• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, August 8, 2009

    जापानीहरू किन अरूभन्दा श्रेष्ठ हुन्छन् ?

    टोकियो/ 'जापानीहरू किन अरूभन्दा श्रेष्ठ हुन्छन् ः दिमागका दुवै भागको उपयोगका फाइदाहरू' नामक पुस्तकले जापानीहरूको सफलता र श्रेष्ठताको रहस्य उद्घाटन गरेको छ । यो पुस्तक ब्याय लाफायत पद मेन्तेन्कोले लेखेका हुन् । उनले जापान, कोरिया, चीन र मेक्सिकोका व्यापार-व्यवसाय, संस्कृति र भाषासम्बन्धी ४० भन्दा बढी पुस्तक लेखेर अन्तर्राष्ट्रिय ख्याति पाएका छन् । यस पुस्तकमा उनले जापानीहरूले हरेक प्रयासमा सफलता प्राप्त गर्नमा योगदान गर्ने जापानको परम्परागत संस्कृतिका तत्त्वहरूको पनि विश्लेषण गरेका छन् । जापानीहरूले दिमागको दायाँ भागको बढी उपयोग गर्ने गरेकोमा लेखकले उनीहरूको ज्ञान र सीपको तारिफ गरेका छन् । यसमा स्वरवर्णको आधिक्य रहने भाषाको महत्त्वपूर्ण हात रहेको उनले उल्लेख गरेका छन् ।

    यस्तो स्वरवर्णको आधिक्य रहेको संसारको अर्को भाषा दक्षिणी प्रशान्त क्षेत्रको पोलिनेसियन मात्र छ भन्ने उनको मत छ । दिमागसम्बन्धी जापानका आधिकारिक विद्वान् तथा 'जापानी दिमाग' नामक पुस्तकका लेखक डा. तादानोबु त्सुनोदालाई उद्धृत गर्दै जापानीहरूले कसरी आफ्नो दिमागको दाहिने भागमा पहिलो सूचना प्रक्रिया थाल्छन् भन्ने बताएका छन् । दिमागको त्यस भागले तथ्यभन्दा अनुभूतिलाई ध्यान दिन्छ । मेन्तेन्कोका अनुसार यसको प्रतिविम्ब उनीहरूको कला र शिल्पका साथै परम्परागत व्यवस्थापन अभ्यासमा प्रत्यक्ष रूपमा देखिन्छ । जापानीको दिमागमा सौन्दर्य र रूपले कार्यगत रूपमा समान भूमिका निर्वाह गर्छन्,' दे मेन्तेन्कों भन्छन्, 'यही नै त्यो सांस्कृतिक तत्त्व हो, जसले बटुको, फूलदानी, कागजको ढोका, कोठा विभाजन गर्ने बान्नो, किमोनो, युकाताजस्ता साधारण वस्तुमा पनि असाधारण सुन्दरता जडान गर्न जिम्मेवार छ ।

    दे मेन्तेन्को जापानीहरूले आफ्नो दिमागको दुवै भागको प्रयोग गर्न सक्ने हुनाले पूरै देब्रे भाग मात्र प्रयोग गर्ने मानिसहरूभन्दा बढी लाभ लिन सक्ने बताउँछन् । र, त्यो कलात्मक वस्तुहरूदेखि विद्युतीय सामग्रीको डिजाइनिङसम्ममा लागू भएको छ । 'भावुकताविरुद्ध कारक' जस्ता विषयमा उनी भन्छन्, 'जापानीहरू समग्रमा सोच्छन् यस विपरीत अन्य मानिस एकै पक्षमा सोच्छन् । यही नै जापानीहरूको व्यवहार, गुणस्तर र मुनाफामा विद्यमान परिश्रमी उद्यमी तत्त्व हो । दे मेन्तेन्कोले दिमागको देब्रे भागले काम चलाउने मानिसबाट जापानीलाई विशिष्ट किसिमले भिन्न बनाउने विचार र व्यवहारहरूको लामो सूची दिएका छन् । समीक्षकहरूले यसलाई विदेशीहरूका लागि जान्नैपर्ने महत्त्वपूर्ण विषय बताएका छन् । विदेशी पाठकहरूका लागि शीर्षकमध्ये विदेशी महिलाले आफ्नो दिमागको बायाँ भागमुखी समकक्षी पुरुषसँग कसरी व्यवहार गर्ने भन्ने अध्याय रुचिकर हुन सक्ने उनीहरूको राय छ ।

    No comments:

    Post a Comment