• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 18, 2009

    प्रचण्डको फरियावाद

    Click on the slide!

    खोई त आज हाँसेको ? लन्डन भ्रमणका क्रममा वायाँबाट क्रमशः नयाँ नेपालका नयाँ पारस, ज्ञानेन्द्र र कोमल ।

    ए सहिद, वेपत्ता, जनयुद्धका घाइते र यातनापीडितहरु हो, तिमीहरुले यतिका लागि वलिदानी दिएका थियौ ?

    काठमाडौं। ''देश र जनताको सेवा गरेमा, पार्टी उद्देश्यअनुरुप काम गरेमा, हरेक राजनीतिक प्रतियोगितामा खरो रुपमा उत्रिएमा'' छोरा प्रकाश आफ्नो उत्तराधिकारी बन्न सक्ने आशय माओवादीका अध्यक्ष प्रचण्डले व्यक्त गरेका छन्। बेलायत भ्रमणको समयमा बीबीसी हिन्दी सेवासँग गरेको विशेष कार्यक्रममा प्रचण्डले सो कुराको जानकारी दिएका हुन्। त्यसो त बीबीसी हिन्दी सेवामा सो कार्यक्रम सञ्चालक राजेश जोशीले प्रचण्डको बेलायत भ्रमणको केही झलकसमेत प्रस्तुत गरेका छन्। जोशीका अनुसार प्रचण्ड बेलायतमा कुनै क्रान्तिकारी कम्युनिस्ट नेताको भन्दा कर्पोरेट भेषभूषाका साथ प्रशासनिक वा उद्योगपति शैलीमा सजिएका थिए। यसले गर्दा विश्व विख्यात क्रान्तिकारी नेता चे ग्वेभाराको तस्वीरलाई गिज्याउन पुगेको ब्यंङ्गयुक्त कथन जोशीको छ। यसबारेमा भने एक्काईसौं शताब्दीको पहिलो दशकको यथार्थमा आत्मसात् गर्न आवश्यक भएको प्रचण्डले बताएका थिए। बेलायतस्थित नेपाली दूतावासमा रहेको मन्दिर परिसरमा घुमेको भए तापनि बेलायत आउने अन्य नेताहरुले झैं प्रचण्डले भने मन्दिरम गएर पूजा नगरेको जोशीले बताएका छन्। चीनप्रति आफ्नो झुकाव छ भन्ने भारतीय बुझाइ गलत भएको कुरा पनि वीवीसीको हिन्दी सेवासंगको कुराकानीको क्रममा प्रचण्डले बताएका थिए।
    १२ बुँदे सम्झौताको समयमा संसद्वादी दलसँग कुरा गर्न भारतले पूरापूर मद्दत गरेको तर प्रधानमन्त्री बनेपछि भारतीय रवैयामा आफूप्रति परिवर्तन आएको प्रचण्डले बताएका थिए। संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बनेकोमा भारतको चित्त नबुझ्नु भारत रिसाउन सक्ने कारण भएको प्रचण्डको ठम्याइ थियो। अहिले नै निर्वाचन भएमा दुई तिहाई बहुमत आफ्नो पार्टीले ल्याउने ठोकुवा पनि प्रचण्डले गरेका थिए। नागरिक सर्वोच्चता बहाल नभएसम्म अहिलेको संघर्ष जारी रहने भनाइ प्रचण्डको थियो। यता, पार्टीको केन्द्रीय समितिको बैठकले पारित गरेको आचारसंहिताको उल्लंघन गर्दै श्रीमती र छोरासहित बेलायत गएको भनी पार्टीमा प्रचण्डको आलोचना भएको छ। विदेश विभाग प्रमुखलाई सूचना नदिई प्रचण्ड विदेश भ्रमणमा गएकोमा पनि आलोचना भएको छ। विश्वप्रसिद्ध वीवीसी रेडियोको हिन्दी सेवाले प्रचण्डको भ्रमण दलमा संलग्न उनका परिवारको नाम लिंदा गलत र आपत्तिजनक रुपमा माओवादी नेतृ हिसिला यमिको नाम प्रसारण गरेको थियो ।जनयूद्धका सारथीहरुले प्रचण्डको परिवारलाई सधै हनिमुन मनाउन छूट दिएको छ ? प्रचण्डको विदेश र स्वदेश भ्रमणमा उनको परिवारले राज्यको र पार्टीको सम्पत्ति दूरुपयोग गरिरहेको छ । अझै पनि हामी उनको कट्टु र हनुमान बनेर समर्थन गर्ने कि यसता फरियावादहरुको विरोध गर्ने ?

    1 comment:

    1. तेसो भए माकुने तो भारत भमण लाई के बाद् भन्ने ?

      ReplyDelete