―राजेन्द्र स्थापित
जापान तीन हजारभन्दा बढी टापु मिलेर बनेको मुलुक हो। यसको ७० प्रतिशत भूभाग हिमाल र पहाडले भरिएको छ। यहाँका जनता प्रत्येक वर्ष एक हजार पाँच सयभन्दा बढीपटक भूकम्पको धक्का खान बाध्य हुन्छन्। कुल गार्हस्थ उत्पादन प्रतिव्यक्ति ३३ हजार आठ सय डलर भएको संसारकै धनी यस मुलुकका जनता कार्यव्यस्तताको कारण सव(वे, रेल र बस स्टेसनमै निदाउँछन्। जापानी पुरुषहरू कसैसँग क्षमा माग्नुपर्योव भने कपाल काटेर मुडुलो बन्छन् भने स्त्रीहरू प्रेमीसितको सम्बन्धविच्छेद भयो भने कपाल काटेर छोटो बनाउँछन्। यो स्वतन्त्र मुलुक भए पनि यहाँ ९० स्थानमा अमेरिकी सैनिक अखडा छन्। प्राचीन कालमा यहाँका स्त्रीले राम्रो बन्न दाँतलाई रंग्याएर कालो पार्ने चलन थियो। सेतो दाँत भएका स्त्रीलाई यहाँ नराम्रो मानिन्थ्यो। यहाँ एक लाख ५० हजार विदेशी वेश्या छन्। यिनीहरूमा ५० प्रतिशत फिलिपिनो र ४० प्रतिशत थाई केटीहरू छन्। डान्स बारमा नाच्ने फिलिपिनो नर्तकीहरूको संख्या पनि ७० हजारको हाराहारीमा छ। मासिक हजारभन्दा बढी अश्लील भिडियो टेप निर्माण हुने यहाँका प्रमुख सहर ओसाकामा स्त्रीलाई अश्लील चलचित्रमा खेल्न र नांगिन सिकाउने स्कुलसमेत छ। उक्त स्कुलमा शयनकक्षमा स्त्रीले निभाउने भूमिका र पुरुषको यौन चाहनासम्बन्धी कक्षा सञ्चालन हुन्छ। सन् १९९६ यता सयजनाभन्दा बढी महिलाले उक्त स्कुलबाट स्नातक परीक्षा उत्तीर्ण गरिसकेका छन्। सन् २००६ मा गरिएको एक सर्वेक्षणअनुसार विश्वविद्यालयमा अध्ययनरत ६० प्रतिशत छात्रछात्राले यौनसम्बन्ध राखिसकेका हुन्छन् भने १० प्रतिशतले ६ वर्षअघि नै 'सेक्स' गरिसकेका हुन्छन्। यस्तै सन् २००२ को आँकडाअनुसार हाइस्कुलमा पढ्ने ४६ प्रतिशतले यौनको स्वाद चाखिसकेका हुन्छन्। जापानीहरूले सालाखाला १३ वर्षकै उमेरमै सेक्सको अनुभव बटुलिसकेका हुन्छन्। पहिला त्यहाँ महिलाको गर्धनको पछिल्तिर पुरुषले छुन मनाही थियो। सन् १९८० मा अर्थतन्त्रमा देखापरेको परिवर्तनपछि जापानी जनता पैसामुखी बनेका छन्। उनीहरूमा यौनको चाहना घटेर गएको छ। सेक्सविनाकै एकल जीवन बिताउने फेसन बन्न पुगेको छ।
यस्ता अनौठा र रोचक तथ्यले भरिपूर्ण जापानमा अघिल्लो साता (अगस्त ३० मा) संसदीय निर्वाचन सम्पन्न भएको छ। संसद्को तल्लो सदन 'डाइट' का लागि भएको निर्वाचनमा विगत ५४ वर्षदेखि सत्तामा बस्दै आएको लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) पराजित भएको छ। संसद्बाट प्रधानमन्त्री छान्ने संवैधानिक व्यवस्था भएको यो मुलुकमा भएको पछिल्लो निर्वाचन सन् १९९८ मा मात्र गठित डेमोक्रेटिक पार्टीले जितेको छ। चार सय ८० सदस्यीय संसद्मा डेमोक्रेटिक