• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 3, 2009

    जाली नोटको धन्धामा नाम जोडिएपछि पारस आक्रोसित


    -गजेन्द्र बुढाथोकी



    जाली नोटको प्रकरणमा भारतीय सञ्चारमाध्यमहरुले पूर्व युवराज पारशलाई मुछेपछि उनले असन्तुष्टी जनाएका छन । "विना कुनै प्रमाण यसरी जथाभावी रुपमा कुनै सम्मानित नागरिकको नाम मुछ्नु कतिसम्म उपयुक्त हो"- पारस निकटस्थ स्रोतले दैनिकीसँग भन्यो । उनले यो प्रकरणमा विगतमा भारतीय विमान अपहरण कान्डमा नेपालीलाई बदनाम गरिएको प्रकरणसँग जोड्दै नेपाल र नेपालीको नाम जथाभावी जोडेर मुलुककै बदनाम गर्दासमेत सरकार मौन बसेकोमा असन्तुष्टी जनाएका छन ।
    "उहाँ अब यो मुलुकको विशिष्ट नागरिक हैन, यदि उहाँ यस्ता काण्डमा संलग्न भएको प्रमाण भए सरकारले पक्राउ गरेर भारतलाई बुझाउनु पर्र्यो हैन भने जथाभावी लेख्ने भारतीय सञ्चारमाध्यप्रति पनि सरकारले प्रतिक्रिया जनाउनु पर्र्यो" निर्मल निवासका ती अधिकारीले दैनिकीसँग विशेष कुरा गर्दै भने । 
    सिंगापुरबाट सोमबार नेपाल आएका पारसले मंगलबार दिउँसो निर्मल निवासमा त्यहाँका आफ्ना विश्वासिला केही कर्मचारीसँग यसबारे असन्तुष्टी जनाएका थिए ।


    यसअघि यस्तो भारतीय नोटको अबैध धन्धामा आईएसआई, अंडरवर्ल्ड तथा डनहरुको नामसंगै अब भारतीय समाचार माध्यमहरुले पूर्व युवराज पारसको नाम पनि जोडेर समाचार प्रशारण गरेका थिए । 

    आजतकका अनुसार जाली नोटका व्यापारी माजिद मनिहारको छोरा विक्कीले भारतमा जाली नोटको सप्लाईमा पारसको समेत हात रहेको भनेर खुलासा गरेका छन। 
    आजतकले पारस नेपालसहित विश्वभरनै विभिन्न अवैधानिक काममा संलग्न रहेको भन्दै उनी अब पारस भारतको अर्थव्यवस्थालाई कमजोर पार्ने षडयन्त्रमा लागेका आरोप लगाएको छ । 
    टाईम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा भारतका सर्वाधिक खोजीमा रहेका आतंककारी दाउद ईब्राहिमसंग मिलेर पारसले विगतमा नेपाल आउने जाली नोट सुरक्षित रुपमा नेपाली सिमा कटाएर भारत पुर्‍याउने काम गरेको उल्लेख गरेको छ । 
    सो अनलाईनले शाहीकालका पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीले पारस र दाउदको सम्पर्क मिलाउने काम गरेको उल्लेख गरेको छ।
    अनलाईन समाचारमा नक्कली नोटका साथमा भारतको मध्य प्रदेश एटियसले भारतमा नक्कली नोटको कारोबारको प्रयास गर्दै गरेका दुई नेपालीलाई पक्राउ गरेको जानएको छ । उनीहरुबाटै पारस त्यस्तो कारोबारमा सम्लग्न रहँदै आएको खुलासा भएको भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन । 
    पारस अहिले सिंगापुरमा बस्दै आएका छन् भने उनकी श्रीमती लोग्नेसंगको झगडाका कारण हङकङमा छोराछोरीका साथमा भर्खरै गएकी छन् । 
    पारसको नाम उत्तर प्रदेशको बहराइचमा गिरफ्तार भएका जाली नोट धंधामा विक्की मनिहारले पोलेका हुन । विक्की मनिहार जाली नोटको धंधाका पुराना खेलाडी भएको हुनाले उनको बयानलाई भारतीय सुरक्षा एजेंसीहरुले गंभिरतापूर्वक लिएको समाचारमा उल्लेख छ ।
    गत महिना भारतीय गृह मन्त्रालयलाई प्राप्त गोप्य प्रतिवेदनमा जाली नोट‍को धन्धामा नेपालको पूर्व राजघरानाको समेत संलग्नता रहेको विवरण उल्लेख भएको आजतकले उल्लेख गरेको छ। 
    नेपालबाट जाली नोटको धन्धामा मुख्य दिमाग नेपालका पूर्व मंत्री सलीम अंसारीका छोरा युनूस अंसारीको भएको उल्लेख छ। 

    डी कम्पनीलाई सहयोग !
    भारतीय गुप्तचर एजेंसीहरुलाई उल्लेख गर्दै भारतीय समाचार संस्थाहरुले शाहीकालका पूर्वमन्त्री सलीममिया अन्सारी तथा उनका छोरा युनूस अन्सारीलाई नेपालमा डी कम्पनीका प्रमुख सहयोगी भएको जनाएका छन । पूर्व राजपरिवारसँग नजिक भएकै कारण पारसले उनीहरुलाई सहयोग पुर्र्याइरहेको आजतकले उल्लेख गरेको छ ।
    पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा सिमरा एयरपोर्टमा जाली नोटको ठूलो परिणाममा समातिएकोमा रातारात ती नोटहरुलाइ सक्कलीमा परिवर्तन गरिएको आरोप भारतीय समाचारमाध्यमहरुले लगाएका छन ।
    "यस्ते कुरा सरकारी विना मद्धत सम्भव छैन"- आजतकको समाचारमा भनिएको छ । । 
    हाल भारतमा जाली नोट सिंगापुर तथा थाइल्यान्डको बाटोबाट आउन थालेकोले पारसले सिंगापुरमा बसेर जाली नोट भारत पठाइरहेको हुनसक्ने भारतीय समाचार माध्यमहरुले जनाएका छन ।
    ती सञ्चारमाध्यमले विक्की मनिहारका बाबु माजिदलाई भारतीय गुप्तचर संस्थाहरुले ले धेरै समयदेखि खोजी गरिरहेको थिए । माजिद नेपालमा रहेका डी कम्पनीको मुख्य व्यक्ती मिर्जा दिलसाद बेगका चेला भएको जनाइएको छ। 
    बेगको हत्यापछि सलीममिया अनसारीले उनको ठाउँ लिएको एक डनको आत्मकथामा आधारित उपन्यास अधुरा ख्वाबमा उल्लेख थियो।



