• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, November 25, 2009

    बढ्दैछ चितवनमा जग्गाको कारोबार

    अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा चितवनमा जग्गाको कारोवार दोब्बरले बृद्धि हुने देखिएको र यसबाट राजस्वमा समेत उल्लेखनीय रुपमा वृद्धि भएको मालपोत कार्यालय चितनवले जनाएको छ।
    चितवनलाई नयाँ नेपालको राजधानीका रुपमा विकास गर्ने अभियानलाई तीव्रताका साथ अगाडि बढाइनु, यातायातको दृष्टिकोणले नेपालको मध्यभागमा भएका कारण सुविधाजनक हुनु र देशभरबाट नै बसाईसराई गर्नेहरुका लागि उपयुक्त स्थलका रुपमा छनौटमा पर्नुले पनि चितवनमा पछिल्लो समयमा झनै जग्गाको कारोवार ह्वात्तै बढेको यसमा संलग्न व्यवसायीहरुको भनाई छ।
    गत वर्ष २०६५ सालमा ३२ हजार ८ सय ११ थान जग्गा रजिष्ट्रेशन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये असोज महिनामा मात्रै भएको कारोवारबाट ८० लाख ५६ हजार ९ सय ११ रुपैयाँ राजस्व संकलन भएको थियो भने यस वर्षको असोजमा भने त्यसको दोब्बर भन्दा बढी २ करोड १७ लाख ६० हजार ४ सय ४८ रुपैया“ राजस्व
    संकलन भएको छ। यस वर्षको असोजमा २ हजार २ सय ६० थान जग्गा रजिष्ट्रेशन भएको मालपोत कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। गत वर्ष कार्तिकमा जग्गाको रजिष्ट्रेसनबाट १ करोड १९ लाख ७८ हजार ६ सय ७८ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको मालपोत कार्यालय चितवनले यस वर्षको कार्तिकमा पनि त्यसको दोब्बरले राजस्व आम्दानी गरेको जनाएको छ। जग्गा व्यापारमा भएको व्यवसायीकरणसगै चितवनमा जग्गा खरिद—बिक्रीको क्रम बढ्दै गएकाले पनि मालपोत कार्यालयमा राजस्व संकलनमा पनि बृद्धि भएको हो। जग्गाको कारोवारका कारण कार्यालयको राजस्वमा बृद्धि भए तापनि पछिल्लो समयमा खेतीयोग्य जमीनलाई समेत घर बनाउनका लागि घडेरीका बेचबिखन हुन थालेपछि भने यसले आउने दिनहरुमा समस्या ल्याउन सक्नेमा मालपोत कार्यालयका अधिकारीहरुको गुनासो छ। मालपोत कार्यालय चितवनका प्रमुख प्रकाशकुमार श्रेष्ठ जग्गाको बेचविखनको क्रमको बृद्धि दरस“गै खेतबारीमा समेत घर बनाइने र आवादी बढाउन थालिएकाले कृषि उत्पादकत्वमा यसले ठूलो नोक्सानी पुर्‍याएको पनि पाइएको बताउनुहुन्छ।

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete