• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, September 13, 2009

    एमाले चितवनको अध्यक्षमा कृष्ण खनाल

    नरायणगढ,२८ भदौ । नेकपा एमाले चितवनको सातौ जिल्ला अधिवेशनमा कृष्ण खनालले अध्यक्ष पदका अर्का प्रतिस्प्रधि जगन्नाथ थपलियालाई पराजित गरेका हुन् । कृष्णभक्त पोखरेल उपाध्यक्ष अरुणपिडित भण्डारी सचिव र शारदा कुमाल सहसचिवमा चयन भएका छन् । शुक्रबारबाट सुरु भएको अधिवेशनमा ओली र झलनाथ पक्षधरको स्पष्ट विभाजन देखापरेको थियो । कार्यसमितिको पदाधिकारीमा सवै झलनाथ पक्षका विजयी भए । खनालले ३०६ मत प्राप्त गर्नुभएको छ भने भने उहांका प्रतिद्धन्दि जगन्नाथ थपलियाले १७८ मत प्राप्त गर्नुभएको छ । निर्बाचनको परिणामअनुसार उपाध्यक्षमा कृष्णभक्त पोखरेल बिजयी हुनुभएको छ । उहांले ३४२ मत प्राप्त गर्नुभएको छ भने उहांका प्रतिद्धन्दि प्रभा बराल पौडेलले १२३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, सचिबमा अरुण पिडित भण्डारीले ३३७ मतका साथ बिजय प्राप्त गर्नुभएको छ भने उहांका प्रतिद्धन्दी मंगलराम दराइले ११९ मत पाउनुभएको थियो यस्तै, सहसचिबमा निर्बाचित हुनुभएकी शारदा कुमालले २६२ मत प्रप्त गर्नुभएको छ भने उहांका प्रतिद्धन्दि केशब रेग्मीले १८१ मत प्रप्त गर्नुभएको छ । कुलमत ४९६ मध्य ४९२ खसेको थियो । नेकपा एमाले केन्द्रिय तहबाटै अध्यक्षतात्मक प्रणलीमा गएपछि स्थानीय तहहरुमा पनि अध्यक्षतात्मक प्रणाली शुरु गरिएको हो । ६९सदस्यीय जिल्ला कमिटिको २० वटा पदमा भने यसअघि नै निर्बिरोध भैसकेको थियो । ४९ पदका लागी भने निर्वाचन भएको थियो । निर्बिरोध हुनेहरुमा निर्वाचन क्षेत्र नं. ३ नगरकमीटि सदस्यमा भक्तीप्रसाद गौतम, उत्पीडितमा सहदेव लकान्द्री, चक्र रुचाल, रुद्रदेव दर्नाल, राजेन्द्र हमाल मधेसीमा गोपालजी गुप्तामा मजदुरमा गोविन्द अर्याल र उदय चन्द्र अर्याल रहनुभएको छ । त्यस्तै जिल्ला कमिटी सदस्याको विभन्न पदमा शुशिला लामिछाने, भगवती पौडेल पवन पिया प्रमहरी सवेदी, सरस्वती कतिला, मिना गिरी, शकुन्तला श्रेष्ठ शर्मिला शर्मा र प्रभाकान्ती गैरे निर्विरोध निर्वाचित हुनु भएको छ । यसैबीच निर्बाचित जिल्ला कार्यसमितिका सदस्यहरुलाई आज नै शपथग्रहण गराइने कार्यक्रम रहेको नेकपा एमाले चितवनले जानकारी दिएको छ । आज दिउंसो १ बजे एमाले चितवनको पार्टी कार्यालय मदननगर भरतपूरमा प्रधानमन्त्री माधवकुमार नेपालले शपथग्रहण गराउनुहुने एमाले पार्टी स्रोतले जानकारी गराएको छ ।

    No comments:

    Post a Comment