• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 11, 2009

    अस्पतालले मृत घोषित गरेकी महिला जिवितै

    बिरामीको काठमाण्डौंमा उपचार हुँदै
    अस्पतालले मृत घोषित गरेकी एक महिलालाई घाटबाट जिवितै फर्काएर फेरि अस्पताल लगिएको छ । मेडिकल कलेज भरतपुरले मृत घोषित गरेकी चितवनको जगतपुर गाविसकी ६८बर्षिया धनकुमारी भट्टलाई दाहसंस्कार गर्नका लागि देवघाट पुर् याइएकोमा जलाशयमा राखेको अवस्थामा उनी जीवितै रहेको पाइएपछि उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौं ल्याएर उपचार भइरहेको छ ।
    मेडिकल कलेजले बिरामीको उपचार असम्भव रहेको र अ_िक्सजन छुटाएको चारमिनेटमै बिरामीको मृत्यु हुने बताएपछि धनकुमारीलाई हिजो अन्तिम संस्कारका लागि देवघाट पुर् याइएको थियो । दिउँसो १२ बजे घाट पुर् याइएकी धनकुमारीको बैतरणी गरेर अ_िक्सजन छुटाएको पाँच घण्टासम्म पनि उनले सास फेरिरहेकीले क्यान्सर अस्पतालका डाक्टर शिवजी पौडेल र मेडिकल कलेजका डाक्टर भोजराज अधिकारीलाई बोलाएर घाटमै परीक्षण गर्दा उनी जीवितै रहेकी र चिमोट्दा प्रतिकि्रया समेत जनाएकीले उपचारका लागि घाटबाट सोझै शिक्षण अस्पताल काठमाण्डौं ल्याइएको उनका छोरा शम्भु भट्टले जानकारी दिए ।
    धनकुमारीको साउन १३ गते भरतपुर अस्पतालमा डा।सुनिलमणि पोखरेलले पाठेघरको अप्रेशन गरेका थिए । उनलाई मृगौला सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि भोलिपल्ट भरतपुर मेडिकल कलेजमा पठाइएको थियो । बिरामीको ब्रेन हेम्ब्रेज भएको मृगौलाले काम गर्न छोडेको र बाँच्ने सम्भावना नरहेकोले थप उपचार गरेरपनि साचो नहुने तथा अ_िक्सजन झिकेको चारमिनेटमै मृत्यु हुने बताएपछि आमालाई अ_िक्सजन लगाएरै एम्बुलेन्समा घाट लगिएको पीडित शम्भु भट्टले बताए । आमालाई घाट लगेर बैतरणी र पुजापाठ गरेपछि अ_िक्सजन खोलेर बस्दा पाँचघण्टासम्म पनि आमा जीवितै रहेकीले काठमाण्डौं ल्याइएको शम्भुले बताए । उनले भरतपुर अस्पतालका डाक्टरले विरामीको अप्रेशन गर्दाखेरिनै चरम लापरबाही गरेका र मेडिकल कलेजमा डाक्टरबाट लापरवाहीको पराकाष्ठा भएको प्रतिकि्रया दिए ।
    शम्भूले काठमाण्डौंबाट चितवन फर्किएपछि आफूहरु उक्त लापरवाहीको विरुद्धमा लाग्ने बताए । पीडितहरुले धनकुमारीको अपे्रशनमा संलग्न डाक्टर सुनिलमणि पोखरेल अहिले फरार रहेका बताएका छन् । भरतपुर अस्पताल र मेडिकल कलेज दुवैतर्फ जागिर गर्ने डाक्टर पोखरेललाई दुवै अस्पतालमा खोज्दा पनि भेटिएनन् ।
    १२ दिनसम्म भरतपुर मेडिकल कजेजको आइसियु कक्षमा राखिएकी धनकुमारीलाई शिक्षण अस्पताल काठमाण्डौंमा साधारण बेडमा राखेर उपचार भइरहेको छ । ुआमालाई जे भएपनि मृत्यु नहुँदै मृत घोषणा गरेर मानवीयतामाथि हदैसम्मको खेलवाड गरियोु शम्भु भट्टले भने ।
    image

    काठमाडौं, चितवन, २६ साउन : शिक्षण अस्पताल, भरतपुरले चार मिनेटभन्दा बढी बाँच्दैन, घाट लैजाऊ भनेर पठाएको बिरामीलाई देवघाट चितवनबाट त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई भर्ना गरिएको छ ।

    चितवन जगतपुर- १ ध्रुवनगरकी ६८ वषर्ीया धनकुमारी भट्टलाई भरतपुर मेडिकल कलेजका चिकित्सकले चार मिनेटभन्दा बढी नबाँच्ने भन्दै घाट पठाएका थिए । आफन्तले भट्टलाई देवघाट पुर्‍याई दाहसंस्कारको तयारीसमेत गरेका तर बिरामी चार मिनेटमा होइन, पाँच घन्टा राख्दासमेत नमरेपछि उनीहरूले राजधानीस्थित शिक्षण अस्पताल ल्याएका छन् । भट्टलाई अहिले सिसियू वार्डको एक नम्बर बेडमा राखिएको छ ।

    पाठेघर खस्ने समस्याका कारण यही ११ साउनदेखि भरतपुर अस्पताल भर्ना गरिएकी भट्टलाई १३ गते चिकित्सक सुनिलमणि पोखरेल नेतृत्वको टोलीले पाठेघरको शल्यक्रिया गरेको थियो ।

    १४ साउनमा पिसाब पोल्ने समस्या देखिएपछि चिकित्सक पोखरेलले नै मिर्गौला फेल भएकोले डायलसिसका लागि मेडिकल कलेज भरतपुर लैजान सिफारिस गरेका थिए । भट्टलाई २० साउनसम्म मेडिकल कलेजको आइसियू बेड नं. २ मा राखी तीनपटकसम्म डायलसिस गरिएको जेठा छोरा शम्भु भट्टले बताए ।

    मेडिकल कलेजका चिकित्सकले २० साउनमा छातीको निमोनिया भएको भन्दै बिरामीलाई ६ पिन्ट रगतसमेत चढाएका थिए । २१ साउनमा अल्ट्रासाउन्ड गराउनुपर्ने भन्दै बेलुका १० बजेबाट खानासमेत दिएका थिएनन् । तर, २२ गते बिहान सुरुमा अल्ट्रासाउन्ड गराउने चिकित्सकले नै हेर्नुपर्ने बताएपछि भोलिपल्ट बिहान बिरामीलाई दूध खुवाइएको थियो ।

    २२ साउनमा अल्ट्रासाउन्डका लागि हि्वलचियरमा राखेर भरतपुर अस्पतालमै लान खोज्दा एक्कासि बायाँ हर काम्ने समस्या देखिएको उनका अर्का छोरा विनोदराज भट्टले नयाँ पत्रिकालाई बताए । चिकित्सकले तत्काल नदुख्ने इन्जेक्सन दिएको र तीन घन्टापछि पुनः सोही समस्या बल्भिmएपछि उनलाई पुनः आइसियूमा नै फर्काइएको उनले बताए ।

    चिकित्सकले २३ गते बिहान अब तपाईंको बिरामीको फोक्सोको दाहिने भागमा समेत निमोनियाँको अत्यधिक संक्रमण भएकोले १० प्रतिशत मात्र बाँच्ने सम्भावना छ भन्दै आफन्तलाई भेट्न बोलाउन भनेका थिए । 'हामीले सबै आफन्तलाई अस्पतालमै भेट्न बोलायौँ, डेढ सयजतिले अस्पतालमै आएर भेटे,' छोरा शम्भुले भने । भट्टका अनुसार बिरामीलाई अस्पतालले २३ गते भेन्टिलेटरमा राखेको र २४ गते नै बिरामीको ब्रेनडेथ भइसकेको घोषणा गरेका थिए ।

    'डा. भोजराज अधिकारीले आइसियू वार्डका चिकित्सकको रिपोर्ट पढेर बिरामीको ब्रेनडेथ भइसकेको, फोक्सोले पनि काम गर्न छोडेको र मुटुको मात्र चाल बाँकी रहेको बताएका थिए,' विनोदराजले भने । चिकित्सकले भेन्टिलेटर निकालेको चार मिनेटमै बिरामी मर्छ, मन्दिरमा राखेर दान गर र घाट लैजाऊ भन्ने सुझाब दिएको पनि उनले सुनाए ।

    अस्पतालले एम्बुलेन्समा बिरामीलाई राखेपछि भेन्टिलेटर थुतिदिएको र एम्बुलेन्सको अक्सिजन चढाइएको थियो । आइतबार अपराह्न १२ बजे बिरामीलाई छाडेर एम्बुलेन्स फर्किएपछि न त अक्सिजन न भेन्टिलेटर नै । बिरामीलाई देवघाट पुर्‍याएर पाटीमा राखी दानबैतरणीसमेत गरिएको भट्टका आफन्तले बताए ।

    '११ अध्याय पाठमा पण्डितलाई आतुरी लगाएर तीन अध्याय मात्रै पढ्न भनियो,' शम्भुले भने । त्यति गर्दा पनि बिरामी नमरेपछि आफन्तले बिरामीको शरीर छामे, मुटुको धड्कन सुने । 'शरीरको तापक्रम बढ्दै आयो, झन् स्वाँस्वाँ गरेर पो सास फेर्न लाग्नुभो, चिमोट्दा हात फड्कार्नुभोे,' शम्भुले भने ।

    त्यसपछि भने आफन्तलाई ज्यानको आशा बढ्यो । अनि मेडिकल कलेज र भरतपुर क्यान्सर अस्पतालका चिकित्सकलाई बोलाएर सुझाब लिए । क्यान्सर अस्पतालका डा. शिवजी पौडेलले फोक्सो र मुटुको धड्कन राम्रो रहेको बताएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

    शिक्षण अस्पतालका चिकित्सकले भट्टलाई एकपटक डायलसिस गर्नुपर्ने बताएको पनि उनले सुनाए । बिरामीका आफन्तले भट्टलाई अपरेसन गर्ने चिकित्सक सम्पर्कमा नआएको जनाएका छन् । उनीहरूले पहिले नै बिरामीको अवस्था यकिन नगरी अपरेसन गर्ने चिकित्सकमाथि कारबाही गरी क्षतिपूर्ति दिलाउनुपर्ने मागसमेत गरे । 'हामी न्यायका लागि अदालत जान पनि पछि पर्दैनौँ,' भट्टका आफन्त शिवप्रसाद सापकोटाले भने, 'बिरामीले अपरेसनअघि गरेको हस्ताक्षर मान्छे मार्ने लाइसेन्स त होइन नि ?'अर्जुन पौडेल, विष्णु पौडेल/ नयाँ पत्रिका


    No comments:

    Post a Comment