• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, August 10, 2009

    Sujin.chttp://www.blogger.com/img/blank.gifom.np browser Hi-Jack (virus) removal software

    http://www.archanashrestha.blogspot.com/
    आज बिहानै चिसोमा ल्यापटपमा ईमेल चेक गर्दै थिए। झल्याय्स आँखा ब्राउजरको टाइटलमा पर्‍यो । याहू खोल्दा टाइटलमा sujin.com.np देखियो । कस्ले सेट गरेछ भनेर हटाउन खोजे हट्दैन । केहि महिना अगडि पनि यस्तै गरि ब्राउजरमा Hacked by Gozilla भन्ने भाईरसले हैरानै पारेको थियो । तेस्तै गरेर आजपनि sujin.com.np ब्राउजरको टाइटलमा देखियो ।

    पछी पो सम्झे यस्को गाथा त धेरै अगाडि सुनेको थिए, अब हटाउनै पर्यो । यो खासमा pendrive र floppy बाट सर्छ। सर्सर्ती यस्को VB Script Code हेर्दा harmful code त केही देखिएन तर मान्छेहरुलाई आफ्नो कम्प्युटरमा केही unusual देख्यो कि कतै कम्प्युटर क्र्यास होला र डाटा उड्ला भन्ने डर त हुने नै भयो ।

    पछि दिउसो तिर काम बिशेषले एउटा अफिस गएको थिए त्यहा पनि sujin.com.np ले हैराननै पारेको रैछ । त्यो अफिसको सबै कम्प्युटरको ब्राउजरमा sujin.com.np सजिएर बसेको थियो। हुन त यस्ले कम्प्युटरलाई खासै effect गर्दैन अली कम्प्युटर चाँही स्लो बनाउछ। तर पनि कम्प्युटर सम्बन्धी ज्ञान नहुँदा मान्छेहरुले कती हैरानी खेप्नु पर्छ त्यस माथि पनि स्पस्ट रुपमा Cyber Law लागु नभएकोले पनि सुजिन(Sujin Joshi, Tangal Lalitpur, Domain Registered Date : 2/1/2006) जस्ताले आफु पपुलर हुन बेफ्वाकमा अर्काको कम्प्युटरको ब्राउजरमा बिना अनुमती मस्त झुन्डिरहेका छन् ।

    यदी तपाईंको ब्राउजरमा पनि sujin.com.np देखिन्छ भने तलको software ले हटाउन सक्नु हुन्छ ।

    No comments:

    Post a Comment