• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 16, 2009

    'मलाई मदनले पनि बोक्नुहुन्थ्यो'

    जनक नेपाल

    गुलरिया, 'अध्यक्ष कमरेड, असार १५ गते कार्यकर्ताको बुई चढेको कुरा के हो ?' कार्यकर्ताका प्रश्न एमाले अध्यक्ष झलनाथ खनालतिर सोझिए । तनहुँमा कार्यकर्ताको बुई चढेर खोला तरेको तस्बिरबारे सोधिएको लिखित प्रश्न पढेपछि उनी गम्भीर देखिए । र, नरम हुँदै भने, 'कमरेडहरू, त्यो रहरले

    होइन । मेरो बाध्यता हो ।'

    खनाल साउन २६ गते एमाले भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ताहरूलाई गुलरियामा प्रशिक्षण दिँदै थिए । कार्यकर्ताको बुई चढ्नुपर्ने बाध्यता प्रस्ट्याउन ३६ वर्षअघिको प्रसंग कोट्याएर रहस्य खोल्न सुरु

    गरे उनले ।

    'मलाई टीबी -क्षयरोग) लागेको थियो । स्वास्थ्यकर्मीले नियमित सुई लगाउँथे । लामो समय सुई लगाउनुपर्ने भएकाले आफैंले सुई लगाउन सिकेको थिएँ । ठीक त्यसैबेला म जेल परें,' नियमित स्वास्थ्य जाँच नगराई जेलभित्र बस्दा पनि लगातार

    सुई लगाएकाले साइट इफेक्ट

    भई सिकिस्त भएको खनालले

    बताए । आँखा र कान हुँदै भित्री अंगसम्म असर परेकाले उज्यालोबिना चल्नै नसक्ने भएको उनले खुलासा गरे ।

    खनाल अँध्यारोमा हिँड्डुल गर्न सक्दैनन् रे । 'साँझ परेपछि अपांग जस्तै हुन्छु,' सीधा मात्र हिँड्न सक्ने उल्लेख गर्दै उनले भने, 'खेतको आलीमा हिँड्न र चिप्लो खोला तर्न सक्दिनँ । अरूको सहारा चाहिन्छ ।'

    भूमिगतकालमा उक्त रोगबाट धेरै दुःख पाएको उनले स्मरण गरे । पूर्वमहासचिव मदन भण्डारीले समेत आफूलाई बोकेको सम्झँदै उनले भने, 'दिनभर संगठनका काममा व्यस्त हुनुपथ्र्याे । रात परेपछि म हिँड्न सक्दैनथंे । मदन कमरेडले दुई/तीन पटक उकालो/ओरालो बोकेर 'सेल्टर' सम्म पुर्‍याउनु भएको छ ।'

    नेपाली मिडियाले एमालेलाई कम स्थान दिइरहेको टिप्पणी गर्दै पार्टीका छुट्टै सञ्चारमाध्यम खोल्ने गृहकार्य भइरहेको समेत खनालले बताए । 'एक वर्षभित्र पार्टीका छुट्टै रेडियो, टेलिभिजन र दैनिक पत्रिका आउने छन्,' उनले सुनाए ।

    प्रश्नहरू खनाल आफैंले पढ्दै जवाफ फर्काएका थिए । प्रश्न पार्टीभित्र मौलाएको गुटबन्दी र एउटा गुटको अगुवाइ अध्यक्षले गरेको आरोपका पनि थिए । 'मेरो कुनै गुट छैन,' अलि उत्तेजित देखिएका खनालले जवाफ फर्काए, 'मैले गुटबन्दी गरेको पुष्टि गर्नुहुन्छ भने जस्तोसुकै कारबाही भोग्न तयार छु ।'kantipur

    No comments:

    Post a Comment