• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, October 28, 2009

    माओबादी संग बिनाश गर्ने तागत

    एयरपोर्ट बन्द गर्ने सम्मको आन्दोलन

    एकिकृत नेकपा माओवादीले आगामी कात्तिक १६ गतेदेखि गर्ने भनिएको आन्दोलनको कार्यक्रमको मंगलबार घोषणा गरेको छ। घोषित कार्यक्रम अनुसार कात्तिक १५ गते देशभर मसाल जुलुस निकाल्ने छ। १६ गते गाविस र नगरपालिका घेराउ गर्ने कार्यक्रम छ।  
    सोही दिन जनसभा गरी स्थानीय निकायमा कुनै पनि काम गर्न नदिने बताएको छ।  यसैगरी १८ र १९ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरेको छ। 
    माओवादीको संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईले सार्वजनिक गरेको कार्यक्रममा २३ गते स्वायत्त गणराज्यहरु घोषणा गर्ने र २४ गते काठमाडौं उपत्यका नाकाबन्दी गर्ने छ। उक्त दिन एयरपोर्ट समेत बन्द गरिने नेता भट्टराईले बताए। दोस्रो जन आन्दोलनको बेलासमेत एयरपोर्ट बन्द गरिएको थिएन। 
    यसैगरी  आगामी २६ र २७ गते लाखौं जनता लिएर सिंहदरवार घेराउ गरिने जानकारी भट्टराईले दिए। भट्टराईले राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विरुद्ध दोस्रो चरणको विरोध कार्यक्रम गर्न लागिएको जानकारी दिए। उनले आन्दोलन भने शान्तिपूर्ण हुने बताए।
    'यो दोस्रो चरणको आन्दोलनको सुनुवाई नभए तेस्रो चरणको सशक्त आन्दोलन घोषणा हुनेछ। जसले सबै विपक्षीको अवस्था ज्ञानेन्द्रको जस्तो बनाइदिनेछ,' नेता भट्टराईले पत्रकार माझ भने, 'हामी सरकारमा पुग्न आतुर गरेका होइनौं। नागरिक सर्वोच्चता स्थापित भएपछि मात्र सरकारको कुरा गरेका हौ।'  उनले माओवादीले नागरिक सर्वोच्चताको मुद्धा नछाडेको दाबी गर्दै पार्टी विरुद्ध भ्रम छर्न खोजिएको बताए।
    समितिद्वारा मंगलबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा १५ देखि कार्तिक २७ गतेसम्मको दोश्रो चरणको विरोध कार्यक्रम घोषणा गरिएको हो।

    No comments:

    Post a Comment