    पारसले थालेको परामर्श 
    काठमाडौं। दाउद इब्राहिमसँगै जोडेर आफ्नो नाम नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको समाचार एक भारतीय दैनिकले प्रकाशित गरेपछि आक्रोशित पूर्वयुवराज पारस शाहले त्यसको प्रमाण सरोकारवालाहरूसँग माग्ने भएका छन्। आफूमाथि लगाइएको आरोपका सम्बन्धमा पिता तथा पूर्वराजा ज्ञानेन्द्रसँग सल्लाह गरी आज–भोलि नै पत्रकार सम्मेलन, प्रेस वक्तव्य वा अन्य कुनै माध्यमद्वारा प्रतिवाद गर्ने योजनामा पारस पुगेको जानकारी उनीनिकट स्रोतले जनआस्थालाई दिएको छ।  
    सोमबारको द टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचारलाई आधार बनाई अन्य सञ्चारमाध्यमले प्रसारण गरेको समाचारबारे पारसले सोमबार राति साढे नौ बजेतिर मात्र थाहा पाएका थिए। उनी सोमबार साढे ११ बजेतिर मात्र सिंगापुरबाट जेठीछोरी पूर्णिकासँगै काठमाडौं आएका हुन्। शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि सोमबार मात्रै नेपाल आएका उनले आफूलाई अन्डरवर्ल्डका डनसँगै जोडेर नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको समाचार प्रकाशन–प्रसारण भएको थाहा पाएपछि आफ्ना निकटस्थहरूसँग 'मलाई त्यसको प्रमाण चाहिन्छ' भनेको स्रोतले बतायो। स्रोतका अनुसार, 'राजनीतिक उद्देश्यले प्रेरित भई भारतीय सञ्चारमाध्यमले आफ्नाबारेमा समाचार प्रकाशित गरेको' दाबी पारसको छ।  
    सोमबार राति आफ्नोबारेमा अफवाह फैलाइएको थाहा पाएपछि तनावमा रहेका पूर्वयुवराज पारसले यसको प्रतिवाद कसरी गर्ने भन्नेबारेमा नागार्जुनमा रहेका आफ्ना बुबा तथा पूर्वराजा ज्ञानेन्द्रसँग समेत फोनमा कुराकानी गरेको बताइएको छ। केही सञ्चारमाध्यमले समेत पारससँग सम्पर्कको प्रयास गरे पनि नागार्जुनबाट हिजो कुनै जवाफ प्राप्त हुन नसकेकाले पारसले यसबारेमा आफैँले कुनै कुरा नबताएको स्रोतको कथन छ। गत साल सिंगापुरतर्फ लागेपछि पारस नेपाल फर्केको यो चौथोपटक हो। पत्नी हिमानीसँग विगत एक वर्षयता बिग्रेको सम्बन्ध पछिल्लो समयमा सुध्रेपछि उनी दसैँसम्म परिवारका साथ नेपालमै रहने गरी आएका हुन्। तर, आएकै दिन पारसले नेपाल र नेपालीप्रति पूर्वाग्रह साँधेर समाचार दिने भारतीय मिडियाको प्रवृत्तिको सिकार बन्नुपरेको छ। पारसनिकटस्थहरूका अनुसार उस्तै परे आफ्नाविरुद्ध कपोलकल्पित समाचार दिने मिडियाका विरुद्ध मुद्दा दायर गर्ने सोचाइमा उनी छन्। 
    पक्राउ पर्ने भारतीय मूलकै भएको खुलासा 
    भारतीय सञ्चारमाध्यमले पूर्वयुवराज पारस शाहलाई नक्कली भारतीय नोटको कारोबारमा जोडेको भए पनि समातिएका व्यक्ति भारतीय मूलकै नागरिक भएको पाइएको छ। स्रोतअनुसार मध्यप्रदेशबाट पक्राउ परेका भनिएका गुप्ता र अहमद दुबै वीरगञ्जमा पूर्वमन्त्री सलियम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको 'डि कम्पनी'मा आवद्ध भई व्यापारमा संलग्न थिए।  
    दिल्लीबाट हाम्रा सहयोगीले दिएको जानकारी अनुसार पक्राउ परेका ४२ वर्षका राजेश गुप्ता र ४३ वर्षका इतिक अहमदलाई नेपाली नागरिक भनिएता पनि अहमदले १२ वर्षअघि नेपाली युवतीसंग विवाह गरेर मात्रै नेपाली नागरिकता लिएका हुन्। यसअघि उनी उत्तर प्रदेशको अलिगरका बासिन्दा थिए। गुप्ता वीरगञ्जमा व्यापार गर्दै आएको भए पनि मूल ठेगाना स्पष्ट छैन। जाली नोटमा भारतीय शर्तकर्तासँगै नेपालमा केही हप्ता अघि अर्का एक व्यक्ति पक्राउ परेका थिए। त्यसयता बढाइएको निगरानीमा दुबै देशका सुरक्षा अधिकारीको समन्वयबाट गुप्ता र अहमदको गिरफ्तारीलाई लिइएको छ। जाली नोटमा पाकिस्तानी गुप्तचर संस्था आइएसआइको संलग्नता रहेको भारतको आरोप छ। भारतीय पत्रिका टाइम्स अफ इन्डियाको पहिलो र ११ औं पृष्ठमा पारस पाकिस्तानी गुप्तचर संस्था आइएसआईसंग मिलेर नक्कली नोटको कारोबारमा सक्रिय भएको उल्लेख गरेको छ। अण्डर वर्ल्ड डन दाउद इब्राहिमको समूहसंग सम्बन्ध राखेर पारसले आइएसआईसंग सांठगांठ गरेको उल्लेख गरिएको पनि यसको कुनै बलियो आधार दिइएको छैन। पारसको आइसएआईसंग सम्बन्ध बनाउन पूर्वमन्त्री सलिम मियां अन्सारीको छोरा युनुस अन्सारीले भूमिका खेलेको मात्रै भनिएको छ। 
    पछिल्लो समय वीरगञ्ज हुदै नक्कली नोटको कारोबार बढेको भन्दै भारतीय उच्च अधिकारीहरुले प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई ध्यानाकर्षण गराएका थिए। भुटान जाने क्रममा भारतीय गृहमन्त्रीले गृहमन्त्री भीम रावललाई भेटी जाली नोट कारोबारको सञ्जाललाई पक्रन सहयोगको आग्रह गरेका थिए। आतंकवादविरुद्धको भारतीय प्रहरीका डिआइजी पवन श्रीवास्तवले आइसएआईले आफ्ना एजेन्टमार्फत करोडौं नक्कली नोट भारत पठाइरहेको बताए। उनले यसमा थप अनुसन्धान हुने बताए। पक्राउ परेका अहमद र गुप्ता अबको आठ दिनसम्म प्रहरी हिरासतमा रहनेछन्। 
     
     

    No comments:

    Post a Comment