• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, September 28, 2009

    दशैँमा होश नपुर्‍याए मुटुरोग लाग्ला



    रत्ननगर (चितवन), असोज ११- दसैँका बेला बढी चिल्लो, पिरो भएका मासु, मदिरा तथा गरिष्ट भोजनका कारण मानव मुटुलाई गहिरो असर पार्ने भएकाले खानपानमा संयमअपनाउनुपर्नेमा मुटुरोग विशेषज्ञ डा.केशव आचार्यले जोड दिएका छन्। 
    मुटुरोगबाट बच्नका लागि दैनिक खानपान र वातावरणमा ख्याल गर्नु पर्ने उनले बताएका छन्।

    विश्व मुटुरोग दिवसका सन्दर्भमा कुरा गर्दै उनले बढ्दो धुमपान सेवनका कारण नेपालमा मुटुरोगी बढ्दै गएकाले त्यसप्रति सजग रहन आग्रह गरे।बढ्दो सहरी वातावरणले पनि मुटुलाई प्रभाव पार्ने जनाउँदै उनले नेपालमा मुटुका लागि अनुकूल वातावरणका लागि पहल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।
    काम गर्ने ठाउँमा मुटु अनुकूल हुने गरी वातावरण सिर्जना गराए पनि आधा मुटुरोगीको सङ्ख्या घट्ने उनले बताए।
    नेपालमा अहिले जनसंख्याको ४० प्रतिशत भन्दा बढी मुटुरोगी रहेको उनले जानकारी दिए। स्वस्थ्य मुटु नै मावन जीवनका लागि आधारशीला भएकाले बालबालिकाहरूलाई बचाउनका लागि आफैँ सजग रहन उनले अपिल गरे।


    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete