नवविवाहिता जोडीको आकर्षण पनि बढ्दो छ ।'   

    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=302664

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete