• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, September 27, 2009

    दशैं, देखासिकी र दशा

    प्रकाश बञ्जारा
    - दसंै  यसपाला पनि  हरेक हिन्दू धर्मावलम्बीको घर छेउ-छेउमा आइपुगेको छ  । सत्यले असत्यलाई पराजित गरेको पौराणिक मान्यतालाई आत्मसात गर्दै यो चाड  भव्यरूपमा मनाइने गर्छ हाम्रो हिन्दू समाजमा । 
    बहाना धार्मिक भए पनि यसले धार्मिकतामा नभई आत्मियतामा बढी महत्त्व राखेको छ । कर्म गरेर खानेहरू तथा भाग्य तिखार्ने घरबाट टाढा-टाढा जानेहरू हरेक वर्षको दसंैमा आ-आफ्ना घरमा फिरेर सबै सँगै बस्छन् हाँस्छन खेल्छन्, रमाउँछन् । वर्षभरि काम गरेर थकित शरीरलाई आराम दिन्छन् यस अर्थमा यो अन्त्यन्तै सुनौलो पर्व हो । यसैको बहानामा लिङ्गे पिङ झुन्डिन्छन् । मादलहरू घन्किन्छन्  आत्मीय सम्बन्ध र मित्रता चाहनेका लागि यो उत्तम विन्दु बन्न पुग्छ । घटस्थानपनाको दिनबाट सुरु हुने यो पर्वमा तीन दिन भने अत्यन्तै महत्त्वपूर्ण मानिने गर्छन् । जम्मैमा भन्ने हो भने यो पर्वको महत्त्व बोकेको भने दशमीमात्र हो । सत्यले असत्यलाई पराजित गरेको भन्ने मान्यतालाई सम्झेर त्यो दिन विजयको रातो टीका आ-आफ्ना मान्यजनका हातबाट लगाउने र आशीर्वाद लिने गरिन्छ । त्यो दिन मान्यजनबाट पाएको आशीर्वाद लाग्ने पनि विश्वास गरिन्छ । विजया दशमीको टीका थाप्नका लागि सबै हिन्दू धर्मावलम्बीहरू सकेसम्म आफ्ना आफन्तकोमा जान्छन् र रातो टीका सँगै पहेंलो जमरा कानमा सिउरिन्छन् । यसले यो चाडको रौनकतालाई नै ह्वात्तै बढाइदिन्छ । लामो समयसम्म आ-आफ्नो कार्य व्यस्तताले टाढा रहेका आफन्तजनहरू एक-अर्कामा भेटघाट हुने र माया साटासाट 
    गर्छन् । यस अर्थमा दसंै एक महान पर्व हो हिन्दू समाजको ।
    विश्व वैज्ञानिकतातर्फ धकेलिँदै जाँदा यस चाडको बाटोमा पनि फरक-फरक समुदायहरूले फरक- फरक धारणा राख्ने गरेका छन् । फरक धारणा राख्ने क्रममै धेरैले त यो चाडलाई विवादास्पद भन्दै 
    बहिष्कारको नीतिसमेत ल्याएका 
    छन् । फरक विचार ल्याएर विषयलाई बहसमा ल्याउनु  एउटा राम्रो पक्ष भए तापनि त्यसलाई विवाद टुंग्याएर निष्कर्षमा जान नसक्नु भने नराम्रो पक्ष हो यसले समाजमा अझ द्विविधा र विवाद नबढाउला भनेर भन्न सकिन्न । विविध कारणले गर्दा दसैंलाई 
    विवादास्पद बनाउनेहरूमै एउटा 
    पक्ष भने निकै गम्भीर पक्ष रहेको देखिन्छ । गरिब होस् या धनी जुन समुदायले पनि उत्तिकै तामझामका साथ रमाइलो गर्नुपर्छ भन्ने संकीर्ण मानसिकताले पनि खर्चालु पर्व भनेर यसलाई परित्याग गरिएको उदाहरणहरू प्रशस्त मात्रमा भेटिन्छन् । आफ्नो क्षमता र स्तर नहेरिकन अर्काेले गरेको देख्दैमा मेरो पनि यसले जस्तै गर्नुपर्छ ऊभन्दा म के कम भन्ने मान्यताले पनि दसैंलाई विवादमा मुछिदिन्छ । आफ्नो घाँटी अड्कल नगरी हाड निल्न खोज्ने परम्पराले गर्दा हाड घाँटीमै अड्केर मरणासन्न हुने अवस्थाहरू पनि देखासिकिको चलनले देखाउने गर्दछन् । सबैले एकै तरिकाले 
    मनाउनुपर्छ मैले उसको भन्दा ठूलो खसी काट्नुपर्छ भन्नेजस्ता देखासिकिका नीतिहरू त्यागे दसंै सबैका लागि अझ लोकपि्रय उत्तम पर्वको रूपमा मनाउन सकिन्छ ।
    समाजमा हरेक राम्रा पक्षहरू सँगै एक-एकवटा वा केही न केही विकृति पनि बढ्दै गइरन्छन् र अन्तमा राम्रा पक्षहरूलाई नराम्रा पक्षले जितेर र नराम्रो सामाजिक परिवेश निर्माण गरी दिन्छन् । वर्षमा एकपटक आउने यी पर्वहरू पनि कुनै न कुनै रूपमा यस्ता विकृतिसँग जोडिएर दुःख परिणत हुने गरेका हुन् । पर्व मनाउन भनेर टाढा-टाढाबाट भेला हुने आफन्तजनहरू रमाइलो 
    गर्ने बहानामा चाडवाडमा 
    खेल्नुपर्छ भन्दै जुवातासमा हात हाल्ने गरेका उदाहरणहरू प्रशस्तै छन् यसले गर्दा रमाइलोको नाममा खेलिएको जुवाले दुःख गरेर कमाएको हजारौं स्वाहा भइसक्दा पनि रमाइरहँदा यसले विकृतितर्फ धकेलिरहेको पत्तो पाउँदैनन् ।
    जसले गर्दा समयको दुरुपयोग हुँदैछ मान्छेलाई समेत बर्वादीतर्फ धकेलिरहेको हुन्छ र यसको सिंगो प्रभाव समाजको र राष्ट्रलाई पर्न जान्छ । विकृतिकै कुरो गरिरहँदा अर्काे प्रसंग पनि आउँछ ।    चाडबाडको बेला एकचोटि त हो नि वर्षमा रमाइलो गर्ने भन्दै साथीभाइ भेला भएको बेला अल्कोहलयुक्त पेय पदार्थहरू पिउने चलन हाम्रो समाजमा विद्यमान छ । रमाइलोको नाममा पिइने यी पेय पदार्थहरूको मूल्य विचार गर्ने हो भने ५ सयदेखि लिएर हजारौंसम्म हुन्छ । यसलाई सही ठाउँमा सदुपयोग गर्न जाने सकारात्मक परिवर्तनको पनि आशा राख्न सकिन्न तर रमाइलोको नाममा पिइने यी पेय पदार्थहरू एकातिर स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छन् भने अर्काेतिर पैसालाई पनि सिध्याइरहेका हुन्छन् यी तत्त्वहरू दसंैको नाममा दशा बनेर देखा पर्छन् । हाम्रो कर्तव्य भनेको परम्परालाई जोगाइराख्ने हो भने अर्कातिर विकृतिहरूको विरोध गर्नु पनि हो यसले गर्दा दसंैलाई राम्रो मनाउन विकृति विसंगति भित्रिन नदियौं यो हाम्रा लागि समाजका लागि र राष्ट्रकै लागि गौरवको पर्व बन्न सक्नुपर्छ ।


    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete