• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 8, 2009

    जापानमा नेपाली छात्रा बेपत्ता

    काठमाडौं, असोज १९ (नागरिक)- अध्ययनका लागि जापान गएकी छोरी अपहरणमा परेको आशंकासहित अभिभावकले खोजीका लागि आग्रह गरेका छन्। २१ वर्षीया छोरी सविना १ महिनादेखि सम्पर्कविहीन भएको भन्दै ललितपुर-३, पुल्चोकका सानुबाबु महर्जनले यथार्थ पत्ता लगाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका हुन्।
    महर्जनका अनुसार जापानको फुकुओकास्थित एसिया जापनिज एकेडेमीमा जापानी भाषा अध्ययनरत सविना भदौ दोस्रो सातादेखि सम्पर्कविहीन छिन्।
    एकेडेमीका नेपाली निर्देशक धर्मराज अधिकारीले परिवारलाई पढ्न आउन छाडेको र बस्ने ठाउँमा पनि नभेटिएको जानकारी गराएका थिए।
    'पहिले सातामा २/३ पटक विभिन्न माध्यमबाट सम्पर्क भइरहन्थ्यो, भदौ १० मा पछिल्लो पटक सम्पर्क भएको हो,' महर्जनले भने। केही दिनपछि छोरी कोठा, काम गर्ने ठाउँ र स्कुलमा पनि नभेटिएको जानकारी आएको उनले बताए।
    'सम्पर्क गर्दा अपरिचित पुरूषको आवाज आयो, पछि फोन उठ्दै उठेन,' छोरीको अपहरण भएको हुनसक्ने आशंकासहित बाबु सानुबाबुले नागरिकसँग भने।
    जापानी दूतावास, टोकियोस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयमार्फत छोरीको खोजीका लागि पटक-पटक पत्राचार र पहल गरे पनि अझै थाहा हुन नसकेको उनले बताए। रोजगारीका लागि पढाइ र कोठा छाडेर अन्यत्र जानुपर्ने आफ्नो आर्थिक अवस्था नभएको उनको भनाइ छ।
    टोकियोस्थित नेपाली दूतावास र मन्त्रालयले उनको अवस्था पत्ता लगाउन स्थानीय सुरक्षा अधिकारीहरूसँग नियमित सम्पर्क गरिरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। उनले भने, 'हामीले दूतावासमार्फत् स्थानीय सुरक्षाअधिकारीहरूसँग उनको खोजी जारी राखेका छौं।

    No comments:

    Post a Comment