• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, August 7, 2009

    माओवादीमा मोटरसाइकल मोह

    काठमाडौं। एकीकृत नेकपा माओवादीका नेता–कार्यकर्ताले काठमाडांै खानेपानी लिमिटेडका मोटरसाइकलहरू व्यापक रूपमा दुरुपयोग गरेर भ्रष्टाचारमा आफ्नो समूह कमजोर नरहेको संकेत दिएका छन्। त्यसरी मोटरसाइकल दुरुपयोग गर्नेमा विगतमा एमाले, कांग्रेस र राप्रपामा क्रियाशील नवमाओवादीको संख्या अत्यधिक छ।
    राप्रपाबाट माओवादीमा प्रवेश गरी माओवादीनिकट काठमाडौं उपत्यका खानेपानी लिमिटेड कम्पनीको केन्द्रीय अध्यक्ष बनेका प्लान्ट अधिकृत मुकुन्द भण्डारीले कार्यालयको मोटरसाइकलमा निजी नम्बर प्लेट राखेर पेवा बनाएका छन्। उनले पेवा बनाएको मोटरसाइकल नम्बर बा.२५प ३४४६ हो। त्रिपुरेश्वर शाखामा कार्यरत भण्डारीले बालाजु शाखाको क्वार्टरसमेत प्रयोग गर्दै आएका छन्।
    त्यस्तै, माओवादीनिकट कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष शिव भण्डारीले सुन्दरीघाटको क्वार्टर र कार्यालयको बा.१म१६८८ नम्बरको मोटरसाइकल प्रयोग गरिरहेका छन्। अधिकृत र इन्जिनियरहरूले मोटरसाइकल नपाइरहेका वेला माओवादीनिकट कनिष्ठ कर्मचारीले शक्तिका भरमा मोटरसाइकल कब्जा गरेको कार्यालय स्रोतको गुनासो छ।
    नेपाली कांग्रेस छाडी माओवादीमा लागेका करार सेवाका कर्मचारी नन्दू टण्डुकार माओवादी कर्मचारी युनियनका तीनमध्ये एक केन्द्रीय उपाध्यक्ष हुन्। उनले पनि माओवादी हुनुको नाताले बा.१म१७०० नम्बरको मोटरसाइकल प्रयोग गरेका छन् भने श्रीमतीलाई पनि खानेपानीमै जागिर खुवाएका छन्। अर्का पूर्वकांग्रेसी तथा माओवादी कर्मचारी संगठनका उपाध्यक्ष मनहरि ढकालले बा.१म१०२७ नम्बरको मोटरसाइकल निजी प्रयोगमा ल्याएका छन्।
    एमालेका पूर्वविद्यार्थी नेता गोपालसिंह धामी खानेपानीमा कनिष्ठ सहायकका रूपमा करारमा नियुक्त कर्मचारी हुन्। एमाले छाडेर माओवादीमा छिरेपछि धामी यतिवेला खानेपानी कर्मचारी युनियनको महासचिव बनेका छन्। उनले कार्यालयको बा.१म१०५४ नम्बरको मोटरसाइकल कब्जामा लिएका छन्। त्यस्तै, वरिष्ठ सहायक पदमा कार्यरत सुरेश कर्माचार्य माओवादी कर्मचारी युनियनका केन्द्रीय सचिव हुन्। आफूलाई कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको भतिजो बनाउने सुरेशले कार्यालयको बा.१म१४८९ नम्बरको मोटरसाइकल लिएका छन्। खरिद शाखामा कार्यरत कर्माचार्यले क्यान्टिनको टेन्डरका साथै सुरक्षा गार्ड एवं ट्वाइलेट सफा गर्नेलगायतका सबै काममा ठेक्कामार्फत कमिसन लिने गरेको खानेपानी स्रोतको कथन छ। माओवादीकै अर्का सचिव भोला ढुंगानाले पनि पहेँलो प्लेटकै मोटरसाइकल कुदाउने गरेका छन्। त्यस्तै, राप्रपा समर्थित राजेश सुवेदी कर्मचारी युनियनका पूर्वमहासचिव माओवादीमा पसेर केन्द्रीय सदस्य भएका छन्। उनले पनि बा.१म१४२ नम्बरको मोटरसाइकल लिएका छन्।
    माओवादी हाकिमहरू
    खानेपानीमा माओवादी हुनासाथ व्यक्तिगत फाइदा पाउने देखिएपछि हामिकसमेत माओवादी बन्न थालेका छन्। छैटौँ तहका कर्मचारी मात्रै युनियनमा संलग्न हुन पाउने प्रावधान रहे पनि यतिवेला आठौँ तहका शिवराज पाठक, विजय तिमल्सिना र गोविन्दमान श्रेष्ठ माओवादी कर्मचारी संगठनको सल्लाहकार बनेका छन्। तिनैजना सहायक प्रबन्धक पदमा कार्यरत अधिकृत हुन्।
    अख्तियारमा समेत कामरेड!
    त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना वरिष्ठ अधिकारीसमेत माओवादीका घोषित नेता बनेका छन्। त्यसरी माओवादी बन्ने व्यक्ति हुन्, अख्तियारका कानुन अधिकृत हेमराज भट्टराई। खानेपानीका दरबन्दी भई सोर्सफोर्सका कारण अख्तियारमा पुगेका भट्टराई, झकबहादुर डाँगी अध्यक्ष रहेको माओवादीनिकट खानेपानी संस्थान कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष हुन्। अख्तियारका आयुक्त एवं राप्रपाका सल्लाहकार वेदप्रसाद शिवाकोटीको ल फर्ममा काम गर्ने भट्टराईलाई शिवाकोटीले हुक लगाएर खानेपानीबाट अख्तियारमा तानेका हुन्। अख्तियारले माओवादीले सम्हालेका कुनै पनि मन्त्रालयको भ्रष्टाचारसम्बन्धी फाइल चलाउँदैन किनकि आयुक्तहरूलाई राम्रैसँग थाहा छ– माओवादीबाट पैसा झर्दैन, उल्टै आफैँ असुरक्षित होइन्छ।
    यसैबीच, रामशरण रायमाझी, राजेश सुवेदी, सुमन थापालगायतका राप्रपा समर्थित कर्मचारी यतिवेला माओवादीमा छिरेर सक्रिय नेता बनेका छन्।

    No comments:

    Post a Comment