• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 29, 2009

    कामरेडका पछाडि फेसबुकमा सयको कमेन्ट


    पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालले आफ्नो फेसबुकमा गुलाबको फूलको फोटोमुनि लेखेका छन्, 'जहाँ काम गर्न नि सक्ने भयो हाम्रो परिवार। हाम्रो परिवार यस्तो परिवार हो, जहाँ पार्टीभन्दा बाहेक अरू केही छैन। र, परिवारमा परिवार नभनी निस्वार्थ आफ्नो क्षमताले आएको हो। परिवार भएर कोठामा बस्नुपर्छ भन्ने त छैन नि! ल बसिहाले नि भन्ने तपाईंहरू नै हुनुहुन्छ, ल हेर फलानाको परिवार त कोठामा बसेका छन् भनेर। यदि, ज्यानको बाजी लगाएर काम गरे नि भन्ने तपाईंहरू नै हुनुहुन्छ ल फलानो परिवारलाई माथि लग्यो, परिवारवाद भयो भनेर। के गर्ने हो त अब? खाए नि सुख छैन, नखाए नि, के गर्ने?  

    फेसबुकमा एउटा घच्चीको बन्दुक बोकिरहेको तस्बिर अपलोड गरे र त्यसमा यस्तो लेखे– 'सामन्ती सत्ता निर्मूल पार्ने हतियार' आइतबार बिहानसम्म उनले प्रोफाइल तस्बिरमा पनि त्यही राखेका थिए। 'किराँती भद्र' नामका व्यक्तिले प्रकाश कामरेडलाई लेखेका छन्– 'भूपू मुलुक चलाउनेका छोराहरू यस्तै बन्दुक बोकेका हुन्थे र चलाउँथे गोली भनेर भन्नुपर्ने हो कि भनेर शंका गर्ने ठाउँ नराख्नुहोला प्रकाश जी! 'जोतारे धाइ बा' ले प्रकाशलाई फेसबुकमा लेखेका छन्– 'पहिले मान्छे त बन्नोस् अनि युद्ध कसरी लड्ने आफँै थाहा हुनेछ।'  
    'सामन्ती सत्ता निर्मूल पार्ने हतियार' स्टाटस लेखेका प्रकाश कामरेडलाई सागर घिमिरे सोध्छन्– 'यो सामन्ती सत्ता भनेको के हो? कहिले निर्मूल हुन्छ? भनिदिनोस् न प्रकाश जी! 'भोगेन्द्र बस्नेतको अर्को गतिलो कमेन्ट छ– 'आफू सामन्ती बनिसकेको कसले देख्छ नि कामरेड?' किरण राई प्रकाशलाई व्यंग्य गर्दै लेख्छन्– 'यो हतियार त नेपाल आर्मीसँग पो धेरै होला, उसो भए तिनले पो सामन्ती सत्ता निर्मूल पार्लान् होइन त?' 
    त्यस्तै, हरिप्रसाद पोखरेलले कमेन्ट लेखेका छन्– 'अब विगतको बन्दुकेभन्दा भविष्यको कलमका लागि संघर्ष गर्ने कि प्रकाश जी! यो बन्दुके मानसिकता कहिलेसम्म?' अर्का फेसबुक साथी गणेश पाण्डेले प्रकाशलाई सल्लाह दिएका छन्–'हतियार होइन, पेन चलाउन सिक्नुपर्छ साथी!' वसन्तराज अधिकारीको सल्लाहचाहिँ प्रकाशलाई बाबुको पार्टी छाडेर मात्रिका यादवतिर लाग्नेछ। 