• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, September 5, 2009

    संस्कृत पढ्ने पनि उस्तै


    दुर्गालाल केसी
    दाङ, संस्कृत पढ्ने भन्नेबित्तिकै प्रायःको कल्पनामा मन्दिरका पुजारीले झैँ धोती/लँगौटी धारण गरेका, लामो टुप्पी पालेका, बिहान भालेको डाकसँगै उठेर पूजाआजामा लागिहाल्ने व्यक्तिको चित्र आउँछ । पहिलेपहिले यस्तै थियो पनि ।नेपाल संस्कृत विश्वविद्यालय -नेसंवि) को बेलझुन्डीस्थित केन्द्रीय क्याम्पस पुगे यो समय पहिलेको होइन भन्ने पक्का हुन्छ । संस्कृतका विद्यार्थीहरू अन्य विषयका जस्तै छन् । बसोवास, खानपिन, अध्ययन शैली र दैनिक कामकाज सबैमा । 
    'हाम्रो दैनिकी अरूको भन्दा केही फरक छैन,' उत्तरमध्यमा दोस्रो वर्षका मदन रिजालले भने, 'बिहान मन लागेका बेला उठ्छौं । आआफ्नै तरिकाले लेखपढ गर्छौं ।'
    शास्त्री प्रथम वर्षका ऋषीश्वर न्यौपानेलाई सुरुसुरुमा संस्कृत पढ्नेलाई समाजमा पूजाआजा र कर्मकाण्डसँग जोडेर हेर्छन् नै भन्ने लाग्थ्यो । 'तर आम बुझाइभन्दा आकाश-पातालको फरक छ,' उनको अनुभव छ ।
    उनलाई यो ठम्याइमा पुर्‍याएको हो आम विद्यार्थीको जस्तै दिनचर्याले । उनीहरू पनि बिहान १० बजे क्याम्पस गएर बेलुका ५ बजे र्फकन्छन् । अनि केही अध्ययन र सामान्य खेलकुद
    हुन्छ । राति आफ्नो अनुकूल समयमा सुत्छन् ।
    नेसंवि जनता विद्यापीठको बिजौरीस्थित छात्रावासमा भेटिएका न्यौपानेजस्ता दुई दर्जभन्दा बढी विद्यार्थीलाई संस्कृत अध्ययनको तौरतरिका अन्य विषयका जस्तै भए पनि एउटा गुनासो भने छ- समाजले संस्कृत शिक्षाको महत्त्व बुझेन ।
    संस्कृत पूर्वीय साहित्य र दर्शन तथा खगोल र ज्योतिषशास्त्रको वैज्ञानिक अनि हिन्दु र बौद्ध संस्कृतिको व्यावहारिक अध्ययन गर्ने, नेपाली भाषाको मूल रूपको गहिराइसम्म पुग्ने, भाषिक शुद्धतामा केन्दि्रत हुने एकमात्र शिक्षा हो । तर समाजले यो शिक्षालाई अझै पूजापाठ र कर्मकाण्डसँग जोडेर हेर्न छाडेको छैन ।
    'पूजापाठ गर्ने विधा छुट्टै हुन्छ,' आचार्य दोस्रो वर्षका ढुण्डिराज मरासिनीले सुनाए, 'संस्कृतप्रतिको धारणामा परिवर्तन आउन ढिलो भइसकेको छ ।'
    नेसंविअन्तर्गत दाङका बिजौरी र बेलझुन्डीमा दुई क्याम्पस छन् । बिजौरीमा उत्तरमध्यमा -प्रवीणता प्रमाणपत्र तह) र शास्त्री -स्नातक)
    तह पढाइ हुन्छ भने बेलझुन्डीको केन्द्रीय विद्यापीठमा आचार्य
    -स्नातकोत्तर) ।
    दुवै क्याम्पसमा छात्रावासको व्यवस्था छ, जहाँ बाहिरी जिल्लाकाले बस्न पाउँछन् । बिजौरीस्थित उत्तरमध्यमा र शास्त्रीको छात्रावासमा ६४ जनाको क्षमता भए पनि ९६ विद्यार्थी बस्छन् । उनीहरू संस्कृतका अलावा आयुर्वेद, शिक्षा, विज्ञानलगायत अन्य विधा
    पनि पढ्छन् ।
    संस्कृतका छात्रले मासिक ४ सय ५० रुपैयाँ वृत्ति पाउँदै आएकामा यो शैक्षिक सत्रबाट ९ सय पाउनेछन् । छात्राले १ हजार १ सय पाउनेछन् । दलित, जनजाति विद्यार्थीले भने २ हजार रुपैयाँ पाउने नयाँ व्यवस्था आएको छ । विश्वविद्यालयले वाषिर्क १० महिनाको वृत्ति दिने गरेको छ ।
    नेसंविमा संस्कृत यसअघि ब्राह्मण बटुकले मात्र पढ्ने व्यवस्था थियो । तर तीव्र विरोध हुँदै आएपछि पछिल्लो सरकारले दलित, जनजातिलगायत सर्वसाधारणलाई पनि खुल्ला गरेको हो । छात्रवृत्ति बढेकाले दलित र जनजाति विद्यार्थीर्को समेत संस्कृततर्फ चासो देखिएको छ ।
    'यसपटक भाषा प्रशिक्षण परीक्षा दिएका १ सय ३१ मध्ये आधाभन्दा बढी दलित र जनजाति थिए,' क्याम्पस प्रमुख ईश्वर पोखरेलले भने ।
    उत्तरमध्यमा तहमा २५ प्रतिशत दलित र जनजाति छन् । तिनमा दाङका थारू समुदायका युवा पनि छन् ।
    मावि तहमा संस्कृत पढेकाले उत्तरमध्यमामा सीधै भर्ना पाउँछन् भने नपढेकाले पाँच महिने प्रशिक्षण लिएर परीक्षा उत्तीर्ण गर्नुपर्छ । तीन सय पूणर्ाङ्कको परीक्षा उत्तीर्ण गरेपछि मात्र भर्ना पाइन्छ ।
    उत्तरमध्यमा प्रथम वर्षमा तीन विषय अनिवार्य छन् । संस्कृत रचना, नेपाली र अंग्रेजीको सट्टा वैकल्पिक संस्कृत रचना छनोट गर्न सकिन्छ । ऐच्छिक 'क' वर्गमा संस्कृत र 'ख' वर्गमा नेपाली, गणित, राजनीतिशास्त्र, अर्थशास्त्रलगायत राखिएको छ ।
    शास्त्री तहमा नेपाली र अंगे्रजी अनिवार्य छन् । अंगे्रजीको सट्टा संस्कृत रचना पढ्न सकिन्छ । तेस्रो वर्षमा भने ऐच्छिक 'क' र 'ख' का विषय मात्र बाँकी रहन्छन् ।
    आचार्य तहमा ऐच्छिक 'क' मा पर्ने संस्कृत विषयमात्रै पढ्न पाइन्छ । ऐच्छिक 'ख' मा पर्ने विषय पढ्न त्रिभुवन विश्वविद्यालयमा जानुपर्छ 

    No comments:

    Post a Comment