• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    'नेपाललाई समृद्ध बनाउन लागिपर्छौं’

    एकीकृत माओवादीले गैरआवासीय नेपालीहरूलाई दोहोरो नागरिकता उपलब्ध गराउने आफ्नो पार्टीको घोषित नीति कार्यान्वयन गराउन सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।
    गैरआवासीय नेपालीको चौथो विश्व सम्मेलनमा भाग लिन काठमाडौं आएका प्रतिनिधिहरूको स्वागतका लागि माओवादी विदेश विभागले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा माओवादी नेताहरूले यस्तो प्रतिबद्धता जनाएका थिए ।
    कार्यक्रममा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सुरुदेखि नै माओवादी गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिनुपर्ने पक्षमा रहेको बताए । 'तपाईंहरूले उठाउनुभएको दोहोरो नागरिकताको माग जायज छ, हाम्रो पार्टी कानुनी प्रावधान बनाउन तयार छ,' नेता प्रकाशले भने । उनले गैरआवासीय नेपालीले आफूसँग भएको सीप, ज्ञान र प्रविधि लगानी गरेर नेपाललाई विकसित राष्ट्र बनाउनुपर्ने बताए । 'तपाईंहरूको जुन चिन्ता र चासो छ, त्यसलाई हल गर्न हामी प्रयत्नशील रहनेछौँ,' नेता प्रकाशले भने, 'तपाइर्ंहरूले मातृभूमिका लागि केही गर्नुपर्छ ।'
    स्वागत कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोले मिलेर नेपालमा चाँडै संविधान निर्माण गर्न दलहरूलाई आग्रह गरे । उनले भने, 'धेरैलाई चित्त बुझाउने, आधुनिक र एउटै नेपाल रहेको संविधान बनाउनुस् भन्ने हाम्रो आग्रह हो ।' उनले गैरआवासीय संघ नेपाललाई समृद्ध बनाउन लागिपरेको बताए ।

    No comments:

    Post a Comment