• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, September 28, 2009

    के यो वैदिक धर्म हो?



    [khasi.jpg]



    बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए
    बगरेजति धर्मात्मा धर्मवान हुने थिए
    बोको, खसी र च्याङ्ग्रादि बिरालो पनि हैन रे
    मुसोसम्म पुगे भान्छा छोइयो, अपवित्र रे!
    काटियो जब त्यै बोको, पुण्यात्मा भो, पवित्र भो
    भान्सामा उक्लियो मासु
    के यो वैदिक धर्म हो?

    कवि शिवगोपाल रिसाल



    दिदै सुभ-कामना दशैं को संदेश ठुलो दिएउ ,
    अहिंसाको आज तिमि अग्र पंतिमा उभिएउ





    नामारौ पशुलाई पालेर छोरो झैँ हुर्क्याई घरमा |
    सरणागत पशु लाइ थाहा छैन उ पर्ने छ धरापमा ||
    न मार पालेर तिमि नसाच दशैं को बलि ,
    हत्या बिनाकै जिबनमा सबको हुन्छ उन्नति

    शान्ति शर्मा

    हुन्छन तिम्रा आफन्त, सन्तान खुशी भने,
    आउछु म तिम्रा आगनमा दशैं बनि ||
    वन्धन भित्र बाच्छु,खान्छु खटाएको पात अन्न,
    भाषा बुझ्दैनौ मेरो स्वतन्त्रताको अर्थै रहन्न ||
    जीवन वन्धनको भन्दा मृत्यु स्वागत छ मलाइ,
    आहुति दिन्छु यो सरिर खातिर तिम्रो भलाइ ||
    नपुर्याई मलाई स्याल, चितुवा स्वार्थी बगरे का छेउ,
    तिम्रा सुखी जीवनका लागि मलाई वली देउ|

    निखिल




    पशु बलि गरिन्छ भनि धर्म को आडमा
    खै कुन शास्त्रमा लेख्या छ पसुबली छ कुन पाठमा
    कति दिन लुच्चौ मासु कति मासु छ यो हाड मा
    स्वांग मात्र हो ये मनुस मलाई मारी जदिनौ बैकुण्ठमा


    नवदुर्गा पुज्च्छौ कहिले कैले बुद्ध भन्द छौ
    पशु भएर हे मनुस पशु कै मासु लुच्द छौ
    के जिबन दियेउ प्रभु तिमीले खसी बोका बनाई
    नछोड पिसाच हरु को हात मा आफै संग लग मलाई


    दशैँ आउछ सब को घर मा खुसियाली चारै तिर
    दुख का दिन मेरा चै सुरु हुन्छ मिठो भोजन बनि
    कोइ कान खोज्छन मेरो कोइ फिला को मासु
    निर्ममता संग बलि गर्दा कसले देख्च र आसु


    एई बिधि को बिधान थियो भने किन जन्मैयेउ मलाई
    हे प्रभु यो क्रुर नियति देखि मुक्ति देउ मलाई
    प्रश्न ह मेरो यो तिमि संग उत्तर देउ मलाई
    के मेरो रगत र सिर नै भेटि चाइया प्रभुलाई ??????

    सन्देश





    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete