• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 6, 2009

    दरबार हत्याकाण्ड मेरो योजनामा… तुलप्रसाद शेरचन

    गाईजात्राको अघिल्लो दिन एउटा गज्जबको गाईजात्रा देख्‍न पाइयो। एक जना मान्छेले पत्रकार सम्मेलन गरी राजा वीरेन्द्रको परिवारको हत्या आफूले गराएको पो भन्छ बा। हैन के अचम्म हो यो ? हुँदाहुँदा यो देशमा हत्या पनि आफूले गरेको भनेर जिम्मा लिँदै पत्रकार सम्मेलन गरेको देखियो। बाँच्न मात्र पर्छ के के देखिन्छ भन्थे बूढापाकाले हो रैछ।

    ऋषि धमलाको क्लबमा बुधबार पत्रकार सम्मेलन गर्ने पहिले कहिल्यै नाम नसुनिएका व्यक्ति तुलप्रसाद शेरचनले त्यस्तो दावी गरेका हुन्। उनले दरबार हत्या काण्डको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर भनी सरकारलाई चुनौति दिँदै हत्या भएको श्रव्य दृश्यको सीडी प्रमाण पनि सुरक्षित रहेको दाबी गरेछन्। उनले आफूलाई रोयल ब्युरो अफ इन्टिलिजेन्सको प्रमुख भएको समेत बताए। क्या हो यो रोयल ब्युरो अफ इन्टेलिजेन्स भन्ने फेरि।

    बकम्फुसे गफ भएकैले होला, सबै सञ्चार माध्यमले यो समाचारलाई प्रकाशन/प्रसारण गरेनन्। हैन को रैछन् यी तुलप्रसाद शेरचन भन्ने ? तपाईँ मध्ये कसैले चिन्नुभएको छ कि उनलाई ? MY SANSAR फोटो सौजन्यः एटिभी



    No comments:

    Post a Comment