• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, September 26, 2009

    कसरी मनाउँदैछन् शिविरमा रहेका माओवादी लडाकूले दशैँ?


    चाँदनी हमाल,चितवन,असोज ९- दुर्गा भगवतीको प्रसाद रातो टिका र जमराको पर्व बडा दशैँ माओवादी लडाकूहरुले भने सेना समायोजन चाँडै होस भन्ने जनकामना गर्दै मनाउँदै छन्।
    जनताको कामना गरेरै जनयुद्ध लडेको बताउने जनसेनाले दशैलाई पुरानो प्रचलन भन्दै दशैमा तेस्रो टिका र जमरा नलगाउने गरेको बताउँछन्। तर क्रान्तिको संखघोष गर्ने रातो झण्डामुनि दैनिक परेड खेलेरै जनसेनाले सेना समायोजनको जनकामना जनसेनाले गर्ने उनीहरुले बताए।
    ' शक्ति पिठमा पूजा गरेर शान्ति आउने भए वर्षौ पहिले आइसक्थ्यो', शक्तिखोरस्थित तेस्रो डिभिजनका सहकमाण्डर उदय बहादुर चलाउने दीपकले भने, त्यसैले हामी पूजा गर्दैनौ बरु सेना समायोजनका लागि जनकामना गर्छौ।' जनसेनाको ध्याउन्न भनेकै कहिले सेना समायोजन होला भन्ने भएकाले यसपालीको विजया दशमीमा यसै वर्ष सेना समायोजनको जनकामना गरिने उनको भनाई थियो।
    तेस्रो डिभिजनका कार्यालय सचिव जनक विष्ट कुवेर पनि सेना समायोजन नै आफ्नो मूख्य कामना भएको बताउछन्। 'चार वर्ष भो यसरी अन्यौलमा शिविरमा बसेको सेना समायोजनको दिन आएन। जनताको सपथ खाएका हामी दशैमा पनि सेना समायोजनकै सपना बुनिरहेका छौ', उनले भने।
    विस पुगेका उनी जनयुद्ध पछि पहिलो पटक यसरी दशै मान्न गएको बताउछन्। 'टिका नलगाएर के भो त परिवार बालबच्चासँग रमाइलो गर्दै दिन बिताउँछौ, उनको थप भनाई छ। तेस्रो डिभिजनबाट भर्खरै हेडक्वार्टर सरुवा भएका जनसेना अविरल भने दशैँको आफूहरुलाई खासै महत्वको नहुने बताउँछन्। 'टिका लगाइँदैन तर मासु चै खाइन्छ ,उनले भने , सेना समायोजनको आशमा रुमल्लिएका हामीलाई चाडपर्वको के महत्व बरु तपाँईहरुले पनि कामना ग
    तर घरपरिवारसँग दुख सुख साटासाट गर्न भने दशैँ नै जनसेनाका लागि पनि मूख्य अवसर भएको जनसेनाहरु बताउँछन्। सचिव जनक विष्ट कुवेर पनि जनकामना गर्दै टिका र जमरा बिनाको दशै मान्न आफ्नो घर कैलाली पुगेका छन्। आठ दिनको छुट्टी लिएर घर कैलाली साढेपानी
    गारिदिनोस् सेना समायोजनको अन्यौल हटोस भनेर। '
    आठवर्षपछि दशैको मेसोमा घरपरिवार भेट्न आफ्नो घर नुवाकोट पुगेकी जनसेना जानुका धमलाले पनि सेना समायोजन नै आफ्नो अटल चाहना रहेको बताईन्। 'बन्दुक र गोलीसँग पौंठेजोरी खेलेर आएका हामीलाई देशको सेवा गर्न पाउने सेना समायोजनको त्यो स्वर्णिम क्षणको नै प्रतिक्षा छ', जानकाले भनिन्।
    न चाँडै भैदिए हुन्थ्यो भन्छिन्। 'समायोजन हुने आशमै दैनिक कडा परेड खेलेर मन दह्रो पार्छौ तर खै कहिले आउछ त्यो दिन' अनिताले निराशाको स्वर पोखिन्। संयुक्त राष्ट्रसंघको अनमिनले प्रमाणिकरण गरेपछि पनि तेस्रो डिभिजनमा ६ हजार बढी जनसेना रहँदै आएका छन्। योग्यहरुको समायोजन भए आफुहरुको पनि टुङगो लाग्ने आशा अयोग्य जनसेनाहरुको पनि छ। सेना समायोजन चाँडै भैदिए हाम्रो पनि टुङगो लाग्थ्यो एक अयोग्य लडाकुले भने। दशैका बेला पनि न तलब न खर्च यसरी बेवारिसे भएर कतिदिन बस्ने बाहि
    'वर्षौ भयो बाबा आमा भेट नभएको त्यसैले नुवाकोट आएको भेटघाट गर्न', उनले नागरिकसँग भनिन्। शिविरमा साथीहरुसँगको दशै र घरपरिवारसँगको भेट मध्ये उनलाई दुबै उत्तिकै महत्वको लाग्ने उनको भनाई थियो। यता घर नगइकन तेस्रो डिभिजनमै दशै मनाउन बसेकी जनसेना अनिता भने शिविरमै साथीहरुसँग दशैको रमाइलो गर्ने बताउछिन्। उनी पनि सेना समायो
    जर जाउँ भने कहाँ जाउँ उनले नाम नबताउने सर्तमा भने।
    दशैका लागि तेस्रो डिभिजनमा नितछाक नै मासु खाने गरी खसीको व्यवस्था गरिएको कार्यालय सचिव जनक विष्ट कुवेरले जानकारी दिए। त्यसैगरी जनसेनाका लागि परेडको खेलकुद र अन्य रमाइला खेलकुदका कार्यक्रम पनि राखिएको उनले बताए। दशैमा जनसेनाले दशैमा टिका लगाउने चलन नभएपनि लगाउने मन भएकालाई कुनै रोकतोक नभएको उनको भनाई थियो। तर कमाण्डिङ तहका व्यक्तिहरुले भने कडाईका साथ पार्टीको नियम पालना गर्नै पर्ने उनले बताए।
    वादीको तथ्याङकमा भने अयोग्य ठहरिएकासहित ३१ हजार जनसेना रहेको बताइएको छ।
    तेस्रो डिभिजनबाट दशैका बेला ५ सय बढी जनसेना छुट्टीमा शिबिरबाट र गएका छन्। शिविरका जनसेनामध्ये १३ प्रतिशतले छुट्टी पाउने नियम अनुसार उनीहरुलाई घर पठाइएको तेस्रो डिभिजनल जानकारी दियो। शान्ति प्रकृया सँगसँगै २०६३ साल मंसिर ५ गतेबाट जनसेना शिविरमा बस्न थालेका हुन्। अनमिनको प्रमाणीकरणपछि १९ हजार ६ सय दुई जना जनसेना योग्य ठहरिएका छन् भने ४ हजार ८ जना लडाकु अयोग्य ठहरिएका थिए। तेस्रो डिभिजनमा ३ हजार ७८ जनसेना मात्रै अनमिनले योग्य ठहर्याएको थियो। माओवादीको तथ्याङकमा भने अयोग्य ठहरिएकासहित ३१ हजार जनसेना रहेको बताइएको छ।


    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete