काम र अवसरको खोजीमा दिनहु“ प्रवासिने नेपालीको सङ्ख्या हजारौ“ छ । खासगरी, पैसा कमाउने उद्देश्यले प्रवासिने नेपालीको गन्तव्य खाडी मुलुक र अन्य सम्पन्न मानिने देशहरूसम्म हुन्छ । विदेशी भूमिमा नेपाली हुनुको पीडाबोध गर्दै सम्पत्तिका लागि पसिना चुहाउने आम प्रवासीको भन्दा भिन्न जीवन भोगेका छन् क्रान्ति श्रेष्ठले । एक दशकअघि आर्थिक रूपले सम्पन्न मानिने र सूर्योदयको देश भनेर चिनिने जापान पुगेका श्रेष्ठले बसाइका क्रममा नेपाली पाठकलाई दुईवटा कृति कोसेली दिएका मात्र छैनन्, जापानीहरूबीच नेपाली स्वाधीनताको रक्षाका निम्ति पौंठेजोरी पनि खेलेका छन् ।
जापान बसाइको उनको पछिल्लो कोसेली हो– ‘जापानतिर बरालिदा’ । प्रस्तुत सङ्ग्रहमा उनका आत्मपरक शैलीका निबन्धहरू समावेश छन् । आत्मपरक भए पनि नेपाली पाठकलाई ती निबन्धले दिने खुराक मिठासयुक्त छन् । जापानी शैली, संस्कृति, जीवनढा“चा र ऐतिहासिक पृष्ठभूमिबारे प्रस्तुत सङ्ग्रहले ओजपूर्ण जानकारी नेपाली पाठकसमक्ष प्रस्तुत गरेको छ ।
ज्ञी मासाको’मा राजपरिवारका सदस्यको शालीन व्यवहार प्रस्तुत गर्नुका साथै साङ्केतिक रूपमा विशिष्ट सवारीको बाहनामा ट्राफिक जाम गर्ने नेपाली संस्कृतिप्रति प्रहार गरिएको छ । जापानी भूमि र परिवेशमा निबन्ध उनिएका छन् तर तिनलाई कुनै न कुनै अर्थमा नेपाली भूमि र परिवेशस“ग दा“जेर चित्रण गर्ने प्रयास गरेका छन् लेखकले । जापानको हिरोसिमा जापानीहरूले मात्र होइन, संसारभरिका धेरै मानिसले सम्झिने एउटा सहर हो, जो सन् १९४५ अगस्त ६ तारिखका दिन क्षणभरमै खरानीमा परिणत भएको थियो । वैभवशाली र समृद्ध त्यस सहरमा आणविक विकिरणले ढुङ्गा र फलामसम्म पग्लिएको घटना सुनेका पाठकका निम्ति पत्रकार क्रान्ति श्रेष्ठले देखेको आजको त्यो सहर निःतान्त भिन्न छ । उनले
सङ्ग्रहभित्र १५ वटा निबन्ध अटाएका छन् । ‘मरिमय बनेकी मायुमीको पीडा’मा पाकिस्तानी प्रवासीले जापानी सुन्दरीको आत्मीय र निश्छल प्रेममाथि गरेको निर्मम कहालीलाग्दो खेलवाडबारे चर्चा गरिएको छ भने ‘भिजिलान्ते नेपाली जपानीको ज्वाइ“ बन्दा’ पनि त्यस्तै प्रकृतिको छ । मात्र पुरुष पात्रको राष्ट्रिय परिचयमा मात्र भिन्नता छ । ‘शालीन युव
रादेखेको त्यो सहर कस्तो छ त ? कथात्मक शैलीमा वर्णन गरेका छन्, ‘हिरोसिमा अब त्यो हिरोसिमा रहेन ।’ कथात्मक शैली अपनाएर लेखिएका यस सङ्ग्रहका उनका प्रायः निबन्ध आत्मपरक छन् । निजी प्रसङ्गहरूलाई पनि नलुकाईकन रोमाञ्चक ढङ्गले प्रस्तुत गरेकाले उनका निबन्ध पठनीय बनेका हुन् । आत्मपरक र अनुभूतिजन्य निबन्धमा मानवीय संवेदना पस्किएकाले उनका निबन्ध जापानका सकारात्मक पक्षका आलोकमा स्वदेशका खराबीहरूलाई उधिन्नमा पनि सक्षम ठहरिएका छन् ।
नेपाली मात्र होइन, अन्य विदेशीहरूको पनि आकर्षणको केन्द्र बनेको जापान बसाइका क्रममा त्यहा“ पत्रकार श्रेष्ठले नेपालप्रतिको नकारात्मक कुराहरूको मात्र प्रचार भएकामा दुःखमनाउ गरेका छन् । र, यसप्रति मन कु“डाएर मात्र नबसी तथ्यप्रमाणका आधारमा स्पष्ट कुरा राखेर पत्रकारको धर्म पनि निर्वाह गरेका छन् । अझ परिमार्जन र परिस्कारको आवश्यकता भने उनको लेखनमा टड्कारै खड्किने पक्ष हो ।
धनी देसका मान्छेहरुले गरीब देसका मान्छेलाई चोर नै सम्झन्छन । हुन त नेपालीहरु पनि आफ्नोदेसको स्वास्नी छोडि छोडी जापानीकेटी बिहे गर्छन् अनी त्यस्ताहरुको मुटुमा प्रहार नगरि के गर्छ त ?
ReplyDelete