• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, November 5, 2009

    यौनसम्पर्क गर्न नदिएको झोकमा श्रीमतीको हत्या

    image




    चितवन, १८ कात्तिक  : यौनसम्पर्क गर्न नदिएको झोकमा एक व्यक्तिले मंगलबार आफ्नै श्रीमतीमाथि बन्चरो हानी हत्या गरेका छन् । उनले दिउँसै यौनसम्पर्कका लागि श्रीमतीलाई दबाब दिएका थिए ।
    चितवनको भरतपुर नगरपालिका- ११, गणेशस्थाननिवासी ५४ वषर्ीय बाबुराम परियारले ४६ वषर्ीया श्रीमती विष्णुमाया  परियारको धारिलो बन्चरो प्रहार गरी बीभत्स हत्या गरेका हुन् । दिउँसो चार बजे घरको आँगनमा बसिरहेकी श्रीमतीलाई आफूले यौनसम्पर्कका लागि अनुरोध गर्दा नमानेकाले हत्या गरेको बाबुरामले बताएका छन् ।
    'तीन दिन भएको थियो, यौनसम्पर्क नगरेको,' उनले नयाँ पत्रिकासित भने, 'राति हात लम्कायो भने गाली गर्दै लात्तले हान्थी ।'
    हत्या गरेकोमा उनलाई अहिले पनि कुनै पछुतो छैन । निर्धक्क हुँदै भन्छन्, 'जानीजानी मारेको हुँ । मान्छे बूढो भए पनि मन बूढो हँुदोरहेनछ । आफ्नै श्रीमतीसँग यौनसम्पर्क गर्न नपाएपछि मार्नुको
    विकल्प थिएन ।'
    एकपटक टाउकोमा बन्चरो प्रहार गरिसकेपछि श्रीमती यौनसम्पर्कका लागि तयार भएको उनले बताए । 'तपाईंले जे भने पनि मान्छु भनी, तर मैले रिस थाम्न सकिनँ र फेरि हानेँ,' उनले भने । दिउँसो चार बजे श्रीमतीको हत्या गरेपछि उनी भागेर चोकसम्म आएका थिए । स्थानीय युवाहरूको सहयोगमा प्रहरीले परियारलाई पक्राउ गरेको छ ।
    बाबुराम २६ वर्षदेखि कपडा सिलाउने काम गर्दै आएका छन् । उनकी श्रीमती विष्णुमायाले ज्याला-मजदुरी गरी परिवारको लालन-पालनमा टेवा दिँदै आएकी थिइन् । तर, बाबुरामको विचारमा श्रीमतीको काम भनेकै श्रीमान्ले चाहेको वेला गर्न दिनु हो । 'गर्नै नदिएपछि श्रीमतीको के काम ?' उनी यसो भन्छन् ।
    घटना भएको दिन मंगलबार सो दम्पती घरमै दाउरा चिरेर बसेको थियो । साँझ चार बजेतिर घरमा अरू कोही थिएन । दाउरा चिर्दाचिर्दै थकाइ लागेपछि बाबुरामले विष्णुमायालाई भित्र जाउ“m भने । भित्र गएपछि यौनसम्पर्क गर्न जोसिएका बाबुरामले आफ्नो इच्छा पूरा नभएकाले दाउरा काटेको बन्चरोले श्रीमतीलाई काटेको स्विकारेका छन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका बाबुरामले बुुधबार नयाँ पत्रिकासँग श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको आरोपसमेत लगाए ।
    'मैले तीन वर्षअगाडि नै अर्को मान्छेसित यौनसम्पर्क गरेको देखेको हुँ,' उनले दाबी गरे, 'अरूलाई गर्न दिने तर मलाई गर्न नदिने भएपछि रिस थाम्न नसकेर मारेँ ।'
    भरतपुरको गणेशस्थानमा रहेको झ्याक्सीले बारेको घरमा विगत २६ वर्षदेखि उनीहरू बस्तै आएका थिए । उनीहरूका चार छोरा र दुई छोरी छन् । दुई छोरीको विवाह भइसकेको छ भने छोराहरू कामको सिलसिलामा जिल्लाबाहिर छन् । दुवै दम्पतीले रक्सी पिउने भएकाले दिनहुँ झगडा हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकी मनमाया परियारले भनिन्, 'दिनहुँ झगडा भइरहन्थ्यो । तर श्रीमतीको हत्या गर्छ भन्ने
    लागेकै थिएन ।'
    बाबुरामले गत वर्षको भदौ महिनामा पनि श्रीमतीलाई यौनसम्पर्क गर्न नदिएको रिसमा गुद्वारबाट हात छिराएर आन्द्रा नै बाहिर निकालेका थिए । घटनापछि विष्णुमायाले प्रहरीमा उजुरी गरेपछि उनी जेल परेका थिए । गत साउन महिनामा श्रीमतीकै अनुरोधमा बाबुरामलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रवि घिमिरेले बताए । यसपटक यौनसम्पर्क गर्न नपाएकै झोकमा हत्या गरेको हुनसक्ने उनको अनुमान छ । घटनाको अनुसन्धान प्रहरीले अघि बढाएको छ ।
    श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क गर्न नपाउने कानुन रहेको अवस्थामा यो घटनाले महिला अधिकारको खिल्ली उडाएको चितवनका मानवअधिकारकर्मी मुकुन्द दाहाल बताउँछन् ---http://www.nayapatrika.com/newsportal/countryside/7501.html विष्णु पौडेल

    1 comment:

    1. yo ta ati matra napayko ghonk ma sreemati ko hatya garne yo ta papi ho yaslai radrai karbahi garnu parcha hai parahari dai ho.

      ReplyDelete