• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, August 7, 2009

    भो बाबुराम, धेरै नछर भ्रम

    – रोल्पाली कान्छो
    एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता क. बाबुराम भट्टराईले 'आजको मार्क्सवाद' भन्ने लेखमार्फत एउटा पृथक् बहसको थालनी गर्नुभएको छ। तत्कालीन माओवादीले स्तालिनलाई 'महान् मार्क्सवादी' 'लेनिनका सच्चा उत्तराधिकारी', 'बोल्सेविक क्रान्तिका एक जुझारु नेता' भनेर श्रद्धा र आदर गर्दछ भने ट्राटस्कीलाई 'उग्र संकीर्ण राष्ट्रवादी', 'दक्षिणपन्थी बिसर्जनवादी' र 'घोर अवसरवादी' भनेर चिन्ने गर्दछ। सिंगो माओवादी पार्टीले यसरी स्तालिन र ट्राटस्कीको बारेमा सही विश्लेषण गरिरहेको सन्दर्भमा क. बाबुराम भट्टराईले नितान्त पृथक् ढंगबाट बहसको सुरुवात गर्नुभएको छ।
    ट्राटस्कीको सिद्धान्त भनेको 'स्थायी क्रान्तिको सिद्धान्त' हो। त्यो भनेको विश्वमा एकैचोटि समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने हो। एउटै देशमा क्रान्ति गर्न सकिँदैन र क्रान्ति गरे पनि त्यसलाई टिकाउन सकिँदैन भन्ने हो। सारमा ट्राटस्कीको यो सिद्धान्तले विश्वमा क्रान्ति सम्भव छैन र गर्न पनि सकिँदैन भन्छ। प्रकारान्तरले (अन्ततः) यो संशोधनवादको अर्को रूप हो।
    लेनिनहरू जुनवेला सन् १९०५ को असफल सशस्त्र विद्रोहपछि रुसमा बोल्सेविक सर्वहारा कार्यदिशालाई जोगाउँदै दुई मोर्चामा बिसर्जनवादी र बहिष्कारवादीविरुद्ध डटेर संघर्ष चलाइरहेका थिए, त्यसवेला ट्राटस्कीले मेन्सेविक बिर्सजनवादीलाई समर्थन गरे। त्यसवेला लेनिनले उनलाई 'जुडास ट्राटस्की' को संज्ञा दिनुभएको थियो। जुडास क्राइस्टका शिष्य थिए। उनले तीस टुक्रा चाँदीको लोभमा परेर क्राइस्टलाई रोमन सिपाहीद्वारा समात्न लगाए। लेनिनले ट्राटस्की कस्तो मान्छे हो भन्नेबारे लेख्नुभएको छ, 'ट्राटस्की एक पतित आत्मस्वार्थी (क्यारिएरिस्ट) र गुटवाजले झैँ व्यवहार गर्छ ...... मुखले त उनी पार्टीको भक्त भन्छन्, तर उनको व्यवहार कुनै पनि गुटवाजको भन्दा नराम्रो छ।' पछि गएर सन् १९१२ मा ट्राटस्कीले अगस्त गुट गठन गरे।
    सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि क्रान्तिनायक एवं मजदुरका प्रिय नेता लेनिनमाथि मेन्सेविक अवसरवादी गुटका एक व्यक्तिले लुकेर गोली हान्छ र लेनिन गम्भीर घाइते पर्नुहुन्छ। त्यसवेला पार्टीभित्रको सबै पंक्ति समाजवादलाई व्यवस्थित गर्ने साझा प्रयत्न र क्रान्तिकारी जोशका साथ काममा डट्न लाग्छ, तर ट्राटस्कीपन्थीहरूले त्यसो गरेनन्। १९२३ को शरदमा जर्मनी, बल्गेरियामा क्रान्तिको पराजय, मुलुकमा आर्थिक कठिनाइ र लेनिनको बिरामी, सोभियत राज्यका लागि कठिन वेलामा जब क्रान्तिनायक लेनिन मृत्युशय्यामा हुनुहुन्थ्यो ट्राटस्कीले सोल्सेविक पार्टीमाथि आफ्नो हमला सुरु गरे। उनले पार्टीभित्रका सारा लेनिनवादविरोधी तत्त्वलाई बटुलेर पार्टी, त्यसकोे नेतृत्व र नीतिको विरुद्ध गुट बनाए। यसलाई ४६ विरोधीको घोषणा भनियो। लेनिनवादी पार्टीका विरुद्ध लड्न पार्टीविरोधी गुट ट्राटस्कीपन्थीलगायत धेरै गुट एकगठ भए।