'अब बाबाको विचार छाडेर हामी मात्रिका यादवतिर आउनोस् बल्ल बन्दुक लिन सक्नुहुन्छ। अर्का किरण खड्का लेख्छन्– 'हतियार बोक्ने बडो रहर रहेछ तपाईंलाई पनि, तपाईंचाहिँ हतियार प्रदर्शन गर्नाेस्। हाल शिविरमा भएका वास्तविक जनमुक्ति सेनाको कन्तबिजोग देख्दाचाहिँ तपाईंले बोकेको हतियारले खिसिट्युरी गरेजस्तो भान भयो।' त्यसैगरी, शरद रिजालले प्रकाश कामरेडलाई लेखेका छन्– 'के हो प्रकाश जी! सिंहदरबारको कुर्सीमा बसेर र फाइभस्टार होटलमा बसेर हतियारलाई सम्झनुभयो? धेरै खुसी लाग्यो।' तर पासाङ शेर्पाको अर्र्कै सल्लाह छ– 'यदि यस्तै इच्छा छ भने ओसामाको समूहमा गए हुन्छ।' पत्रकार मात्रिका पौडेलले भने पद्यमा सल्लाह दिएका छन्–'नबोकीकन खुकुरी, खुँडा, बन्दुक, तलबार। कलमले नै भत्काइदिऔँ अन्यायी संसार। यसो गरे कसो होला?' अर्का पत्रकार उजिर मगरको व्यंग्य छ– 'प्रकाश कामरेड, अलि ठूला हतियार समाऊ।' 
    प्रकाशले फेसबुकमा आलोचकहरूलाई गतिलै जवाफसमेत 'सीताराम' नामको व्यक्तिले लेखेको कमेन्टको जवाफमा प्रकाश लेख्छन्– 'एक्स पिएमको छोरा त हुँदै हँु। त्यो सीतारामजीले सम्झाउने कुरा नै होइन। हतियारको कुरा म पहिलाको पिएलए मेम्बर पनि हँु। त्यो कुरा सायद सीतारामजीलाई थाहा नहोला।' प्रकाशले थप लेखेका छन्–'सीतारामजी, यो फोटो तपाईंलाई सो गर्न पनि होइन, तपाईंलाई मन परेन भने नहेर्नू।'  
    बीस खड्काले प्रकाशको हतियारधारी फोटो हेरेर लेखेका छन्– 'नो आइ एम नट एग्री विथ यू, अहँ! म तपाईंसित सहमत छैन।' प्रकाश उनलाई जवाफ दिन्छन्– 'समुद्रबाट एक थोपा पानी निकाले समुद्र सुक्दैन।' सुरेश वाग्लेको चिन्ता छ– 'प्रकाशजी तपाईंले हल्का टिप्पणी गरेको मनपरेन।' कुमार मोक्तान तत्कालै जवाफ दिन्छन्– 'प्रकाशजी नै हल्का हुनुहन्छ, के आशा गर्ने? यो बन्दुक तपार्ईंले सीमा मिचिएको ठाउँमा गएर उठाउन सक्नुहुन्छ? 'उता 'बाहुन' युवकका हातमा बन्दुक देखेर लक्ष्मी तामाङलाई पनि साम्प्रदायिक भावना जागेछ। उनी लेख्छन्– 'म पनि यस्तै बन्दुक बोक्छु, बाहुनवादी सामन्ती सत्ता निर्मूल पार्न।'  
    प्रकाशले युद्धकालमा खिचिएका अरू पनि हतियारधारी तस्बिर फेसबुकमा हालेका छन्। र, लेखेका छन्– 'कतिले भन्न सक्छन् यो केबल खिचाउनका लागि मात्र हो.....।' उनले आफ्नो साथै कृष्णबहादुर महराका छोराको पनि बन्दुकधारी तस्बिर फेसबुकमा हालेर भनेका छन्– 'महराजी रोल्पाको दुम्लामा।'  
    आफ्नै पिता प्रचण्डका पछाडि उभिएको ऋषि धमलासहितको सामूहिक तस्बिर (जसमा प्रकाशको पछाडिको भाग मात्रै देखिएको छ) मा प्रकाशले ऋषि र माधव नेपाललाई पेलेका छन्। 'ऋषि धमलाको जस्तो माधव नेपालले पनि फोटो खिच्न सिकेछन्। ऋषि धमलाको अर्को देन हो त्यो।' प्रकाश ऋषि धमलालाई गाली गर्दै लेख्छन्–'अहिलेका सरकारप्रमुखले त्यसलाई नै भगवान् देखेका छन्, के गर्ने? 

    No comments:

    Post a Comment