• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, September 26, 2009

    खोटो सरकार, खोटा नोट र खोटो दसैँ

    खगेन्द्र संग्रौला
    सरकार जस्तो छ, यसपाला दसैँ त्यस्तै आयो । हाँडीघोप्टेको जाँगेझैँ बाइस ठाउँ टालेको सरकार खोटो छ । खोटो सरकारको दिमागै खोटो ! खोटो दिमागमा विवेक, संवेदनशीलता, दायित्वबोध र दूरदर्शिता शून्य हुन्छ । दसैँको पूर्वसन्ध्यामा यसले देखायो । अर्थ मन्त्रालयमा अर्थमन्त्री नाउँका अजीवका जीव छन्, राष्ट्र बैंकमा छन् गभर्नर नाउँका लापर्वाह जीवात् । र नै दसैँमा नागरिकहरूले आप\mना पसिना र श्रमबाट कमाएको रकम बैंकबाट झिक्न पाएनन् । पैसा छेलोखेलो हुनुपर्ने बैंकमा पैसै छैन ! गाउँका मास्टरहरू तीन डाँडापारिदेखि हिँडेर तलब खाने रकम झिक्न सदरमुकाम गए । र, बैंकले पैसा नदिँदा सरकारलाई सराप्दै र थुक्दै ती घर फर्के । पतिको निवृत्तिभरणले सुखम्-दुखम् दसैँखर्च टार्ने विधवाहरू बैंकमा दिनभरि लाइन लागे । र, पैसा नपाएर रुँदै घर फर्के । दसैँ मान्न उपत्यकाबाहिर जाने कर्मचारी पैसा झिक्न लाइन लागे । र, ती पनि दमडी नपाएर सुस्केरा हाल्दै खाली हात बाटो लागे । ब्याङ्कमा नरनारीहरू फुसंा ओठ लिएर दिनदिनै यसरी झुम्मिए मानौँ बैंक कुनै महासामन्तको हबेली हो, जहाँ ती सब दीनदुःखी मालिकसँग भीख माग्न हाजिर छन् । तर, ती भिखारी होइनन् । ती खाइ-नखाई जोगाएर बैंकमा राखेको आप\mनो पैसो झिक्न त्यहाँ हाजिर भएका हुन् । राम्रो लाएर र मिठो खाएर वर्ष दिनको चाड मनाउन, आफन्त र मित्र मिलन गर्न र थोरैतिनो विश्राम गर्न । तर, खोटो सरकारका खोटाहरूको खोटो मतिले गर्दा तिनको दसैँ '×उडायो सपना सबै हुरीले' भनेजस्तो हुने भयो । के लाग्छ, खोटाहरूको खोटले गर्दा यसपालाको दसैँ नै खोटो हुनेभयो ।

    अर्थमन्त्री र गभर्नरका अड्डाका भित्तामा समयसूचक क्यालेन्डर त टाँसिएकै हुँदा हुन् । भदौपछि असोज आउँछ र असोजमा दसैँ पर्छ, तिनलाई यो पनि थाहाँ हुँदो हो । दसैँमा सेवाग्राहीले बैंकबाट लटालट पैसा झिक्छन् भन्ने पूर्व अनुभवको पनि तिनलाई हेक्का हुँदो हो । नोटको अभाव सुरु भएको अहिले होइन, निकै पहिले हो । कृत्रिम अभाव सिर्जना गरी नागरिकमा मनोवैज्ञानिक आतंक र राजनीतिमा थप संकट पैदा गर्न चाहने कुनै पश्चगामी धनाढ्य गिरोहले ठूला नोट लुकायो भनी गाइँगुइँ चलेको अहिले होइन, निकै पहिले हो । यस कुराको पनि त हाम्रा काजीसाहेबहरूलाई चेत हुँदो हो । अनि ती चाकमा फोका उठाउँदै यतिका दिनसम्म घुम्ने मेचमा के हेरेर बसे ? बैंकहरूमा सञ्चित रकम कति छ, ग्राहकगणको माग कति होला ? यो थाहा हुनुपर्ने र नोटको आवश्यक प्रबन्ध मिलाउनुपर्ने जिम्मा अविदिलत लोकका निराकार कुबेरको हो कि विदित लोकका साकार अर्थमन्त्री र गभर्नरको हो ? नोटरूपी अभावको हाहाककारको सिर्जना हुन दिएर नागरिकहरूको वर्षदिनको उत्सवमा तेजाब वषर्ा गराउनेहरू को-को हुन् ? आनासुकी जोगाएर दसैँमा लालाबालाहरूलाई नयाँ नाना र मीठो खाना दिने सपना साँचेका जनसाधारणको पैसो बैंकमा अड्काएर अपराधकर्म गर्नेहरू को-को हुन् ?
