• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    कर्मचारी अमेरिका र जापानमाजागिर पर्वतमा,

    छबिलाल तिवारी, पर्वत असार २६- पर्वतमा जागिर भएका दुई जना सरकारी कर्मचारी चार वर्षदेखि अमेरिका र जापानमा बस्दै आएका छन्। जिल्ला कृषि बिकास कार्यालय पर्वतका नायब प्राबिधिक सहायक बलराम भुषाल जापान र प्राबिधिक सहायक कबिता कोइराला अमेरिकामा बस्दै आएका छन्। दुई कर्मचारी बर्षौदेखि कार्यालयमा हाजिर नहुदा जिल्ला कृषि बिकास कार्यालयले बारम्बार बिभागमा जानकारी गराएपनि कारबाही हुन सकेको छैन ।"सबै प्रकृया पुरा गरेपछि बर्खास्त गर्नका लागि पटक पटक क्षेत्रीय कृषि निर्देशनालय पोखरामा पत्राचार गर् यौ तर अहिलेसम्म केही जानकारी आएको छैन" जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत चन्द्रकान्त खनालले भने । उनले लामो समयदेखि दुई कर्मचारी बिना सूचना बिदेशमा बस्दा कार्यालयको दैनिक काम प्रभाबित भएको बताए। उनकाअनुसार कार्यालयले बर्खास्त गर्नका लागि १६ बैशाख ०६५मा क्षेत्रीय कृषि निर्देशनालय पोखरामा पत्राचार गरेको थियो ।दुई पटक स्पष्टीकरण दिन सम्बन्धित कर्मचारीलाई पत्रमार्फत ताकेता गरेको र पत्रिकामा समेत दुई पटक सुचना प्रकाशित गर्दा पनि हाजिर नभएपछि बर्खास्त गर्नका लागि टिप्पणी उठाएर ०६४ माघ २१ गते माथिल्लो निकायमा पत्राचार गरिएको कार्यालयले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालयमा पत्राचार गरेको पनि १८ महिना बितिसक्दा पनि कारबाहीको प्रकृया अगाडी नबढेको खनालले बताए ।nagarik

    No comments:

    Post a Comment