• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, August 10, 2009

    गूगलले साच्चै पैसा पठाउछ

    http://www.archanashrestha.blogspot.com/

    - गूगलले साच्चै पैसा पठाउछ र?
    - त्यस्को चेक त जम्मा हुँदैन भन्छन नि, bounce हुन्छ रे नि ।
    - गुगलले कसरी पैसा पठाउछ ह?
    - गूगलले पैसा पठाउछ भन्छन नि, के यो साचो हो?
    - घरमै बसी बसी गूगलबाट पैसा कमाउन सकिन्छ रे नि , लौन कसरी हो, मलाई पनि सिकाइदिनु न।

    गूगलको चेक/पैसाका बारेमा मलाई यिनै प्रश्नहरु सोधिन्छ र अहिले सम्म मलाई धेरै जनाले सोधिसके । हो, मलाई पनि केही महिना अघिसम्म पनि माथिको प्रश्न मनमा आइ रहन्थ्यो तर जब आफ्नै हातमा चेक पर्‍यो त्यस पछी पूर्ण विश्वाश भयो कि ए!! साच्चै गूगलले चेक पठाउदो रैछ। यस्को लागि तपाईंले चाँही अलिकती मिहेनत गर्न पर्छ है जस्तै:

    १) http://google.com/adsense/ मा गएर खाता खोल्ने । यो सितैमा खोल्न पाईन्छ ।
    २) त्यसमा सही पत्रचार ठेगाना राख्ने पछी तपाईंलाई त्यही ठेगानामा Pin Code र Cheque पठाउछ ।
    ३)खाता खोली सके पछी तपाईंको information verify गरेर तपाईंको खाता गूगलले activate गर्दिन्छ।
    ४) त्यस पछी गूगलका खाता भित्र रहेका बिभिन्न size का advertisement का कोड आफ्नो website/blog मा राख्नु पर्छ।
    ५) website/blog मा राखेको advertisement जती चोटि click हुन्छ त्यसैको
    हिसाबले खातामा पैसा जम्मा हुँदै जान्छ तर यो चाँही भिन्दै भिन्दै IP बाट हुन पर्छ ए उटै IP बाट धेरै click भयो भने खाता block हुन्छ। यो सम्बन्धी डिटेल जानकारी तलको लिन्कमा छ।

    ६)तपाईंको खातामा केही रकम जम्मा भए पछी तपाईंको पत्राचार ठेगानामा Pincode पठाउछ। त्यो कोडबाट आफ्नो खातामा पैसा कती जम्मा भयो, कहिले चेक पठाउनको लागि request गर्ने आदी option भेटिन्छ।

    Google pincode sample

    ७) गूगलले चेक कम्तिमा $100 जम्मा भए पछी पठाउछ र अली धेरै जम्मा गरेर एकै चोटि पठाइदिन अनुरोध गर्न पनि सकिन्छ।


    ८) $100 पुगेपछी तपाईंको request अनुसार तपाईंको नाममा City Bank NY को चेक पोस्ट बक्समा आइपुग्छ त्यो Cheque A/C Pay हुन्छ त्यसैले तपाईंको आफ्नो अफिस अथवा आफ्नो नाम दिदा बैंकमा भएको नाम अनुसार दिनु पर्ने हुन्छ।

    Google Cheque Sample

    ९) चेक १५-३० दिन भित्र तपाईंको बैंकको खातामा जम्मा हुन्छ।

    काठमाडौं पनि थुप्रै कम्पनीहरु खोलेका छन जस्ले google ads/online द्वारा कसरी पैसा कमाउने भन्ने सिकाउछन् । कोही कोही कम्पनिले चाँही घरमै बसी बसी (home based online business) पैसा कमाउन सिकाइदिन्छु भनेर मस्त पहिलेनै आँफै पैसा कुम्लाउने रैछन् त्यसैले त्यस्ता कम्पनिको मद्घत लिन अगाडि होसियार चाँही हुन पर्छ है नत्र भने समय र पैसाको बर्बादि हुन्छ।

    मैले थाहा पाए सम्म कोही कोही नेपालीले Google Adsense बाट (Monthly $3000-$6000) सम्मको चेक पाउने गरेका छन् अब त्यो कस्ले भनेर पत्ता लगाउने काम चाँही तपाईंहरुको।

    पैसा कमाउन त सजिलो हुँदैन । बुद्दी र मिहेनत त अवश्य चाहिन्छ । यदी google adsense मा मिहेनत र बुद्दी लगाउनु भयो भने तपाईंलाई ढुक्क हुनु होस् चेक अवश्य आउछ।

    1 comment:

    1. यहाँ तपाईंले absense सित्तैमा खोल्न मिल्ने कुरा गर्नु भो ।यो खोल्न छ,सात महिना पुरानो आफ्नो ब्लग हुनुपर्छ रे हो???अनि मैले absense बारे बुज्दा गूगलले absense अकाउन्ट समेत बेज्छरे ।130$ पर्छ भनेकाथिये यो के साच्चै कि पैसा कुम्लाउने मेलो हो??? किन पाइन्छ भने कसरी किनसकिन्छ कुनै जानकारी दिनुभए हुन्थ्यो ????

      ReplyDelete