    जनआवेशको आगोले आप\mनो चर्मदाह हुने खतरा जब देखे, त्यसबाट जोगिन यी अल्छे काजीहरूले अर्को खोटो कर्म गरे । यिनले बदर गरिएका खोटा नोट सदर गरे । र, पूर्वराजा ज्ञानेन्द्रको तिरष्कृत अनुहार टाँसिएका नोट नागरिकमाथि थोपरे । यो कृत्य नागरिक निष्ठामाथि यिनको नांगो अतिक्रमण हो । उसो त यो गणतन्त्रको गरिमाप्रतिको उग्र उपहास पनि हो । कतिपय बैंकले ग्राहकका मुखमा बुजो लगाउन भारतीय नोट बाँडे र भावुक पहाडी राष्ट्रवादमा चोट लगाए । हेर्नु, मालिक हराएका राजावादीहरू मखलेल छन् । ज्ञानेन्द्रछापे नोट हेर्दै उत्ताउलिएर ती भन्दाछन्- हा ! हा ! फर्के राजा । र, भारु प्रकरणबारे हल्ला गर्दै ती गिल्ला गर्दाछन्- हा ! हा ! देखियो गणतन्त्रेहरूको राष्ट्रवाद । खोटा र पराई नोटहरू चल्तीमा ल्याएर खोटो कर्म गर्दै राजनीतिका खोटाहरूलाई यो अवसर दिने खोटाहरू कुन पथका पथिक हुन् ?
    बैंकहरूमा ग्राहकहरूको आससभासरहको अस्तव्यस्त भीड र आतुरी देख्दा महाप्रलयको महाविनाशपछिको दारुण दृश्यको सम्झना हुन्छ । मानौँ बैंकमा कुँडुलो लागेका मानिस कुनै दयालुले वितरण गर्न लागेको भोजनमा ज्यान फालेर झुत्तिन लागेका दरिद्र र भोकाहरू हुन् । नागरिकहरूमाथि थोपरिएको यो हुर्मत, यो अत्याचार र यो अपमान- यो सब शब्दातीत छ । तर, यसबारे राजनीतिक वृत्तमा चुँसम्म आवाज पनि सुनिँदैन । प्रधानमन्त्री माधव अमेरिकी जनमुखी राष्ट्रपति बराक ओबामासँगको दिवाभोजमा लट्ठ छन् । परदेश भ्रमणमा छु भन्ने निहुँ छँदै छ, नागरिकमाथिको यो हुर्मतको तिनलाई कुनै पर्वाह छैन । रक्षामन्त्री विद्या शान्ति-सम्झौताको मर्मलाई कुल्चिँदै गृहयुद्धलाई निम्त्याउन कतैका कसैको इसारामा सैनिक भर्ती र बढुवा गराउन तल्लीन छिन् । नागरिकमाथिको यो अत्याचारबारे एक वचन बोल्न तिनलाई फुर्सदै छैन । परराष्ट्रमन्त्री सुजाता पार्टी र सरकारको अग्लो आसन हत्याउने धन्दामा अहोरात्र लिप्त छिन् । नाथे नागरिकको सास्ती र अपमानको तिनलाई के वास्ता ! अनि यो सरकारका निर्माता बाइसे गुरुजीहरू ? नागरिक हाँसोस् कि रोओस्, उसले सुसेलो हालोस् कि सुस्केरा, तिनलाई पनि कुनै फिक्री छैन । अनि प्रतिपक्षको माओवादी ?