पार्टी (डिपिजे) ले तीन सय आठ र एलडिपीले ११९ स्थान हातपारेका छन्। २१ स्थानमा जितेर कोमेइटो तेस्रो र नौ सदस्यसहित जापानी कम्युनिस्ट पार्टी पाँचौँ ठूलो संसदीय दल बन्न सफल भएको छ। सामाजिक जनवादी पार्टी पनि सात स्थानमा बाजी मार्न सफल भएको छ। निर्वाचन परिणामअनुसार डिपिजेका नेता युकियो हातोयामा प्रधानमन्त्रीमा निर्वाचित हुने निश्चितप्रायः छ। उनले आगामी बुधबारदेखि सरकारको नेतृत्व गर्नेछन्। उता, सन् १९५५ यता बीचको ११ महिनाबाहेक पूरै समय सरकार चलाउँदै आएको एलडिपी चुनावमा हारेपछि प्रधानमन्त्री तारो आसोले पार्टी नेतृत्वबाट राजीनामा दिइसकेका छन्। उक्त पार्टीले नयाँ अध्यक्षको निर्वाचन सेप्टेम्बर २८ मा गर्ने भएको छ। अस्ति सम्पन्न निर्वाचनमा एलडिपीका पुराना र नयाँ २० जनाभन्दा बढी मन्त्री पराजित भएका छन्। पराजित हुनेमा पार्टीका पूर्वमहासचिव बुनमेई इबुकी पनि परेका छन्।
जापानमा अघिल्लो चुनाव सन् २००५ मा भएको थियो। निर्वाचनपछि सरकारको नेतृत्व गर्न पुगेका जुनिचिरो कोइजुमीको नेतृत्वमा यो निर्वाचनमा एलडिपी दुई सय ९६ सिट हासिल गर्न सफल भयो। त्यसपछि सिन्जो आबे, यासुओ फुकुदा र तारो आसो प्रधानमन्त्री बने। एलडिपी आफूलाई मध्यदक्षिणपन्थी भन्छ। सन् १९५५ मा गठित उक्त पार्टी कट्टरपन्थीहरूको हो। यसले पछिल्लो समयमा सन् २००५ पछि नयाँ कोमेइतो पार्टीसित मिलेर सरकार बनाउन पुगेको थियो। एलडिपीभित्र साना(ठूला थुप्रै गुट छन्। जस्तो 'हेइसेई केन्क्युकाई' स्थानीय किसान, औद्योगिक मजदुर, सुरक्षा निकाय, उत्पीडित गाउँलेद्वारा समर्थित गुट हो। चीन र कोरियासितको सम्बन्धको पक्षपाती यो गुटको संस्थापक नेता कूटनीतिज्ञ सिगेरु योसिदा हुन्। यसरी नै 'सेइवा सेइसाकु केन्क्युकाई' सरकारी कर्मचारी, दोस्रो विश्वयुद्धकालमा मारिएका सेनाका विधवा पत्नी, गरिब मजदुर वर्गद्वारा समर्थित गुट हो। यसको गठन फासीवाद र साम्यवादको विरोधीका रूपमा भएको हो। यसका संस्थापक नेता नोबुसुके किसी पछि डेमोक्रेटिक पार्टी खोल्न पुगे। पछि प्रधानमन्त्री बनेकाहरू जुनिचिरो कोइजुमी, सिन्जो आबे र यासुओ फुकुदा यही गुटका नेता हुन्।
पहिलोपटक संसद्मा बहुमत प्राप्त गरी सरकार गठन गर्ने तयारी गर्दै गरेको डेमोक्रेटिक पार्टी (डिपिजे) सन् १९९८ को अप्रिल २७ मा मात्र गठन भएको हो। यसको गठन स(साना विपक्षी पार्टीहरू मिलेर भएको हो। यसको पहिलो नेता नाओता कान हुन्, उनी त्यहाँका पूर्व स्वास्थ्य तथा समाजकल्याणमन्त्री थिए। पार्टीका वर्तमान महासचिव त्सुतोमु हाता हुन्। हाता पूर्वप्रधानमन्त्री हुन्। उक्त पार्टीले सन् २००३ मा सानो दल लिवरल पार्टीलाई आफ्नोमा विलय गर्न सफल भएको थियो। परिणामतः उसले संसद्मा थप आठ सिट जित्न सफल भयो र एक सय ७८ पुर्या यो। यसलगत्तै पार्टी अध्यक्ष नाओता कान पेन्सनकाण्डमा मुछिन पुगे। यसपछि पार्टीको नेतृत्व सुधारवादी नेता कात्सुया ओकादा बने। तर, सन् २००५ को निर्वाचनमा पार्टीले ६२ सिट गुमाउनुपरेपछि ओकादो नेतृत्वबाट हटे। त्यसपछि सेइजी माइहेरा अध्यक्ष बने। तर, उनी ६ महिनाभन्दा बढी नेतृत्वमा बस्न सकेनन्। कोइजुमीको प्रधानमन्त्री कालमा घटेको 'रिडन लाइभडोर' काण्डमा संलग्नता भएको प्रमाणित भएपछि उनी पद छाड्न विवश भए। त्यसपछि इचिरो ओजावा पार्टी अध्यक्ष भए। उनको नेतृत्वमा सन् २००७ मा माथिल्लो सदनका लागि भएको निर्वाचनमा पार्टीले एक सय २१ स्थानममा ६० स्थान हासिल गर्न सफल भयो। प्रायः आर्थिक घोटालाकाण्डकै कारण बद्नाम जापानी राजनीतिमा ओजावा पनि चन्दा संकलनकाण्डमा मुछिए। त्यसपछि युकियो हातोयामा गत मेमा पार्टी अध्यक्ष बने। उक्त पार्टीमा पनि एलडिपीमा जस्तै विभिन्न गुट अस्तित्वमा छन्। 'इसिनकाई' ओजावा समर्थकहरूको समूह हो। यसमा जम्माजम्मी ५० जना सदस्य छन्। 'र्योिनकाई' पुरानो दल साकिगाकेका सदस्यहरूको समूह हो। संसद्मा यो समूहको ४० जना सदस्य छन्। भावी प्रधानमन्त्री युकियो हातोयामाको गुट 'सेइकिन कोताई ओ जित्सुगेन सुरु काई' हो। ३० जना सांसद भएको यो समूहलाई एलडिपी छाडेर आएकाहरूले समर्थन गरिराखेका छन्। यसरी नै 'कुनी नो काताची केन्क्युकाई' पूर्व पार्टी अध्यक्ष नाओता कानको समूह हो। यस्तै, 'मिसा क्योकाई' प्रजातान्त्रिक समाजवादीहरूको, 'सिन सेइक्योकु केनक्युकाई' वामपन्थी, समाजवादी र सामाजिक जनवादीहरूको र 'स्वतन्त्र क्लब' स(सानो अल्पमतहरूको समूह हो।
पछिल्लो निर्वाचनमा संसद्मा चौथो स्थान हासिल गर्न सफल कम्युनिस्ट पार्टी अस्तित्वमा रहेका पार्टीहरूमध्येकै सबैभन्दा पुरानो पार्टी मानिन्छ। यसको गठन सन् १९२२ को जुलाई १५ मा भएको थियो। यो जापानको यस्तो एकल राजनीतिक पार्टी हो, जसले दोस्रो विश्वयुद्धको विरोध गरेको थियो। तथापि लामो समय भूमिगत राजनीति गरेको यो पार्टीले सन् १९४५ मा जापानमाथि अमेरिकी बमबारीपछि वैधता प्राप्त गरेको थियो। र, पार्टीले त्यसवेलादेखि नै चुनावमा भाग लिँदै आएको छ। सन् १९६० को दशकमा रुसी नेता जोसेफ स्टालिनको निधन र निकिता खु्रस्चेभको उदयपछि जब विश्व कम्युनिस्ट आन्दोलन रुस र चीन समर्थनमा धु्रवीकरण भयो, त्यसवेला रुस र चीन दुवैतर्फ नलागेको विश्वको एउटा ठूलो कम्युनिस्ट पार्टी हो। परिणामतः यो निकै प्रसिद्ध भयो र यसले सदस्य संख्या एक लाख २० हजार पुर्याायो। पुरानो समाजवादी पार्टीको विघटनले पनि यसलाई थप मजबुत बनायो। जापानी राजनीतिक इतिहासमा संसद् तथा स्थानीय निकायमा बढीभन्दा बढी महिलाका प्रतिनिधित्व गराउन सफल छ, यो पार्टी। यसले जापानमा समाजमा आधारित समाजवाद, प्रजातान्त्रिक र शान्ति तथा सेनाविरोधी सरकार गठन गर्ने लक्ष्य लिएको छ। मार्क्सवादी(लेनिनवादी पार्टी भए पनि वर्गसंघर्ष र समाजवादी क्रान्तिको वकालत गर्दैन। अमेरिकी सैन्य अखडा र हस्तक्षेपको विरुद्ध स्वतन्त्र सार्वभौमयुक्त समाजको वकालत गर्छ। देशभरि २५ हजार शाखा(उपशाखा र चार लाख सदस्य संख्या भएको यसले सोभियत संघको पतन हुँदा साम्राज्यवाद र विस्तारवादको अन्त्य भएको भनेर स्वागत गरेको थियो। पूर्वी युरोपमा भएको समाजवादी व्यवस्थाको असफलतामा त्यहाँकै पार्टीहरूलाई दोष देखाएको थियो। यो पार्टीका वर्तमान अध्यक्ष काजुओ सी हुन्। ५५ वर्षीय सी इन्जिनियर हुन्। इन्जिनियरिङ कलेजमा पढ्दै गर्दा नै उनी उक्त पार्टीको सदस्य बनेका हुन्। उनी सन् १९९३ मा संसद्मा निर्वाचितसमेत भएका थिए। सन् २००० मा सम्पन्न पार्टीको महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। पार्टीका वर्तमान महासचिव तादायोसी इचिदा हुन्। माथिल्लो सदनका सदस्य उनी पनि सन् २००० मा पार्टी महासचिव बनेका हुन्। माथिल्लो सदनमा इचिदाबाहेक पार्टी नेताहरू आकिरा कोइके र इकुको इसी पनि सदस्य छन्।
दोस्रो विश्व युद्धअघि र पछिको केही वर्षसम्म पनि सैनिकले नै सरकारको नेतृत्व गर्दै आएको जापानमा सन् १९४५ पछि जम्माजम्मी ३२ जना प्रधानमन्त्री भइसकेका छन्। यसमा एलडिपीका मात्र २२ जना छन् भने राजपरिवारका एक, स्वतन्त्र एक, लिबरल पार्टीका दुई, समाजवादी पार्टीका दुई, प्रजातान्त्रिक र पेसागतबाट दुई, 'जापान न्यू' र नवीकरण दलका एक/एकजना छन्। एलडिपीले सरकार चलाउन थालेयता सन् १९९३ र १९९६ को २१ महिना जापना न्यूका मोरिहिरो होसाकावा, नवीकरण पार्टीका त्सुतोमा हाता र समाजवादी पार्टीका तोमिची मुरायामाले चलाएका थिए। यो अवधिमा पनि पछिल्लो सात महिना एलडिपी सरकारको नेतृत्वमा नभए पनि मुरायामाको सरकारमा सामेल थियो। समाजवादी पार्टीकी नेत्री ताकाको डोई एकपटक खुब चम्केकी थिइन्। उनी १९८४ मा पार्टीको उपाध्यक्ष र १९८६ मा अध्यक्ष पनि बनिन्। उनको नेतृत्वमा पार्टीले सन् १९९० को निर्वाचनमा सबैभन्दा बढी एक सय ३६ स्थान ल्याएर जित पनि हासिल गर्यो्। तर, पछि उत्तरकोरियासँगको नजिकको सम्बन्ध राखेका कारण उनी आलोचित बन्न पुगिन्। सोका कारण उनले सन् २००५ मा राजनीतिबाटै अवकाश लिनुपर्योक। समाजवादी जनवादी पार्टीका वर्तमान नेत्री पनि महिला नै हुन्( ५५ वर्षीया मिजुओ फुकुसिमा। उनी सन् २००३ मा पार्टी अध्यक्ष बनेकी हुन्।
No comments:
Post a Comment