    अक्टोबर १९२७ मा अर्थात् पन्ध्रौँ महाधिवेशनभन्दा दुई महिनाअघि केन्द्रीय कमिटीले सामान्य पार्टी छलफल सुरु गर्ने घोषणा गर्योध। ट्राटस्कीपन्थी र जिनोवियेवपन्थीको गुटको निम्ति त्यसको परिणाम साँच्चिकै सोचनीय रह्यो। छलफलमा ७२ लाख चार हजार पार्टी सदस्यले केन्द्रीय कमिटीको नीतिको पक्षमा मत दिए भने चार हजार अर्थात् १ प्रतिशतभन्दा कमले मात्र ट्राटस्कीपन्थी र जिनेवेयवपन्थीको गुटको पक्षमा मत दिए। त्यसपछि एकहदसम्म पार्टीविरोधी गुट परास्त भयो।
    लेनिनका घनिष्ट सहकर्मी, महान् सर्वहारावादी नेता स्तालिनमाथि धेरै ठाउँबाट आक्रमण गर्ने काम भएको छ। त्यसको घोर विरोध हिजो र आजका मार्क्सवादीले गर्दै आएका छन् र गर्दै जानेछन्। आधुनिक संशोधनवादका नाइके खु्रश्चोभले स्तालिनमाथि यति नीच भएर आक्रमण गर्थ्यो कि, जसको सबैतिरबाट भर्त्सना भयो। स्तालिनको मृत्युपछि खु्रश्चोभले एकठाउँमा यसरी गाली गरेको थियो, 'थुक्क, स्तालिन दस वर्षपहिले मरेको हुँदो हो त!' सबैलाई थाहा छ, स्तालिनको देहान्त १९५३ मा भएको थियो। त्यसको दस वर्षपहिले १९४३ तिर अर्थात् जुनवेला सोभियत रुसलेे महान् देशभक्ति युद्धमा आफ्नो तर्फबाट प्रत्याक्रमण सुरु गरेको थियो! त्यसवेला क. स्तालिनको मृत्यु होस् भनेर कसले चाहन्थ्यो? मात्र हिटलरले, तर खु्रश्चोभले हिटलरलाई माथ गर्नेगरी महान् स्तालिनमाथि आक्रमण गर्योय।
    क. बाबुरामले साम्राज्यवादको उदयसँगै विश्वमानचित्रमा ठूलो उथलपुथल आएको चर्चा गर्दे विशेषगरी विज्ञान तथा सूचना प्रविधिमा भएको तीव्र विकासले अब एउटै देशमा क्रान्ति गर्न नसकिने विचार ल्याउनुभएको छ। यो क. बाबुरामको कुनै नयाँ विचार नभई उही ट्राटस्कीको असफलसिद्ध 'स्थायी क्रान्तिको सिद्धान्त' हो। विश्वको अन्तरविरोधबारे क. लेनिनले गर्नुभएको विश्लेषणलाई तत्कालीन माओवादीले हालसम्म सही मान्दै आएको छ र आधारभूत रूपले कुनै त्यस्त्ाो परिवर्तन आएको छैन।
    इतिहासका सच्चाइलाई अस्वीकार गर्नुले क्रान्ति नै आवश्यक छैन भन्न खोजेको हुन्छ। संशोधनवादीहरू जनतालाई भ्रमित पार्न क्रान्ति त गर्ने हो तर परिस्थिति तयार भएको छैन भन्दै जसरी छलछाम र षड्यन्त्रको राजनीति गर्न पुग्छन्, त्यसैगरी ट्राटस्की र क.बाबुरामको स्थायी क्रान्तिको सिद्धान्तले घुमाउरोपाराबाट अन्तत बर्नस्टिनको सिद्धान्त सापटी लिएर मार्क्सवादप्रति अविश्वास र शंका पैदा गरेको छ। क.बाबुरामले भनैझैँ साम्राज्यवादको असमान र विषम विकासको प्रक्रियाले विभिन्न देशमा क्रान्तिको थालनी र सम्पन्नता एकैचोटि हुन सक्दैन। वस्तुगत र आत्मगत परिस्थितिलाई जुन देशमा त्यहाँको सर्वहारा वर्गले जतिसक्दो ठीक ढंगले समायोजन गरेर अघि बढ्न सक्यो त्यति चाँडो क्रान्तिलाई सम्पन्न गर्न र विश्वव्यापी क्रान्तिको लहर पनि फैलाउन सकिन्छ।
    जहाँबाट जे–जति घुमाइ–फिराइ तथ्यलाई बंग्याउन कोसिस गरे पनि स्तालिन स्तालिन नै हुन्। स्तालिनको महानतालाई ट्राटस्कीको अवसरवादी सिद्धान्तले छुनसमेत सक्दैन

    No comments:

    Post a Comment