    सरकारको अदूरदर्शिता र क्रूरताविरुद्ध उभिनु, बोल्नु र नागरिकसँग समभाव राख्नु प्रतिपक्षको सामान्य धर्म हो । तर, दसैँको मुखमा आप\mनै पैसा नपाएर छट्पटाइरहेका अगणित नागरिकहरूको दुर्दशाप्रति माओवादी पनि मानौँ पूरापुर बेखबर छ । जनआन्दोलन, जनविद्रोह र जनविप्लवभन्दा तलका कुरामा आँखै नलाग्ने माओवादी कहाँ छ ? बातैपिच्छे आउने उसको 'जन' भनेको को हो ? के यी बैंकपीडित नागरिक 'जन'मा पर्दैनन् ? माओवादीलाई नागरिक सर्वोच्चता पि्रय छ । प्रश्न छ, त्यो कुन नागरिकको कस्तो सर्वोच्चता हो ? आमनागरिकको दैनिक हक र हित, इज्जत र मर्यादाको रक्षा नागरिक सर्वोच्चताको अनिवार्य प्राथमिक तत्त्व होइन ? सारा बैंक परिसरमा नागरिकमाझ करुण क्रन्दनको कोलाहल छ, कहाँ छ प्रतिपक्षी माओवादी ?
    यो विकराल नोटकाण्ड अमेरिका, बि्रटेन, प|mान्स र जर्मनीजस्ता देशमा घटित भएको भए चौबीस घन्टाभित्रै त्यहाँका सरकारले धुलो चाटिसक्थे । भारत र चीनमा घटित भएको भए त्यहाँका बैंकमा आगलागी त हुन्थ्यो नै, सके अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरको इहलीला नै समाप्त भइसक्थ्यो । तर, नेपाल नामक यो देश बिचित्रको छ । रजौटातुज्य पात्रहरूबाट बनेको यहाँको सरकारमा अपार निर्लज्जता छ, र यहाँका जनतामा अपार सहनशीलता छ । यो निर्लज्जता त अशोभनीय कुरा हो नै, यो सहनशीलता पनि कुनै शोभनीय कुरा होइन ।
    नोटकाण्ड किन भयो ? अर्थशास्त्रको ज्ञान न्यून भएका अर्थमन्त्री पाण्डे अनभिज्ञ छन् । यसको कारण आप\mनो र गभर्नरको सर्वथा नालायकी हो भन्ने उनलाई पत्तै छैन । त्यसैले उनले कारणको खोजी गर्न आयोग बनाएका छन् । आयोगका नायक रोजिएका छन्, अर्थमन्त्रीकै पार्टीका एक बफादार कार्यकर्ता । यी बफादार कार्यकर्ताले आप\mनो छानबिनको रिपोर्टमा आप\mना नेता अर्थमन्त्रीलाई दोषी देख्न पार्टीको धर्मले दिँदैन । तसर्थ दोषजति गभर्नर र निजका सहायकहरूका थाप्लामा थोपेरेर यिनले आप\mना देवतुल्य अर्थमन्त्रीलाई पानीमाथिको ओभानो बनाउने चेष्टा त गर्लान् नै । खोटो दसैँका माउ स्रष्टा अर्थमन्त्री पाण्डे र गभर्नर भट्टराईको नालायकी देखेर दुनियाँ-संसारले लाजले मुख छोपिसक्यो, तर यी दुई मानव कुर्सी छाडेर पाखा लाग्नुको सट्टा लिसोझैँ कुर्सीमै टाँसिइरहेका छन् । जगत्का खोटाहरूसँग कसको के लाग्छ ?




    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete