• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 29, 2009

    पार्वतीमाथि दीपेन्द्रको पञ्जा?


    काठमाडौं। अरूलाई सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका डिआइजी नै असुरक्षित भए भन्ने सुन्दा तपाईंहरूलाई कस्तो लाग्ला? हालै सुदूरपश्चिमको दिपायलमा कार्यरत एक डिआइजीले 'म आफैँ असुरक्षित छु।' भनेर प्रधानमन्त्री माधवकुमार नेपालसित बिन्ती बिसाएपछि ती अधिकृतलाई राजधानी झिकाउन लागिएको छ।  

    त्यसरी आफैँ असुरक्षित भएको महसुस गर्ने बर्दीधारी हुन्– पार्वती थापामगर। नेपाल प्रहरीलाई समावेशी बनाउन अरूको पालोसमेत मिचेर पहिलोपटक फुली थपिएका दुई महिला डिआइजीमध्ये पार्वती एक हुन्। हालै सामूहिक बलात्कारमा परेकी भनिएकी महिला प्रहरी जवान सुन्तली धामीलाई प्रधानमन्त्रीसित भेट गराउने क्रममा थापाले भनेकी थिइन्, 'महिला प्रहरीहरू असुरक्षित भए, म आफैँ असुरक्षित छु।' पोखरामा प्रचण्डलाई छाता ओढाउने डिआइजी पार्वतीले आफू असुरक्षित हुनुको विस्तृत कारणचाहिँ खुलाएकी छैनन्। तर, यो प्रसंग महिला प्रहरीको बलात्कार घटनासित जोडिएर आएको हो। कतिपय प्रहरीले डिआइजी थापामगरबाट एकपक्षीय निर्णय भएको र उनी महिला भएकै कारणले पुरुष प्रहरीमाथि न्याय नभएको गुनासो गर्न थालेपछि उनले सुदूरपश्चिम छाड्ने मानसिकता बनाएको प्रहरी सूत्र बताउँछ। तर, प्रहरी स्रोतको दाबी के छ भने उनलाई असुरक्षित भएका कारणले होइन कि बलात्कार प्रकरणमा एकतर्फी भूमिका खेलेकाले फिर्ता बोलाउन लागिएको हो।  
    'बलात्कार'काण्डको यथार्थ  
    दसैँका बेला अछाम जिल्ला प्रहरी कार्यालयमा प्रहरीबाटै सामूहिक बलात्कारमा परेको भनिएकी सुन्तली प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीकै गृहजिल्ला दार्चुलाकी हुन्। मंगलसेन बजारको पोस्टमा समेत डेढ वर्षजति काम गरेकी धामीले चरेश खाने गरेको र इन्जेक्सन पनि लगाउने गरेको बयान यसअघि नै सहकर्मी शुभद्रा शर्माले छानबिन टोलीलाई दिइसकेको प्रहरीसूत्र बताउँछ। यसअघि पनि उनले सुरुमा सहमतिमा सम्बन्ध राखेर पछि 'जबर्जस्ती गर्योल' भन्ने आरोप लगाई नेपाली सेनाका एक जवानको जागिर चट् बनाएको बताइन्छ। अछाम जिप्रकामा सामूहिक बलात्कार भयो भन्ने उनको दाबीलाई पनि प्रहरीसूत्रले 'बनावटी' भएको दाबी गरेको छ।  
    धनगढी अस्पतालमा डा. गणेश बोहरा नेतृत्वको मेडिकल बोर्डले गरेको परीक्षणमा 'स्पर्मेटोजुवा नट सिन' अर्थात् पुरुषको वीर्य देखिएन भनिएको र मासिक श्राव भएको देखिन्छ', भन्ने उल्लेख छ।  
    जानकारीअनुसार असोज ११ गते नवमीका दिन सञ्चारकोठाको बंकरमा पूजा गरेको बोकाको बासी मासु पोलेर र साँधेर प्रहरीहरूले खाएका थिए। एक मिनेट पर महिला प्रहरी बस्ने बंकर थियो। डिस्चार्ज ब्याट्री ओसार–पसार गर्ने प्रहरी जवानहरूले पनि सोही मासु खाएको, तर कोही बेहोस नभएको सूत्र बताउँछ। प्रहरी जवान सुन्तलीले राति स्थानीय टेकेन्द्र शाह नामको युवकलाई बोलाएर ढोका थुनी बसेको रमन कमान्डरले पत्तो पाएपछि लफडा सुरु भएको हो। इन्स्पेक्टर शारदा चौधरीले ढोका खोल्न भन्दा ढोका नखोली बसेकाले प्रहरीहरूले जबर्जस्ती ढोका खोल्दा धामीले केटोलाई अँगालोमा बेरेकी थिइन्। प्रहरीले केटोलाई पक्रेर थुनेका थिए। भोलिपल्ट उनले आज टीकाको दिन हो, मेरो हुनेवाला पतिलाई छाडिदिनुपर्योथ भनेपछि कागज गरी जिम्मामा शाहलाई छाडिएको थियो। टीकाको दिन चार बजे उनले दिपायल तालिमकेन्द्रमा रहेकी दिदी सिपाही बागमती धामीलाई फोन गरिन्। त्यस्तै, अछामकै बयलपाटामा कार्यरत आफ्नो नाता पर्ने धामी थरकै प्रहरी नायव निरीक्षकलाई उनले दिदीकोमा टीका लगाउन जान लागेको भनेकी थिइन्। तर, उनी डिआइजी पार्वती थापामगरकहाँ पुगिछन्। डोटीमा १५ गते मेडिकल नभएपछि उनलाई धनगढीमा मेडिकल गरिएको थियो।  
    प्रहरी जवानहरूले सामूहिक रूपमा मिलेर आफूलाई बलात्कार गरेको आरोप धामीले लगाएकी छन्। र, सबैतिरबाट उनीमाथि सहानुभूति व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग भइरहेको छ। एउटी महिलामाथि त्यस्तो व्यवहार भएको हो भने त्यो जघन्य अपराध नै हो तर, 'कोही पनि निरपराध व्यक्ति सजायको भागिदार नबनून्' भन्ने फौजदारी न्यायको मान्यतालाई पनि आत्मसात् गर्नैपर्ने हुन्छ। जिल्ला प्रहरी कार्यालयभित्र, जहाँ सामूहिक चहल–पहल भइरहन्छ, त्यसमा पनि राति ७/८ बजे कोही सुतिसकेकै हुँदैन। त्यस्तो बेलामा भएको भनिएको यो घटनामाथि निष्पक्ष छानबिन हुनैपर्छ।  
    उता, डिआइजी पार्वती थापाको क्वार्टरमा डोटीका एमाले नेता प्रेम आले राति–राति देखिने गरेको त्यहीँका प्रहरी कर्मचारीले गुनासो गर्ने गरेको स्रोतले बतायो। उता पार्वतीले भने आफ्ना निकटस्थहरूसित भर्खरै एआइजीबाट रिटायर्ड भएका दीपेन्द्र बिष्टले एसएसपी हुुँदा आफूलाई 'रेप' गर्ने प्रयास गरेको, तर आफू कडा स्वभावकी भएकाले नसकेको बताउने गरेकी छन्। 'सबै पुरुष बद्मास हुन्'– डिआइजी थापाको भनाइ उद्धृत गदर्ैै स्रोतले भन्यो।  
      –प्रकाश रावल, अत्तरियाबाट 

    No comments:

    Post a Comment