• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 6, 2009

    धन्यवाद एकलजी

    चितवनका सहकर्मी पत्रकार एकल सिलवाललाई स्थानीय कालिका एफएमलै वर्षकौ उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गर्न लागैको रैछ । उहाँलाई जानकारी नदिई दिन लागैकौ पुरस्कारप्रति एकलजीको असहमति छ । कालिका एफएमले आफुलाई मध्य नैपालको सर्वोत्कृष्ठ रेडियौको रुपमा दावी गर्दै आएकौ छ । यसका संचालक विक्रम पाण्डे राष्टिय प्रजातन्त्र पार्टीका नैता हुन् । राजाको शाही शासनकालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि गरेको प्रेस आन्दोलनमा सधैं कालिका एफएमको असहमति थियो । चितवनका पत्रकार जहिलेपनि शाही संचार मन्त्री कमल थापाको पुत्ला जलाउन सडकमा हुन्थे, तर एफएमले मन्त्रीलाई सम्मान गरिरहन्थ्यौ । चितवनका पत्रकारहरु कहिल्यै पनि कालिका एफएममा टिक्न सकेनन्, संचालक विक्रम पाण्डेको निरंकुशताका अगाडि । स्टेशन म्यानेजर रमेश जोशीदेखि पत्रकारहरु दिनेश थपलियासम्म एफएमको शिकार भईरहै । धेरैपटक कालिका एफएमबाट संचारकर्मीहरुकौ सामुहिक राजिनामा आईरहन्छ । वर्षैनि धैरै पत्रकारलाई लात्तालै हानेर एकाध पत्रकारलाई सम्मान गर्नै पाण्डैको चर्तिकलालाई पत्रकार एकल सिलवाललै उनकौ पुरस्कार वहिष्कार गरेर राम्रै जवाफ दिएका छन् । कसैले पुरस्कार प्रदान गर्नेवित्तिकै लखरलखर पुरस्कार थापिहाल्ने पत्रकारहरुको लागि यो राम्रो शिक्षा पनि हो । एकलजीले यो निर्णय, ंस्वागतयौग्य छ । धन्यवाद एकलजी । हुन त संचारमाध्यम स्वतन्त्र हुन्छ । तर यसका संचालकले लिएको दृष्टिकोणले बेलाबेलामा संचारमाध्यमलाई प्रभावित पार्छ । सम्पादकीय स्वतन्त्रतामाथि एफएम संचालकलै हस्तक्षैप गर्यो भने संचारमाध्यम कहिल्यैपनि स्वतन्त्र हुन सक्दैन । कालिका एफएम पनि यसैको शिकार हो । बाकि कुरा एकलजीको यो असहमति पढेपछि पत्ता लागिहाल्छ ।
    असहमति
    कालिका एफएम भरतपुर अर्थात् ‘मध्य नेपालको सर्वोत्कृष्ट रेडियो’ । हरेक वर्ष चितवन र नवलपरासीका एक÷एक पत्रकारले यस एफएमबाट ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ पाउँछन् । यस वर्ष चितवनबाट पुरस्कार पाउने पत्रकारमा मेरो नाम परेको खबर असोज १७ गते शुक्रबार साँझ कालिका एफएमकै समाचार सुनेर थाहा पाएँ । पुरस्कारका लागि छानिएकोमा मलाई खुशी लाग्नु अस्वाभाविक थिएन । एफएम परिवारलाई मनमनै धन्यवाद दिएँ । पुरस्कारका लागि नाम शिफारिस गर्ने जिम्मेवारी पाएका पत्रकार साथीहरूले मप्रति दर्शाएको प्रोत्साहनभाव र उच्च मूल्याङ्कनको मूल्य सम्झँदा शीर निहुरियो । म र मेरो पेशाप्रति सम्मान प्राप्त भएकोमा सिङ्गो एफएम परिवार तथा छनौट समितिका साथीहरूप्रति आभार एवम् कृतज्ञता प्रकट गर्दै निम्न कारणहरूले गर्दा पुरस्कार स्वीकार्न असमर्थ रहेको व्यहोरा सादर निवेदन गर्दछु । १. कालिका एफएम आफैमा सर्वोत्कृष्ट छ । यसबाट जेजति सूचना र सन्देशहरू प्रशारण हुँदै आएका छन् ती सबै म लगायत लाखौं स्रोताहरूका लागि सर्वोत्कृष्ट पुरस्कार हुन् । यति सर्वोच्च सञ्चारमाध्यमले पनि ‘उत्कृष्ट’ विशेषण राखेर दिने पुरस्कार थाप्न असाधारण योग्यता आवश्यक पर्छ । मसँग त्यस्तो गुण नभएको स्वीकार्दै उत्कृष्ट पुरस्कारका निम्ति आफूलाई निकृष्ट उम्मेदवार ठान्छु । मेरो यो निर्णय कालिका एफएमको लोकप्रियता र पुरस्कारको गरिमा उच्च राख्नका लागि हो । २. गएको एक वर्षमा मैले पत्रकारितामा गरेको कुनचाहिं योगदान उत्कृष्ट भन्न लायक रह्यो त्यो आफैलाई थाहा भएन । कालिका एफएमले देखेको योगदान पनि जान्न पाएको छैन । सम्मान र पुरस्कारका लागि व्यक्ति नभई कामको खोजी हुनुपर्छ । व्यक्ति रोजेर भागशान्तिले पुरस्कार बाँड्दै जाने र जो पुरस्कृत हुन्छ उसैसँग सोधेर व्यक्तित्व बुझ्ने प्रवृत्ति पत्रकारितामा हावी हुँदै गएको छ । यस्तो प्रवृत्ति सदाका लागि अन्त्य भएको देख्ने धोको पुरा गर्न पाए त्यो नै मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ । ३. हमेसा कालिका एफएम सुन्नेलाई लाग्छ, संसारमा यति उत्कृष्ट रेडियो र यसका लगानीकर्ता विक्रम पाण्डे भन्दा ठूला परोपकारी व्यक्ति भेट्टाउनै मुस्किल छ । त्यसैको छाप हुन सक्छ, हिजोआज वार्षिक उत्सवका अवसरमा गाउँगाउँबाट गरिएका प्रत्यक्षप्रशारणहरूमा पनि कतिपय स्रोताहरूबाट एफएम र यसमा पसिना बगाउने श्रमिकको भन्दा बढी पाण्डेजीकै गुणगान गाएको सुनिन्छ । यस्तो सुनेर उहाँलाई एफएमको नुन खाएर मेहनतले गुन तिर्ने त्यहाँका सञ्चारकर्मीहरूबाट पनि जयजयकारको गान गुञ्जने प्यासले बेचैन बनाउँदो हो । सम्पत्ति निजी भएपनि सन्देश सार्वजनिक हुने सञ्चारमाध्यमको यो हालत देख्दा आधुनिता र यान्त्रीकरणको उपयोग गर्दै दासताको युग नयाँ अवतारमा अवतरण भएको भान हुन्छ । त्यस्तो स्रोतबाट निसृत पुरस्कार स्भाभिमानको अर्थ जान्ने कुनै पनि सञ्चारकर्मीका लागि स्वीकार्य हुन सक्दैन । ४. समाजका विकृति, विसंगति, बेमेल, बडप्पन, वैरभाव र असहिष्णु क्रियाकलापको उपचार तथा सस्कृति, संगति, मेलमिलाप, मर्यादा, सद्भाव र सहिष्णुताको प्रवद्र्धन कुनै पनि सञ्चारमाध्यमको सर्वोपरि कर्तव्य हो । तर चितवनका एफएमहरूको अगुवा देखिन चाहने कालिका एफएम र यसका प्रबद्र्धकबाट ऐनमौकामा देखापर्ने व्यवहारमा परपीडन, पेलपाल, अभिमान र अहंकार मिसिएको आभास प्रतिष्पर्धीहरू रेडियो स्टेशन र तिनका स्रोतामा छ । चितवनका आम पत्रकारहरूप्रति कालिका एफएम संस्थापन पक्षले हेर्ने दृष्टिकोणमा पनि हिजोआज हार्दिकता दुुब्लाएको देखिन्छ । प्रगतिको बाटो देखाउनुपर्ने सञ्चारमाध्यमका अगुवाबाट समाजले यस्तै आचरण र व्यवहार सिक्दै गएमा पत्रकारिताको औचित्य अस्ताउँछ । त्यसकारण यस्तो रवाफी रवैया सञ्चारको आधारभूत सिद्धान्तसँग असंगतपूर्ण छ । कालिका एफएम जस्तो नमुना रेडियो र विक्रम पाण्डे जस्ता कर्मवीर व्यक्तित्वको अग्लो कदलाई यसले खुल्ला चुनौती मात्र दिइरहेको छ । कालिका एफएमले यो चुनौती चिरेर सबैप्रति समभाव र संयमता प्रकट गर्दै आफूप्रतिको लाञ्छना मेटेको दिन मेरो हृदयभरि पुरस्कारको उमङ्ग छाउनेछ । ५. कालिका त्यही एफएम हो जहाँबाट बेलाबेलामा ‘‘शोषण, दमन र हेपाइ सहँदै सम्पादकीय स्वतन्त्रता खोसिएर टिक्न नसकेको अप्रिय अनुभवका साथ वाहिरिन बाध्य भयौं’’ भन्ने सञ्चारकर्मीहरूको लामबद्ध लस्करलाई पत्रकारहरूले सडकमा स्वागत गर्नुपर्ने स्थिति स्थापनाकालदेखि हालसालसम्म जारी छ । योे बिडम्बना विगत एक वर्षभित्र नदेख्नु वा नसुन्नुपरेको भए पनि हुन्थ्यो तर यही एक वर्षभित्र एफएमको चिनारी नै धमिल्याउने त्यस्तो चरित्रका विरुद्ध चितवनका पत्रकारहरूले झन् चर्को संघर्ष गर्नुप¥यो । त्यसकारण पनि एमफएमबाट यस वर्षको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ थापेर आफ्ना सहकर्मीहरूको अखण्ड रोदनलाई वैधानिकता दिन सकिन । एफएम भित्रको वातावरण वाहिर सुनिएभन्दा मित्रवत् नै होला तर त्यस्ता अप्रिय आवाजहरू फेरि सुन्नुनपरे त्यो नै मेरा लागि लाखलाख पुरस्कार हुनेछ । ६. पुरस्कारका लागि नाम छनोटको अभिभारा पूरा गर्ने साथीहरूप्रतिको धारणामा म प्रष्ट छु । मेरो निर्णयबाट निश्चय पनि उहाँहरूको मर्यादामा आँच पुग्नेछैन । किनभने वर्षको उत्कृष्ट पुरस्कार दिने पत्रकार कालिका एफएम आफैले तथ्य र तुलनाका आधारमा प्रतिष्पर्धी मापदण्ड बनाएर बर्षभरका योगदानहरूको मूल्याङ्कनमार्फत छान्नुपर्ने हो । त्यो जिम्मेवारीलाई झण्झट ठानेर वा उत्कृष्टताको फैसला गर्ने जस्तो विषयलाई हल्का रुपमा लिएर अन्तिम समय भएपछि एउटा टोलीको टाउकामा राखी आफू पन्छनु पुरस्कारप्रति कहाँसम्मको अवमूल्यन र अन्याय हो ? त्यो, उहाँहरूलाई पक्कै अवगत छ । आफूले सम्मानपूर्वक पुरस्कृत गरेको हो भने त्यो व्यक्तिले वर्षभरिमा त्यस्तो के योगदान ग¥यो त्यसको लेखाजोखा गरी पुरस्कारको औचित्य पुष्टि गर्ने जिम्मा दिने पक्षकै हो । त्यस्तो औचित्य सहित प्रस्तावित व्यक्तिको पूर्व स्वीकृति खोजिएको भए हल्लाअघिको सल्लाहमै अस्वीकार गर्ने थिएँ । एफएमले पनि निर्विवाद अर्को नाम चयन गर्न सक्थ्यो । त्यो नभई एक्कासि रेडियोबाट नाम घोषणा गरेर लुरुलुरु पुरस्कार थाप्न आउने अपेक्षा राख्नुले पत्रकारलाई खेताला बनाएर आफ्नो कर्मकाण्ड पूरा गरेको प्रतीत हुन्छ । यस परिस्थितिमा पुरस्कारलाई तिरस्कारबाट बचाउन पनि हार्दिकतापूर्वक अस्वीकार गर्दछु । मेरो यस निर्णयबाट कालिका एफएम र त्यो परिवारका कुनै पनि सदस्यले यसअघिको पारस्परिक सम्बन्ध, पेशागत सहयोग र मित्रताप्रति आशंका गर्नु भ्रम हुनेछ । एफएमले एउटा निर्णय ग¥यो, मलाई चित्त बुझेन र आफ्ना असहमति जनाएँ । यसलाई रीसराग, द्वेष, वा आग्रह–पूर्वाग्रह र बहिष्करणको परिणाम नठानी नितान्त वैचारिक विमतिका रुपमा लिन विनम्रतापूर्वक आग्रह गर्छु । धन्यवाद ! एकल सिलवाल मितिः २०६६ असोज २० गते मंगलबार

    No comments:

    Post a Comment