• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 8, 2009

    किन छाड्छन् मान्छेले फेसबुक ?

    सोसल नेटवर्किङ साइट फेसबुक जति लोकप्रिय भए पनि एक पटक चलाएर यसलाई छोड्नेहरु पनि प्रशस्तै भेटिन्छन्। एक जनाले फेसबुक एकाउन्ट बन्द गरिदिइन्, किनभने उनलाई लाग्यो यो साइटले उनको समय धेरै बर्बाद गर्न थाल्यो। गोपनियता केही राखेन। अर्का एक जना कुनै कारण विना नै फेसबुकबाट गायब भए। बिभिन्न कारणमा फेसबुकलाई बिदा दिनेहरू हाम्रो वरिपरि भेटिन थालेका छन्। 

    तर फेसबुकको बढ्दो लोकप्रियताका अगाडि फेसबुक चलाउन छाड्नेहरूले कुनै अर्थ नराख्न सक्छन्। कमस्कोर नामको एक संस्थाको तथ्याङ्क अनुसार जुलाइ महिनामा मात्रै ८ करोड ७७ लाख अमेरिकीले पहिलो पटक फेसबुक चलाए। ठूलो संख्यामा फेसबुकका नयाँ प्रयोकर्ता बढिरहे पनि सानो तर उल्लेख्य समूहले यसलाई छाड्ने क्रम पनि जारी छ।
    लेफ हार्मसेन, एक पूर्व फेसबुक प्रयोगकर्ता हुन्। तर उनी अहिले फेसबुकविरुद्ध अभियान चलाउँछिन्। कुनै समय उनकी आमा भन्ने गर्थिन्, 'फेसबुक राक्षस हो'। आजकल उनलाई आमाले भनेको कुरा एकदम सही लाग्न थालेको छ। हार्मसनको विचारमा फेसबुक भनेको उत्तर कोरिया जस्तै एक तानाशाही शासन हो। उनी ...सट योर फेसबुक' (तिम्रो फेसबुक बन्द गर) लेखिएको टिसर्ट बेच्छिन्।

    फेसबुक चलाउन छोड्नको कारण चाहिँ के हो त ? उनको बुझाइमा फेसबुक 'व्यक्तिगत र सामाजिक जीवनको ब्यापारीकरण र संस्थागत नियन्त्रण हो।'

    हुन पनि फेसबुक वेब दुनियाँको हेडक्वार्टरकै रुपमा विकास हुँदैछ। यो गुगलसँग प्रतिस्पर्धा गर्ने भइसक्यो। फेसबुकले प्रयोकर्ताहरूकै व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। यस्तो अवस्थामा केही व्यक्तिले यस सामाजिक सञ्जाललाई ...बिग ब्रदर' को रुपमा देख्नु अनौठो होइन।

    ...फेसबुकप्रति हामी आफैंलाई धेरै निर्भर हुन दिन्छौं र फेसबुकले पनि तपाईंलाई थप निर्भर बनाउन सक्दो शक्ति लगाउँछ। फेसबुकले हामीलाई दुरुपयोग गर्न सक्दो प्रयास गर्छ' हार्मसेन तर्क गर्छन्, यो तपाईंको फेसबुक प्रोफाइल होइन। यो तपाईंको बारे लेखिएको फेसबुकको प्रोफाइल हो।'

    सन् २००८ मा फेसबुकप्रति लामो समयदेखि इमान्दार एउटा समूहले यो साइटको विश्वास एकाएक गुमाएको थियो। फेसबुकमा रहेको लोकप्रिय एप्लिकेसन स्क्राबलसलाई कपिराइट विवादका कारण हटाइयो। त्यसपछि एउटा कुरा प्रष्ट भयो- फेसबुक केवल एउटा सामाजिक क्लब होइन, यो ब्यापारिक स्वार्थ बोकेको, इन्टरनेटको एउटा बढ्दो शक्ति हो। गएको हिउँदमा फेसबुक छाडेका हार्मसेन र उनका साथीहरुलाई भने युजरहरुले राखेका कन्टेन्टहरूमा फेसबुकको स्वामित्व हुने प्रावधान मन परेको थिएन। (फेसबुकले पछि उक्त प्रावधानमा संसोधन गरेको थियो। तर विज्ञापन, बौद्धिक सम्पत्ति र सामजिक जीवनलाई एकिकृत गर्ने क्रम जारी छ)। फेसबुक छाड्ने तेस्रो थरिका जमात भने केवल ...बोर' भएर यो सञ्जालबाट टाढिएका हुन्।
    क्यारोलिन हार्टिङले फेसबुकका कारण समय खेर गयो भनेर यो सेवा बन्द गरिन्। उनी दिनभरि फेसबुक चलाएर बस्थिन्। आफ्ना साथीहरुको प्रोफाइल र तस्बिरहरु धेरै हेरे पनि कसैलाई सन्देश पठाउने र कुराकानी गर्ने काम उनीबाट हुन सकेन। उनलाई लाग्यो फेसबुककै कारण भएका साथीहरुसँग पनि दूरी बढ्न थाल्यो। क्यारोलिनले फेसबुक छोड्नुको अरु पनि कारण छन्। एक दिन कुनै अर्को एउटा वेबसाइटमा उनले हेरेको फिल्म रेटिङ गर्ने इन्भिटेशनलाई उनले स्वीकार गरिन्। अर्को पटक उनी फेसबुकमा लग अन गर्दा उनले फिल्म रेटिङ गरेको मेसेज फेसबुकमा आइसकेको रहेछ। ...त्यति नजिकबाट मेरो निगरानी हुनु मलाई ठीक लागेन' त्यसपछि उनले फेसबुक छाडिन्।
    लेखिका जुली क्लाम फेसबुक अहिले पनि चलाउँछिन्, तर पहिला जति होइन। उनी आजकल ट्वीटर मन पराउन थालेकी छिन्। उनको अनुभवमा 'फेसबुकबाट प्रयोगकर्ताहरू टाढिनु, बालबालिकालाई एउटै खेलौनादेखि वाक्क लाग्नु जस्तै हो।'  (न्युयोर्क टाइम्सबाट )
    भारतीय प्रधानमन्त्री पनि फेसबुकमा 
    नयाँ दिल्ली, भदौ २१ (एजेन्सी)- फेसबुकलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले समेत प्रयोग गर्न थालेका छन्। नियमित अपडेट, भाषणका भिडियो र सञ्चार माध्यममा आएका क्लिप्सिङ्सहरू मनमोहन सिंहको फेसबुकमा नियमित रुपमा देख्न सकिन्छ।
    फेसबुकमा राखिएको सिंहको प्रोफाइल नियमित अपडेड हुन्छ र त्यसमा उनको प्रतीकजस्तो भएको निलो रंगको फेटा लगाएको फोटो छ।
    भारतीय समाचार च्यानल एडनिटिभीको एउटा सामुहिक सम्वाद कार्यक्रममा प्रधानमन्त्रीका पूर्व मिडिया सल्लाहका सन्जय बारुले नियमित रुपमा अपडेट भएको यो साइट उनले सञ्चालन गरेको बताएका छन्। बारुले सिंह इन्टरेनट प्रयोग राम्रोसँग गर्न नजान्ने र उनले सेल फोनसम्म नराख्ने गरेको बताए।
    पछिल्लो चरणमा भारतीय राजनीतिज्ञहरूले देशका युवा तथा कम्प्युटर साक्षरमाझ आफ्नो कुरा पुर्‍याउन सोसल नेटवर्किङ साइट र वेबव्लगको प्रयोग गर्ने सुरु गरेका छन्।
    धेरैजसो राजनीतिज्ञमा भारतीय प्रतिपक्षी नेता लालकृष्ण आडवाणीको पनि व्यक्तिगत ब्लग छ। राहुल गान्धी जस्ता युवा राजनीतिज्ञहरूले फेसबुकमा आफ्नो प्रोफाइल नियमित रुपमा अपडेट गर्ने गरेका छन्।
    भारतीय विदेश राज्यमन्त्री शशी थरुरले नियमित रुपमा ट्वीटर चलाउने गरेका छन्। यसले नियमित रुपमा गर्ने गरेको अपडेटले उनका समकक्षी राजनीतिज्ञलाई त्यसबारे चासो बढाएको छ।

    No comments:

    Post a Comment