• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, November 25, 2009

    जापानी नागरिकले सगरमाथा चढ्ने रे

    पाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर राखेको कीर्तिमान हालै गुमाएका एक जापानी आरोहीले ८० वर्षको उमेरमा फेरि सो हिमालको आरोहण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    ७७ वर्षे जापानी आरोही युचिरो मिउराले सन् २०१३ मा चीनतर्फको मोहोडाबाट सगरमाथाको आरोहण गर्ने घोषणा गरेका छन्। मिउराले त्यससम्बन्धी योजना पनि तयार गरेका छन्। उनले सगरमाथा आरोहणको तयारीका रुपमा तीन वटा हिमालको आरोण गर्ने बताएका छन्।
    'म अर्को वर्षको शरद ऋतुमा करिब ५ हजार मिटरबाट त्यसको शुरुवात् गर्दछु,' उनले भने- 'त्यसपछि ६ हजार, ७ हजार र सगरमाथामा जानेछु।'
    सगरमाथा आरोहण गर्ने सबैभन्दा पाका व्यक्तिका रुपमा नेपालका ७८ वर्षे मीनबहादुर शेरचनको नाम गिनिज बुकमा लेखिएको छ। ७८ वर्षे शेरचनले आफ्नो उपलब्धि लेखाउन महिनौंसम्म सङ्घर्ष गर्नुपरेको थियो। शेरचनले सन् २००८ मे महिनामा ७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए। त्यसको एक दिनपछि मिउरा ७५ वर्ष पुगेका थिए।
    मिउरा अनुभवी आरोही तथा साहसी व्यक्ति हुन्। उनी पहिलो पटक सन् १९७० मा सगरमाथबाट स्की गर्दै झरेका थिए।
    यसैबीच उनको प्यारासुटमा रहेका सहयोगीले खिचेर बनाएको डकुमेन्ट्री 'द म्यान हु स्किड डाउन एभरेष्ट' सन् १९७५ मा उत्कृष्ट डकुमेन्ट्री उपाधि जितेको थियो।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete