प्रमिला देवकोटा
वैदेशिक रोजगारमा जान चाहने नेपाली महिलाका लागि इजरायल आकर्षक गन्तव्य हो । हजारौँ नेपाली महिला अहिले ँकेयर टेकर’ का रूपमा त्यहीँका बूढाबूढीको स्याहार गर्दै छन् । यस्तैमा साथीको सहयोगमा च्याटमा भेटिइन् पर्वतकी उजेली गुरुङ, जो पूर्वशिक्षिका पनि हुन् । पारिवारिक आर्थिक समस्याले सरकारी अस्थायी जागिर त्यागेर इजरायल पुगेकी गुरुङ अहिले दैनिक ँमालिक्नी’को सेवा गर्ने र कुखुराका सयौँ अन्डा बटुल्ने काम गर्छिन् । इजरायलमा रहे पनि उनलाई गाउँको स्कुलमा बच्चाबच्ची पढाएको सम्झना आइरहन्छ । दुई छोरा र श्रीमान्लाई नेपालमै छाडेर त्यहाँ पुगेकी गुरुङले ँच्याट’ मा आफ्नो दैनिकी यसरी बाँडिन्, जसले इजरायलमा रहेका नेपाली महिलाको अवस्थाको प्रतिनिधित्व गर्छ ः वैदेशिक रोजगारमा जान चाहने नेपाली महिलाका लागि इजरायल आकर्षक गन्तव्य हो । हजारौँ नेपाली महिला अहिले ँकेयर टेकर
’ का रूपमा त्यहीँका बूढाबूढीको स्याहार गर्दै छन् । यस्तैमा साथीको सहयोगमा च्याटमा भेटिइन् पर्वतकी उजेली गुरुङ, जो पूर्वशिक्षिका पनि हुन् । पारिवारिक आर्थिक समस्याले सरकारी अस्थायी जागिर त्यागेर इजरायल पुगेकी गुरुङ अहिले दैनिक ँमालिक्नी’को सेवा गर्ने र कुखुराका सयौँ अन्डा बटुल्ने काम गर्छिन् । इजरायलमा रहे पनि उनलाई गाउँको स्कुलमा बच्चाबच्ची पढाएको सम्झना आइरहन्छ । दुई छोरा र श्रीमान्लाई नेपालमै छाडेर त्यहाँ पुगेकी गुरुङले ँच्याट’ मा आफ्नो दैनिकी यसरी बाँडिन्, जसले इजरायलमा रहेका नेपाली महिलाको अवस्थाको प्रतिनिधित्व गर्छ ः
पहिलो दिन
उजेलीजी नमस्ते....
नमस्ते ।
म प्रमिला है...
ए, हजुर हजुर !
सञ्चै हुनुहुन्छ ?
अँ, ठीकै छ । अनि, तपाईं नि ?
ठीकै छु, इजरायलमा तपाईं कुन सहरमा रे ?
जेरुसेलम ।
काम कस्तो छ ?
कस्तो हुनु, हैरानी छ नि प्रमिलाजी ! काम गरिनसक्नु छ र ! सुरुमा त कति रोएँ, रोएँ ! के भन्नु, के नभन्नु ?
के गर्नुपर्छ र त्यस्तो ?
-जवाफ आएन, उजेली केहीबेर हराइन् ।)
दोस्रो दिन
बैनी सरी है, हिजो अन्डा टिप्न गएँ के... ! अनि तपाईंसँग कुरा गर्न पाइनँ ।
अन्डा ?
अँ, अन्डा टिप्नुपर्छ । दिनको तीन सय क्यारेट ।
मतलब, नौ हजार अन्डा ?
अँ...घाममा टिप्ने हो । गर्मी हुन्छ ।
दुःख रहेछ नि !
हो त । पख्नुस् है, त्यो बूढीलाई अहिले नै ट्वाइलेट जानुपर्यो रे । लगेर आउँछु ।
को बूढी ?
मेरी मालिक्नी क्या । मेरो कामै उनको हेरचाह गर्ने हो नि ।
अन्डा टिप्ने काम गर्छु भन्नुभा'थ्यो त ?
अन्डा पनि टिप्छु, बूढीको हेरचाह पनि गर्छु । मुख्य त बूढीकै स्याहार गर्ने हो नि ।
डबल काम ?
-उनी फेरि आधा घन्टा हराइन् ।)
म आएँ है ! आधा घन्टा बाथरुममा बस्छे,
यो बूढी ।
कति वर्षकी हुनुहुन्छ बूढीआमा ?
जवाफ आएन । -सायद, उनको अन्डा टिप्ने बेला भयो ।)
तेस्रो दिन
आज बिहानै देखिनुभयो नि !
अँ, काम थिएन । त्यसैले चाँडै अफिस आएँ ।
ए, ए ।
तपाईं आज फुर्सदमा हो ?
भर्खर खाजा खाएर बसेको । खाना खुवाउने बेला भएको छैन ।
बिहान कति बजे उठ्नुपर्छ ?
मेरो त उठ्ने समयको के ठेगान हुनु र ? जतिबेला बूढी उठ्छे, उतिबेलै उठ्ने हो । जतिबेला उसले आराम गर्छे, त्यतिबेलै फुर्सद । बूढी रातको १ बजे उठी भने एकै बजे पनि उठ्नुपर्छ । मेरो आफ्नै सुत्ने-उठ्ने तालिका हुँदैन ।
ए ! गाह्रो रहेछ नि त ।
के गर्नु, अरूको जीवनचर्याले आफ्नो जीवनचर्या निर्धारण गर्दोरहेछ यहाँ । आफ्नै जीवन त कहाँ बाँच्न पाइन्छ र ? विदेशमा काम गर्न के सजिलो हुन्थ्यो ? गाह्रो भएर त हामीले काम पाएको नि !
कमाइ त निक्कै हुन्छ होला नि हैन ?
जवाफ आएन । -सायद बूढीलाई फेरि बाथरुम लानुपर्यो कि ? डेढ घन्टापछि....)
सरी प्रमिलाजी, बूढीका छोराहरू आए । अनि, उनीहरूलाई चिया खुवाउन जानुपर्यो ।
छोराहरू ?
अँ, उनीहरू घरबाहिर बस्छन् । सातामा एक दिन मात्रै भेट्न आउँछन् । आज माइला र कान्छा आएका थिए । बूढीसित एकछिन बसेर गए ।
ए... ।
म गएँ है फेरि । अन्डा टिप्ने बेला भयो । पछि कुरा गरौँला ।
'तलब कति रे ?' -मैले टाइप गरिसकेको वाक्य डिलिट गरेँ )
हुन्छ ।
चौथो दिन
नमस्ते ! आज कुरा गर्न पाइन्छ ?
अँ, बूढीले नबोलाएसम्म त एकछिन
फुर्सदमा हुन्छु ।
कति वर्ष भयो नि तपाइर्ं त्यहाँ गएको ?
दुई वर्ष दस महिना ।
कति कमाउनुभयो त ?
आएको ऋण तिरेंँ, त्यही हो । अरू केही जम्मा गर्न सकिएको छैन ।
मासिक तलब कति छ ?
आठ सय डलर । पार्टटाइम गर्दा हजारजति पुग्छ । घरबाहिर जान पाउनेको त महिनाको पन्ध्र सय हुन्छ । तलब सुन्दै डर लाग्ने ! काम सकेर बाहिर पनि गर्नेले कमाउँछन् । म त पाउँदिनँ । अरूको हेरेर लोभ गर्ने मात्रै हो ।
जान किन नपाउने ? बूढीलाई छोड्न मिल्दैन ?
मिल्दैन नि । बूढी हिँड्डुल गर्न, उठबस गर्न सक्दिन नि त । अनि, घरभित्रै काम गर्नु राम्रो हुन्छ । बाहिर जानु त्यति राम्रो पनि मानिँंदैन क्यारे !
काममा रमाइलो छ ?
के रमाइलो हुनु ? बूढीको सेवक त हो । प्रमिलाजी, तपाईंलाई भेटेर कत्ति खुसी लाग्यो । पहिला रुँदारुँदा आँखा पोलेर हेर्नै सकिँदैनथ्यो । भाषा पनि नबुझिने, कुनै रहनसहन पनि नमिल्ने । कहिलेकाहीँं त किन म यहाँ आएछु जस्तो लाग्ने ! म जम्मा ४५ किलोकी, त्यो बूढी नब्बेकी । कसरी उठाएर राखँे होला, भन्नुस् त ?
हो त, निकै कठिन पो पर्छ होला हगि ? घर फेर्न पाइँदैन ?
पाइन्छ नि । अब त काम गर्दागर्दै यही बूढीको माया लाग्न थाल्यो । अर्को घरमा पनि कहाँ जानु, नयाँमा झन् गाह्रो हुन्छ नि त काम गर्न ।
धेरै वर्ष पढाउनुभयो नि होइन ? किन छोडेर बिदेसिनुभएको त ?
गाउँमा स्कुल राम्रो थियो नि । तर, घरव्यवहारले गर्दा ऋण थपियो । पर्याप्त पैसा पनि नहुने । पैसाले मान्छेलाई कहाँकहाँ पुर्याउँदो रहेछ ।
जागिर त राम्रै थिएन र ?
के राम्रो हुनु, अस्थायी थियो । केही वर्षमा स्थायी पनि हुन्थ्यो होला हुन त । आखिर सबै पैसाले न चल्ने हो । मलाई पर्वतको बाजुङबाट हुत्याएर यहाँ फालिदियो । तर, राम्रै छ, पैसा छ । ठूलो कुरा, महिलालाई सुरक्षा छ । भविष्य छैन, तोकिएको समय मात्रै हो यहाँ बस्न पाउने ।
तपाईंको सहरमा कति छन् नेपाली महिला ?
कुरा नगर्नुस्, प्रमिलाजी ! यहाँका नेपाली महिला हेर्दा नेपालमा महिला बाँकी नै छैनन् जस्तो लाग्छ । जता हेर्यो, नेपाली महिला मात्रै देखिन्छन् । सबै नेपाली महिला यहीँ छन् कि जस्तो । के तपाइर्ं पनि यता आउन लागेको हो ?
होइन, म पत्रिकामा काम गर्छु । तपाईंका बारेमा केही प्रकाशित गरौँ ?
अँ, हुन्छ नि । अस्ति नै पत्रिकामा कसले इजरायलमा नेपाली महिला नराम्रो काम गर्छन् भनेर लेखेको रहेछ । मेरा श्रीमान्ले सोध्दै हुनुहुन्थ्यो फोनमा । मैले त भनिदिएँ, 'राम्रो मान्छेलाई राम्रो, नराम्रो मान्छेलाई नराम्रो । नेपालमा पनि राम्रा महिला मात्रै कहाँ छन् र ? हैन त प्रमिलाजी ? खासमा नेपालमा भन्दा यहाँ महिलाको सुरक्षा राम्रो छ । मलाई त यो देश पनि मन पर्छ ।'
हो ?
म जान्छु, अब काम गर्नुपर्छ । बूढी
गन्गनाउँछे नत्र ।
हुन्छ ।
पााचौँ दिन
नमस्ते ! धेरै दिन हराउनुभयो ।
हामी साप्ताहिक बिदामा गएका थियाँै ।
कहाँ ?
तेलअबिबब भन्ने सहर छ । हामी नेपाली महिलाहरू मिलेर त्यहाँ एउटा ठूलो घर भाडामा लिएका छौँ । प्रत्येक महिनाको अन्तिम शुक्रबार साँझ त्यहीँ भेला हुन्छाँै । पार्टटाइम काम नगर्नेहरू त हप्तैपिच्छे त्यहाँ जान्छन् । सपिङ गर्छौं, बेलुका नेपाली खाना पकाएर खान्छौँ । गीत गाउँछौँ, रमाइलो गछौर्ं । नेपालमै छौँ कि जस्तो लाग्छ । त्यस घरको भाडा हामी सबै मिलेर तिर्ने गरेका छौँ । अनि, शनिबार बेलुका र्फकन्र्छौं । अरू दिन त्यही शुक्रबारको प्रतीक्षामा बित्छ ।
रमाइलो रहेछ नि !
'अँ, यहाँ भएको रमाइलो त्यही एउटा त हो ।
सबै नेपाली महिलाको काम एउटै हो ?
यहाँ मान्छे हेरीकन काम पाइन्छ । नेपाली महिलाले गर्ने काम केयरगिभरको हो । यहाँका मानिस प्रायः मोटा हुन्छन् । कोही हिँड्डुल गर्न सक्ने हुन्छन्, कोही हुँदैनन् । मेरै हेर्नुस्, बूढीलाई हि्वलचेयरमा बसाएर लैजानुपर्छ । बूढी मोटी छे, हिँड्डुल गर्न पनि नसक्ने । भाग्यमानीलाई हिँड्डुल गर्नसक्ने पनि पर्छन् । त्यही भएर उनीहरू पार्टटाइम काम पनि गर्न भ्याउँछन् । मेरो काम भने बूढी मोटी पनि र साह्रै बूढी पनि भएकाले अलि गाह्रो छ । तर, ठीकै छ, म खुसी नै छु ।
त्यहाँ अरू महिला पनि तपाईंजस्तै खुसी
छन् त ?
-उनी साँच्चै खुसी हुन् कि पत्रिकालाई भनेर खुसी भएको बताएकी हुन् कुन्नि । तर, अचानकै उनी फेरि हराइन् ।)
सरी है, प्रमिलाजी ! अन्डा टिप्न गएकी, कस्तो उकुसमुकुस गर्मी हुन्छ भने... !
ठीकै छ, तपाइर्ं दिनभरि के-के गर्नुहुन्छ त ?
बिहानै उठेर दैनिक शौचालय गएपछि बूढीलाई नुहाइदिनुपर्छ । लुगा फेरिदिने, अनि सिटिङ रुममा राख्दिने । हल्का नास्ता खाएपछि बूढीलाई औषधि खुवाउने । अनि, दुई/तीन घन्टा फुर्सद हुन्छ । सबै कुरा सोध्नुभयो त । कि तपाइर्ंं पनि इजरायल आउने हो भन्या ?
राम्रो तलब हो भने त आउन सकिन्छ नि ! हे..हे.. !
-उजेली गुरुङ फेरि च्याटबाट गायब भइन्, सायद बूढीआमालाई उता साह्रो पर्यो होला ।)

No comments:
Post a Comment