• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, August 7, 2009

    मान्छे मारेपछि मध्यराति मदिरामा मस्त

    विराटनगर। 'ओई ज्ञाने, तँ मान्छे मार्ने, हामीले चाहिँ तँलाई जहिल्यै बचाउनुपर्ने, योचोटिचाहिँ अन्तिम हो, बुझिस्? अब हामी तँलाई बचाउँदैनौँ। तर, तँ फिक्री नगर, हामीले सबै व्यवस्था मिलाइसकेका छौँ। पोस्टमार्टमको रिपोर्ट हाम्रै पक्षमा आउँछ। हामीले काठमाडौंबाट आएको टोलीसँग पनि कुराकानी गरिसकेका छौँ। चिन्ता नगर, पोस्टमार्टम नसकिउन्जेल हामी रातभरि जाँड खाएर बस्छौैँ।
    यो बिरामी मार्ने निजी अस्पतालका रूपमा प्रायः विवादमा पर्दै आएको विराटनगरस्थित विराटनरसिंह होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्की र नोबल मेडिकल अस्पताल विराटनगरका प्रबन्ध सञ्चालक डा. सुनील शर्माबीच साउन १७ गते साँझ भएको मोबाइल वार्ताको अंश हो।
    प्रत्यक्ष देखिएका ११ जनाको अपरेसन गरेकै कारण मृत्यु भइसकेको विवाद खेपेको उक्त नर्सिङ होमका सञ्चालक कार्कीले यसपालिचाहिँ अपरेसन गरेकी महिलाको मृत्यु भएपछि निकै झमेला व्यहोरेका छन्।
    साउन दोस्रो साता दमककी गीता सिटौलाको मात्र नभएर मंसिर १९ गते विराटनगर–१ की ५४ वर्षीया कृष्ण पुरी, ०६५ जेठमा झापा खुदुनाबारीकी ४५ वर्षीया लक्ष्मी ढुंगेलको मृत्यु भएको थियो। यसैगरी, इटहरीकी धनमाया लावतीको पनि मृत्यु भएको थियो। विराटनगर–६ की निलम न्यौपानेको पनि सोही नर्सिङ होममा मृत्यु भएको थियो।
    घाँटीमा तरबार राखेपछि मैले क्षतिपूर्ति नदिनु त? भन्दै होहल्ला गर्न सक्नेलाई क्षतिपूर्ति दिँदै आएका विराट नर्सिङ होमका सञ्चालक ज्ञानेन्द्र आफैँमा ठीक पनि होलान्, तर उपचार गर्दा एकजना पनि बिरामी मर्नुहुन्न भन्ने गम्भीरता पनि त आवश्यक होला नि, मृतक गीतादेवीका दुई टुहुरा छोरा उज्ज्वल र उत्सवले बताइरहेका छन्।
    न्यायका लागि आफूहरू अदालतमा मुद्दा हाल्न पनि जाने, पीडितका आफन्त कृष्ण सिटौलाले बताएका छन्।
    उता, विराटनगर कञ्चनबारीस्थित नोबल मेडिकल रिसर्च सेन्टरलाई डा. ज्ञानेन्द्रसँगै पार्टनर बनाएर सञ्चालन गराउँदै आएका डा. सुनील शर्माका कारण एक मधेसी परिवार घरको न घाटको नियति भोगिरहेको छ।
    डा. शर्मा र कार्कीले सञ्चालन गर्दै आएको नोबल मेडिकल कलेजमा १९ लाख तिरेर जग्गा–जमिन धितो राखी छोरालाई पढाउन पठाएको सिराहा सुरकीपुरका विद्यार्थी नवीन यादवको परिवारले त्यसरी घरको न घाटको नियति भोगेको हो। विद्यार्थी यादव सशस्त्र समूहको अपहणमा परी गत वर्ष मारिएका थिए। मारिएका ती विद्यार्थीको पैसा कलेजले फिर्ता दिनुपर्ने भए पनि हाल एकीकृत माओवादी अध्यक्ष प्रचण्डसमेतलाई माथ खुवाउन सफल डा. शर्माले पैसा पुरानो व्यवस्थापनसँग माग्नू, उसैको जिम्मेवारी हो भन्दै दुःख दिइरहेका छन्।
    – गणेश लम्साल

    No comments:

    Post a Comment