• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 29, 2009

    पारसको मलेसियन केटीसँग प्रेमप्रसंग


    काठमाडौं। पारिवारिक तनावका कारणले हुन सक्छ, केही दिनयता टाउको दुख्ने समस्या निकै बढेपछि पूर्वयुवराज्ञी हिमानी पूर्वयुवराज पारस नेपाल आएको पर्सिपल्टै भारततर्फ प्रस्थान गर्नुभएको छ। आफ्नी धर्मपत्नीमा यस्तो गम्भीर समस्या देखिएपछि साथ दिनुपर्ने स्थिति हुँदासमेत पारसले भने पत्नीकासाथ आफू पनि भारत जाने आवश्यकता देख्नुभएन।  

    लगातार टाउको दुख्ने समस्या देखापरेपछि हिमानी तिहार सुरु हुनु केही दिनअघि सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा परीक्षणका लागि जानुभएको थियो। परीक्षणको क्रममा सिटिस्क्यान गर्दा उहाँको शिरको भित्री भागमा कालो धब्बा फेला परेपछि थप अनुसन्धानका लागि उहाँ कात्तिक ४ गते आफ्ना बुबा, पारिवारिक नातेदार अभय सिंहकी श्रीमतीसहित नयाँदिल्लीतर्फ लाग्नुभएको हो।  
    हिमानी आउनु दुई दिनअघि मात्र पारस भाइटीकाकै दिन टीका लगाउन कात्तिक २ गते सिंगापुरबाट काठमाडौं आउनुभएको थियो। आफ्ना दाजुभाइ कोही नभए पनि हिमानी भने त्यो दिन डिल्लीबजारस्थित आफ्नो माइतीघर जानुभयो। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पारपाचुकेको हदसम्म पुग्नै लाग्दा पारपाचुके हुनबाट रोकिए पनि दुईबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन।  
    गत भदौ दोस्रो साता पारस नेपाल आउँदा पनि पारस–हिमानीबीच त्यति बोलचाल भएन। बिरलै नागार्जुन जाने हिमानी पारस नेपाल आएपछि निर्मलनिवास छाडेर बालबच्चासहित दुई दिन नागार्जुनतिर लाग्नुभएको थियो। साउन ६ गते हिमानी बच्चाहरूसहित हङकङ घुम्न जाँदा पारस उतै आएकाले दुईजनाबीच केही सम्बन्ध सुध्रेको बताइएको थियो।  
    हङकङबाट सिंगापुर लाग्नुभएकी हिमानी र पारसबीचको सम्बन्ध सुधारसँगै हिमानी सिंगापुरतर्फ लागे पनि सिंगापुरमा केही दिनको बसाइको क्रममा फेरि सम्बन्ध चिसिन पुग्यो। पारसको एक मलेसियन केटीसँगको उठबसका कारण दुईजनाबीचको सम्बन्धमा फेरि दरार उत्पन्न भएको स्रोतको भनाइ छ।  
    एक दिन हिमानी निवासमा फर्कंदै गर्दा पारस ती मलेसियन केटीसँगै रहेकाले हिमानीलाई 'गेटआउट' भन्दै पस्नै नदिएको स्रोतको दाबी छ। स्रोतका अनुसार त्यसवेला हिमानी तीन दिन होटलमा बस्नुपरेको थियो। सिंगापुरको अर्चर रोडमा पारसको तीन बेडरुम भएको फ्ल्याट छ भने ज्वाइँ राजबहादुर सिंहलेे चार बेड भएको फ्ल्याट लिएका छन्।  
    सो घटनापछि हिमानीले काठमाडौं फर्केर पूर्वराजा ज्ञानेन्द्रसँग 'बुबा, अब मलाई आशा नै छैन, म अब आफ्नै जीवन बिताउन चाहन्छु' भनेको हल्ला पूर्वराजपरिवारका नातेदार परिवारमा चलेको छ। स्रोतको दाबी के छ भने, पहिले चिनियाँ केटीसँग उठबस रहेकोमा पारसको अहिले अर्कै मलेसियन केटीसँग त्यस्तै सम्बन्ध विकास भएको छ। पारसका साथी प्रगुन राणा भने यसबीच परिवारसहित अमेरिकातिर पलायन भएको बुझिएको छ। 
    उता, दरबार हत्याकाण्डमा जीवन गुमाएकी स्व. अधिराजकुमारी श्रुतिका पति गोरखशमशेरलाई दोस्री पत्नी दिप्ती चन्दतर्फबाट आइतबार फेरि पुत्रीलाभ भएको छ। श्रुतितर्फबाट भने दुई छोरी गिर्वाणी र सुराङगना छन्। निवास ठमेलमा भए पनि बच्चा पाएको धेरै हल्लाखल्ला नहोस् भनेर हुन सक्छ, गोरखपत्नीलाई प्रसूतिका लागि ग्वार्काेस्थित बिएन्डबी अस्पताल लगिएको थियो। 
    मुटुरोगका लागि उमेरको कुनै बन्देज हुँदो रहेनछ भन्ने कुरा राणापरिवारमा घटेको अर्काे एक घटनाले देखाएको छ। हिमालयन बैंकका अध्यक्ष तथा हिमालयसमशेरका जेठा छोरा ४८ वर्षीय अशोक राणालाई हर्ट अट्याक भएपछि आइतबार साँझ गंगालाल अस्पताल भर्ना गरिएको छ। निर्मलनिवासपछाडि रहेको घरमा बसिरहेका बेला चुरोट र रक्सीका सौखिन अशोक अस्ति अकस्मात् हर्ट अट्याक भएपछि ढलेका थिए

    No comments:

    Post a Comment