• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    ओबामाले झिँगा मारे

    वासिङ्टन डिसी, अमेरिका असार ३ (एजेन्सी)- अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक अन्तर्वाता दिने क्रममा झिंगामाथि बहादुरी देखाएका छन्। यो घटना अन्य कही नभएर ह्वाइट हाउसमै भएको थियो। एक टेलिभिजन च्यानललाई अन्तर्वाता दिने क्रममा एउटा झिंगा कताबाट हो आएर उनको शरीरका विभिन्न स्थानमा बस्न थाल्यो। पहिला त ओबामाले 'हट् उता जा' भनेर धपाउन खोजे। तर झिंगाले राष्ट्रपतिलाई छाड्न मानेन र बायाँ हातमा गएर बस्यो। ओबामाले आफ्नो सम्पूर्ण ध्यान झिंगामाथि केन्द्रित गरे र एक्कासी दायाँ हातले हिर्काए। अन्तर्वाता लिइरहेका पत्रकारको मुखबाट निस्क्यो -'धेरै राम्रो' । झिंगाले पनि राष्ट्रपतिको प्रहार सहन सकेन । निर्जीव भएर ढलेको झिंगालाई उनले बायाँ गोडाले अलि पर धकेले। अनि पत्रकारलाई सोधे, 'यसलाई पनि क्यामराले खिच्छौ?' तर उनको हरेक कृयाकलाप क्यामरामा कैद भइ रहेको ओबामालाई थाहा थिएन।

    No comments:

    Post a Comment