• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, September 26, 2009

    सडकमा पनि आयो दसैँ


    बच्चु विक
    दाइ, दसैँ भन्या के हो ?
    चाडपर्व हो । मीठो-मीठो खानेकुरा खाने । नयाँ-नयाँ लुगा लगाउने दिन हो, भाइ ।
    हामीले कहिले खाने दाइ ? कहिले आउने हो, दसैँ ?
    आसिफ कुँवर 'भुन्टु' का ओठ एकाएक बन्द भए । सडकबालकले सोधेको प्रश्नको जवाफ दिन सकेनन् । तीन दिनअघि पसलमा आएका सडकबालकसँग चुपचाप रहे पनि बिहीबार दिनभरि भने उनी कराइरहेका थिए- 'भात थप, दाल थप, तरकारी थप, मिठाई खाऊ, फलफूल खाऊ' भन्दै उनै सडकबालबालिकासँग ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का युवक भुन्टुले सहपाठी नरेन्द्र कुँवरसँग मिलेर सडकमै भान्सा लगाएपछि महेन्द्रनगरको सडकपेटीमा पनि दसँैको रौनक आयो । कञ्चनपुरका सडकपेटीमा सुत्ने र खेल्ने बालबालिकाको बिहानदेखि सडकभान्सामा घुइँचो थियो । घरी बाहिर निस्कन्थे त घरी भित्र पसेर खाना खाँदै एकआपसमा रमाउँथे, सडकबालबालिका । 'उनीहरूले जे-जे खान्छौँ भने सबै खुवाएँ,' भुन्टुले भने ।
    भुन्टु र उनका नौजना सहपाठीले सीमान्त सहर महेन्द्रनगरको बीचबजारमा टेन्ट राखेर सडकबालबालिकालाई खाना खुवाएका हुन् । बुधबार एक सय ५० जनाले खाना खाएको नरेन्द्रले बताए । सडकबालबालिकाका अतिरिक्त सडकपेटीमा बसेर सहयोग माग्ने गरेका असहाय, अपांगलाई पनि उनीहरूले खानेकुरा खुवाएर दसैँ आएको भान गराए । 'आज -बिहीबार) त दुई सयभन्दा बढीलाई खुवायौँ,' भुन्टुले खुसी हुँदै भने ।
    दुई दिन कञ्चनपुरमा रहेका सडकबालबालिका तथा असहाय, अपांगलाई भुन्टु र नरेन्द्रले आप\mनै पैसा खर्च गरेर खाना खुवाएका हुन् । दुई दिन खाना खुवाउँदा ३५ हजार रुपैयाँजति खर्च लागेको भुन्टुले बताए ।

    सदरमुकामहरू सुनसान
    धनकुटा/ दसैँ जति नजिकिँदै छ, त्यति नै कोसी पहाडी जिल्लाका सदरमुकाम सुनसान हुन थालेका छन् । अरू वेला कर्मचारी र विद्यार्थीको अत्यधिक चहल-पहल हुने बजार दसैँ लागेपछि सुनसान भएका हुन् ।
    दैनिक हजारभन्दा बढी मानिस गाउँ र्फकन थालेपछि बजार खाली देखिन थालेको छ । धनकुटा बजारका व्यापारी नरेन्द्र पोखरेलले अन्य सहरमा दसँै-तिहारमा बाहिरबाट आउनेको संख्या बेसी भए पनि धनकुटालगायत पहाडी बजारमा यो संख्या कम हुने गरेको बताए ।
    दसँैको बजार लागे पनि खासै भीड पाइँदैन । बजारमा आउनेहरूको भन्दा र्फकनेहरूको भीड धेरै छ । सदरमुकाममा मान्छेको चहल-पहल घटेपछि व्यापार पनि घट्न थालेको व्यापारी बद्री पौडेलले बताए । धनकुटाको बजार नै विद्यार्थी र कर्मचारीले धानेको उनको भनाइ छ ।
    धनकुटा बहुमुखी क्याम्पस र अन्य उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने करिब ६ हजार विद्यार्थी र सरकारी तथा गैरसरकारी कार्यालयमा जागिर खाने दुई हजारभन्दा बढी कर्मचारी बाहिरका छन् ।
    त्यसो त धनकुटा मात्रै होइन, तेह्रथुम सदरमुकाम म्याङलुङ पनि अहिले सुनसान बन्दै गएको छ । दसैँको माहोल नआउँदासम्म बजारमा विद्यार्थी र कर्मचारीको उपस्थितिले गुल्जार बनाउने तेह्रथुम अहिले बेहुली अन्माएको घरजस्तो भएको म्याङलुङ बजारका व्यापारी भगवान्मान श्रेष्ठले बताए । त्यस्तै तेह्रथुम जिल्लाका गाउँमा सडक पुगेको र बजार पनि गाउँतिरै सर्न थालेेपछि पनि सदरमुकामको चहल-पहल घट्न थालेको हो ।
    यस्तै अवस्था संखुवासभाको सदरमुकाम खाँदबारी, पुरानो व्यापारिक केन्द्र बजार चैनपुर र भोजपुरको पनि रहेको छ ।


    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete