• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    कलेज चलाउँदै प्रवासमा नेपाली

    भवानीश्वर गौतम
    गैरआवासीय नेपालीले विकसित मुलुकमा कलेज सञ्चालन गरिरहेका छन् । बेलायत र अस्ट्रेलियामा मात्र नेपालीका डेढ दर्जनभन्दा बढी कलेज सञ्चालनमा छन् ।
    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव राजेन्द्र बरालका अनुसार युकेमा करिब दर्जन कलेज नेपालीले सञ्चालन गरेका छन् । कतिपयले समूह बनाएर कलेज सञ्चालन गरेका छन् । बरालका अनुसार एक्सल ग्रुपले युकेमा तीनवटा कलेज सञ्चालन गरिरहेको छ भने थप दुई कलेज सञ्चालन गर्ने भएको छ ।
    नरेन्द्र कँडेलले म्यारिटाइम गि्रनविच कलेज, राजेन्द्र कँडेलले साउथ लन्डन कलेज, महेन्द्र कँडेलले नर्थ वेस्ट कलेज सञ्चालन गरेका छन् । त्यसैगरी, इन्दिरा कँडेल एग्लियन कलेज, कृष्ण भट्टले क्विन्स ल्यान्ड कलेज सञ्चालन गरेका छन् । त्यसैगरी, शेखर शर्माले लन्डन कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बिपी खानले लन्डन थेम्स कलेज, रामबाबु थपलियाले गि्रनविच लन्डन कलेज, गोपाल पौडेलले बोस्टन कलेज अफ लन्डन सञ्चालन गरेका छन् ।
    यो वर्ष युकेमा अध्ययन गर्न जाने नेपालीको संख्या निकै बढेको छ । शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीले ०६६ वैशाखयता युकेका ६ सय ३२ कलेजमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् । मन्त्रालयको रेकर्डअनुसार धेरै नेपाली विद्यार्थी अध्ययन गर्न जाने शिक्षण संस्था नेपालीबाटै सञ्चालन भएका छन् ।
    नेपाली विद्यार्थीले अध्ययन गर्न जान चाहेको सबैभन्दा बढीको रोजाइमा परेको दोस्रो कलेज लन्डन कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट हो । यो कलेज नेपालीले नै सञ्चालन गरेका छन् । धेरै विद्यार्थीको तेस्रो रोजाइमा परेको म्यारिटाइम गि्रनविच कलेज नरेन्द्र कँडेलले सञ्चालन गरेका छन् । राजेन्द्र कँडेलले सञ्चालन गरेको साउथ लन्डन कलेज पाँचौं नम्बरमा छ । महेन्द्र कँडेलले सञ्चालन गरेको नर्थ वेस्ट कलेज नो अब्जेक्सन लेटर लिएको आधारमा नेपाली विद्यार्थीको रोजाइको दसौं नम्बरमा पर्छ ।
    अघिल्लो वर्ष नेपाली विद्यार्थीको विदेश अध्ययनको प्रमुख गन्तव्य बनेको अस्ट्रेलियामा पनि आधा दर्जनभन्दा बढी कलेज नेपालीबाट सञ्चालनमा रहेको इक्यानका सचिव प्रकाश पाण्डेले बताए । अस्ट्रेलियामा अर्चना बस्नेतले अस्ट्रेलियन कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी सञ्चालन गरेकी छिन् । चन्द्र योन्जनले गुर्खाज इन्स्िटच्युट, प्रदीप ढकालले प्यासेफिक कलेज अफ टेक्नोलोजी सञ्चालन गरेका छन् । त्यसैगरी सन्तोष पाण्डेले क्विन्सफोर्ड कलेज, स्वतन्त्र जैसवालले ल्यान्डमार्क कलेज सञ्चालन गरेका छन् ।
    नेपालीले विदेशमा कलेज सञ्चालन गर्दा नेपालीलाई के फाइदा छ भन्ने जिज्ञासामा इक्यानका महासचिव राजेन्द्र बरालले फाइदा-बेफाइदा केही नभएको बताए । 'नेपालीले जुन देशमा कलेज खोलेका छन् त्यहीँको सिस्टमअनुसार चलेका छन्,' बरालले भने, 'फाइदा-बेफाइदा केही छैन ।'
    बेलायत र अस्ट्रेलियामा मात्र गैरआवासीय नेपालीका डेढ दर्जन कलेज सञ्चालनमा छन्

    No comments:

    Post a Comment