• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, October 23, 2009

    लाखौँ डलर ठगेर अमेरिकाबाट नेपाली बेपत्ता

    १० लाख अमेरिकी डलर ठगेर फरार भएको आशंकामा एक २५ वर्षीय नेपाली युवकलाई अमेरिकी अधिकारीहरुले खोजी गरिरहेका छन्। आर्लिङटनको टेक्सस विश्वविद्यालयमा अध्ययनरत पंकज जोशीले १० लाख अमेरिकी डलर चिठ्ठा जितेको टिकट चोरेको आरोप छ।
    स्थानीय पत्रिका स्टार टेलिग्रामका अनुसार जोशीविरुद्ध स्थानीय पत्रिका स्टार टेलिग्रामका अनुसार जोशीविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको छ। अभियोग प्रमाणित भएमा उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ।
    अनुसन्धानकर्ताहरुले भने उनी आफ्नो देश नेपाल वा दक्षिण एसियाको कुनै देशमा हुनसक्ने शंका गरेको सो पत्रिकाले जनाएको छ।
    लकी फूड स्टोरमा कार्यरत जोशीले आफ्नो पसलमा आएका चिठ्ठा किन्ने ६७ वर्षीय वास्तविक मालिकलाई २ डलर मात्र चिठ्ठा परेको भनी झुक्याएर आफूले टिकट लिएर गई पुरस्कार रकम हात पारेको आरोप लगाइएको छ।
    पुरस्कार रकम हात पारेपछि उनले आफ्नो काम छाडेका थिए। गत जुलाई २९ तारिखदेखि उनी भागिरहेका भए पनि अदालतमा अभियोग दर्ता भएपछि बल्ल यो घटना सार्वजनिक भएको हो।
    अनुसन्धानकर्ताहरुले उनको नाममा विभिन्न बैङ्क खातामा रहेको ३ लाख ६५ हजार डलर बरामद गरिसकेका छन्।
    स्टार टेलिग्रामले अनुसन्धान अधिकारी हेक्टर गोमेजलाई उदधृत गर्दै दिएको समाचार अनुसार हाल जोशीका नातेदार, साथीभाइहरुसित जानकारी लिने काम भइरहेको छ।



    No comments:

    Post a Comment