• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 15, 2009

    कान्तिपुर टीभीमा 'कन्डम' काण्ड

    काठमाडौं। नेपालको धेरै सेलिब्रेटी र ग्ल्यामर्सको दुनियाँमा चर्चित व्यक्तिहरूले काम गर्ने कान्तिपुर टेलिभिजनमा सबैलाई हैरानी पार्ने खालको घटना भएको छ। टेलिभिजनको पर्दाबाट ग्ल्यामर पस्किने कान्तिपुरकर्मीहरू कार्यालयभित्रै छाडा काम गर्छन् भन्ने कुरालाई सो घटनाले पुष्टि गरेको छ। हालैमात्र कान्तिपुर टीभीको समाचार कक्षमा परिवार नियोजनको अस्थायी साधन कन्डम भेटिएपछि कान्तिपुर परिसरमै चर्चाको विषयमात्र बनेको छैन, यसले संस्थाको प्रतिष्ठामै धक्का पुर्या एको छ। समाचार कक्षको एउटा कोठामा प्रयोग गरेको कन्डम भेटिएपछि समाचार संयोजक तीर्थ कोइरालासमेत हैरान भएको कान्तिपुर टीभीका एक कर्मचारीले बताए। इन्टरनेशनल समाचार कक्षमै कन्डम भेटिएपछि कोइराला आफंै लागेर अनुसन्धान गरिरहेका छन्। कन्डम निकिला श्रेष्ठ र बिनिता मल्ल नामका कर्मचारीको कोठामा भेटिएको थियो। उनीहरू दुवैजना पत्रपत्रिकामा प्रकाशित विदेशी खबर हेर्ने गर्छन्। आफ्नो कार्यकक्षमा प्रयोग भएको कन्डम भेटिएपछि आक्रोशित बनेकी निकिलाले समाचार प्रमुख तीर्थ कोइरालालाई सोको बारेमा जानकारी गराएकी थिइन्। कान्तिपुरका समाचार प्रमुख कोइरालासँग साँघुले कन्डम काण्डबारे प्रतिक्रिया लिन खोज्दा उनले केही पनि बताउन चाहेनन्। बिहान आफ्नो नियमित कामका लागि कार्यालय पुगेकी निकिलाले कन्डम देखेपछि एकैछिनमा सो घटना कान्तिपुरभरि फैलिएको थियो।  
    सो घटनाका लगत्तै कान्तिपुर टिभीको व्यवस्थापनले सोही टेलिभिजनमा कार्यरत केही शंकास्पद चरित्रका जोडीहरूलाई निगरानीमा राखेको स्रोतले जनाएको छ। बन्द गर्न मिल्ने सो कोठामा कसले त्यस्तो हर्कत गर्योस भन्नेबारेमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताइएको छ। कार्यालयभित्रै कन्डम भेटिएपछि अफिस कुरुवासमेत छक्क परेका छन्। त्यसो त, कान्तिपुर टीभीमा काम गर्ने कतिपय युवायुवती आफ्नो कार्यालय समय नभएको बेलासमेत आफूखुसी रात–विरात कार्यालय आउने गरेको भन्दै सुरक्षागार्डहरूले व्यवस्थापनलाई जानकारी दिने गरेका थिए। कुनै युवतीको राति ड्युटी छ भने ड्युटी नभएको युवकसमेत राति अफिस जान्छन्। अफिसको स्टाफलाई गार्डले किन आएको भनेर सोध्ने अवस्था नभएकाले पनि त्यस्ता खालका व्यक्तिहरूबाटै सो घटना भएको आशंका गरिएको स्रोतले जनाएको छ। आफ्नो कार्यकक्षमा कन्डम सबैभन्दा पहिले निकिला श्रेष्ठले देखेपछि उनले आक्रोशित हँुदै यस्तो घृणित हर्कत गर्नेहरूमाथि कारबाहीको माग गरेको चर्चा कान्तिपुर परिसरमा चलेको छ। सो कन्डम साँच्चिकै कान्तिपुर टीभीभित्रै प्रयोग भएको थियो कि, महिलामाथि यौनजन्य हिंसा गर्न जानाजान कुनै व्यक्तिले उनीहरूको कार्यकक्षमा लगेर राखेका थिए भन्नेबारेमा पनि छानबिन हुनुपर्ने देखिन्छ। किनकि, पछिल्लो समयका सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीहरूमाथि यस्ता खालका हिंसा पनि हुने गरेका छन्।  
    अब कान्तिपुर अमेरिकाबाट?  
    यसैबीच, कान्तिपुर पब्लिकेशन्सले अब कान्तिपुर र काठमाण्डू पोष्ट अमेरिकाबाट पनि प्रकाशित गर्ने भएको छ। निकै अगाडिदेखिको यो योजना सफल बनाउन कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र काठमाण्डू पोष्टका सम्प्ाादक अखिलेश उपाध्याय भदौ २१ गते अमेरिका गएका छन्। अमेरिकाको न्युयोर्क, भर्जिनिया, मेरिल्यान्ड र टेक्सासका नेपालीलाई लक्षित गरेर  पत्रिका प्रकाशन गर्ने योजना बनाइएको स्रोतले जनाएको छ। अमेरिकामा बस्ने नेपालप्रति चासो राख्नेहरुलाई  पनि लक्षित गरेर यो योजना बनाइएको बताइन्छ ।  

    No comments:

    Post a Comment