• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, August 10, 2009

    नक्कली कागजात तुरुन्त पत्ता लगाउने मेसिन काठमाडौंमा

    सुशील भट्टराई, काठमाडौं, साउन २६- अध्यागमन विभागले नक्कली पासपोर्ट भिसा र सम्बद्ध कागजात तुरुन्त पत्ता लगाउने मेसिन पहिलोपटक काठमाडौं ल्याएको छ। मेसिन सञ्चालनमा आएपछि नक्कली कागजात बनाएर विदेश जान चाहने र लानेहरु समातिनेछन्।

    मेसिनले अधिकांश नक्कली कागजात पत्ता लगाउने भएपछि त्यस्ता कागजात पेस गर्ने व्यक्ति र बनाउने दलाल लगायत कारबाहीमा पर्ने डरले निरुत्साहित हुने दाबी विभागले गरेको छ। 'मेसिन ल्याइसकेका छौं'- विभागका महानिर्देशक माधवप्रसाद रेग्मीले आइतबार नागरिकसँग भने 'यही साउन ३० गते जडान हुन्छ।' यसका लागि बेलायतबाट सम्बद्ध कम्पनीका एक वरिष्ठ प्राविधिक जडानको अघिल्लो दिन यहाँ आउँदै छन्।

    अध्यागमन प्रशासनलाई चुस्त दुरुस्त र अन्तर्राष्ट्रिय स्तरको बनाउन मेसिन ल्याएको रेग्मीले बताए। 'डकुमेन्ट इक्जामिनेसन डिभाइस' नामको उक्त मेसिनले एक प्रकारको किरणबाट पासपोर्ट भिसा र अन्य कागजात नक्कली हो वा होइन भन्ने पत्ता लगाउने जानकारी उनले दिए। 'मेसिनमा प्रोग्रामिङ गरिएपछि नक्कली कागजात पत्ता लाग्छ'- उनले भने- 'मेसिन साचालनका लागि विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सम्बद्ध मन्त्रालय गृहका अधिकृत र कर्मचारी गरी छ जनालाई दुई साताको तालिममा पठाएका छौं।'

    महानिर्देशक रेग्मीका अनुसार मेसिन जडान भएको केही समयभित्र साचालनमा आउनेछ। तालिमपछि पनि मेसिन साचालन गर्न विज्ञ आवश्यक भए व्यवस्था गरिनेछ। मेसिन विभागको माइतिघरस्थित कार्यालयमा जडान गरिनेछ। मेसिन बेलायतको फोस्टर एन्ड पि्रुम्यान कम्पनीबाट करिब ६० लाख रुपैयाँमा ल्याइएको हो।

    गत आर्थिक वर्षमा सरकारले मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि विभागले मेसिन हालै ल्याएको हो। 'मेसिन साचालनमा आएपछि नक्कली कागजात पासपोर्ट र भिसाबाट विदेश जान चाहने र लाने सबै कारबाहीमा पर्नेछन्'- उनले भने- 'विभागलाई धेरै हदसम्म राहत दिनेछ।'


    उनका अनुसार नक्कली हस्ताक्षर विवरण सच्च्याइएको अक्षर खुर्किएर अर्को लेखिएको टिपेक्स लगाएर अर्को विवरण थपिएको कागजात मेसिनले तुरुन्त पत्ता लगाउँछ । 'पासपोर्टमा फोटो उक्काएर अर्को टाँसेर लेमिनेसन गरेको रहेछ भने पनि मेसिनले पत्ता लगाउँछु उनले भने 'यसैका कारण नक्कली कागजात बनाउन डर हुन्छ।' यस्तो मेसिन हालसम्म विधि विज्ञान प्रयोगशालामा एउटा छ । तालिम लिन गएका अधिकृत प्रयोगशालामा गएका हुन्। हाल विभागले त्यस्ता कागजपत्र नक्कली हो वा होइन पत्ता लगाउन प्रयोगशालामै पठाउने गरेको छ।

    विभागले त्रिभुवन विमानस्थलमा २० थान ुडकुमेन्ट एनालाइजरु मेसिन पनि राखेको छ। ती मेसिनले पनि नक्कली कागजपत्र पत्ता लगाउन सहयोग गर्छ। 'ती मेसिनबाट पनि पत्ता लाग्न नसकेका नक्कली कागजपत्र भिसा पासपोर्ट ल्याएर विभागमा जडान गरिने मेसिनमा परीक्षण गरिनेछ'- उनले भने 'यो मेसिन उपयोगी भयो भने विमानस्थलमा पनि एउटा त्यस्तै मेसिन जडान गर्ने योजना छ।'

    खाडी राष्ट्रबाट फ्याक्समार्फत् आउने 'पेपर भिसा' नक्कली हो कि सक्कली पत्ता लगाउन भने विभागका कर्मचारीलाई नै सकि्रय बनाउँदै लगिने विभागले जनाएको छ।

    विमानस्थलमा रहेको अध्यागमन क्षेत्रमा विभागले सातवटा 'क्लोज सर्किट टेलिभिजन' सिसिटिभी जडान गरिसकेको जानकारी महानिर्देशक रेग्मीले दिए। विमानस्थलस्थित अध्यागमन डेस्कमा कार्यरत कर्मचारीलाई नामसहितको ट्याग भएको पोसाक अनिवार्य लगाउने व्यवस्था गरिएको उनले बताए।

    'अध्यागमन कर्मचारीले हवाई यात्रुसँग पैसा मागेकोलगायत गुनासो आएपछि पोसाकको व्यवस्था गरिएको हो'- रेग्मीले भने- 'विभागका कुनै कर्मचारीले त्यसो गरेको पत्ता लागेमा कडा कारबाही गर्छौं।' अध्यागमन डेस्कमा हाल एकतिरबाट मात्र यात्रु आउने गरेकोमा त्यसलाई दुवैतिरबाट आउन मिल्ने बनाइन लागेको जानकारी उनले दिए।

    विभागले विमानस्थलमा 'मेसिन रिडेबल पासपोर्टु का लागि आवश्यक मेसिन आधा दर्जन ल्याइसकेको छ। आगामी आर्थिक वर्षमा थप मेसिन ल्याइने विभागले जनाएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन इकाओ को नीतिअनुसार सन् २०१० अप्रिलदेखि मेसिन रिडेबल पासपोर्ट जारी गर्नुपर्ने भएकाले त्यस्ता मेसिन विभागले ल्याएको हो ।


    No comments:

    Post a Comment