• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    गुगलले आफ्नै अपरेटिङ सिस्टम ल्याउने

    माइक्रोसफ्टलाई चुनौती
    क्यालिफोर्निया, असार २५ (एजेन्सी)- इन्टरनेट जायन्ट गुगलले अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ। अघिल्लो वर्ष क्रोम नामको वेब ब्राउजर बनाएको गुगलले अब पर्सनल कम्युटरहरूका लागि अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको हो। कम्युटर दुनियाँमा जगजगी कायम राख्दै आएको माइक्रोसफ्ट र यसको अपरेटिङ सिस्टम विन्डोजविरुद्ध गुगलको कदम प्रत्यक्ष चुनौती हुने अनुमान गरिएको छ।
    गुगलले आˆनो आधिकारिक ब्लगमार्फत अपरेटिङ सिस्टम निर्माणाधीन रहेको जानकारी दिएको हो। गुगलले बनाइरहेको अपरेटिङ सिस्टमको नाम गुगल क्रोम ओएस -अपरेटिङ सिस्टम) हुने बताइएको छ। आफ्ना अधिकांश उत्पादन र सेवा निशुल्क दिँदै आएको गुगलले यो अपरेटिङ सिस्टम पनि ओपन सोर्स -निशुल्क) हुने जनाएको छ।
    गुगल क्रोम अपरेटिङ सिस्टम सुरुमा केही साना र सस्ता नेटबुकहरूमा उपलब्ध हुनेछ। गुगलका अनुसार यसको अपरेटिङ सिस्टम प्रयोग गरिएका नेटबुकहरू सन् २०१० को मध्यदेखि बजारमा उपलब्ध हुने छन्। 'तीब्रता, सरलता र सुरक्षा गुगल क्रोम ओएसको प्रमुख पक्ष हुनेछ,' गुगलको आधिकारिक ब्लगमा भनिएको छ।
    ओपन सोर्स लाइसेन्स -सबैका लागि खुल्ला) प्रयोग गरिएको गुगल क्रोम ओएस गुगलकै क्रोम ब्राउजरको 'प्राकृतिक निरन्तरता' भएको गुगलको ब्लगमा उल्लेख छ। माइक्रोसˆटले निकै हल्लाखल्ला र ब्यापक तयारीका बीच यसको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज सेभेन सार्वजनिक गर्ने तयारी गरिरहादा गुगलको तर्फबाट उक्त कदम चालिएको हो।
    कुन अपरेटिङ सिस्टम कतिले चलाउँछन् ?
    विन्डोज एक्सपी - ६५.९६ प्रतिशत
    विन्डोज भिस्टा - २२.७६ प्रतिशत
    म्याक ओएस एक्स - ५.०१ प्रतिशत
    विन्डोज २००० - १.१३ प्रतिशत
    लिनक्स - १.१३ प्रतिशत
    गुगलका प्रोडक्ट म्यानेजमेन्ट उप प्रमुख सुन्दर पिचाइ र इन्जिनियरिङ निर्देशक लिनस अप्सनद्वारा संयुक्त रुपमा लेखिएको ब्लगमा गुगल ओएस छिटो र हलुका साइजको हुने बताइएको छ।
    'हाल इन्टरनेट ब्राउजरको प्रयोग गर्न सकिने अपरेटिङ सिस्टमहरू त्यो समयमा बनाइएका थिए, जतिखेर इन्टरनेट नै थिएन। यो अपरेटिङ सिस्टम चाहिँ अपरेटिङ सिस्टम कस्तो हुनुपर्छ भन्नेतर्फ पुनर्विचार गर्ने हाम्रो प्रयास हो,' ती दुईले गुगलको ब्लगमा लेखेका छन्। यद्यपि यो अपरेटिङ सिस्टम आधारभूत प्रयोगको लागि लक्षित हुने गुगलको दाबी छ।
    भाइरसबाट मुक्ति
    गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टमको सुरक्षा संयन्त्रलाई पूर्ण रुपमा नयाँ ढंगले विकास गरिरहेको बताएको छ। 'प्रयोगकर्ताहरूले भाइरस, मालवेयर र सेक्युरिटी अपडेट जस्ता झमेलाको सामना गर्नु पर्दैन,' गुगलको ब्लगमा दाबी गरिएको छ।
    गुगलले यसअघि नै मोबाइल फोनको लागि एन्ड्रोइड नामको अपरेटिङ सिस्टम बनाइसकेको छ। एन्ड्रोइड नेटबुकहरू पनि प्रयोग गर्न सकिन्छ। तर हाल निर्माणाधीन क्रोम अपरेटिङ सिस्टम ल्यापटप र डेस्कटप सबै खाले कम्प्युटरमा हाल्न सकिन्छ।
    वास्तविक प्रतिस्पर्धा
    गुगलको घोषणाले अपरेटिङ सिस्टमको बजारलाई नाटकीय रुपमा परिवर्तन गरिदिने अनुमान प्रविधि पण्डितहरूले गरेका छन्। विशेषगरी गुगलको यो कदमबाट माइक्रोसफ्टले कडा प्रतिस्पर्धाको सामना गर्नु पर्नेछ, जसले हाल अपरेटिङ सिस्टम बजारको ९० प्रतिशत हिस्स एक्लैले ओगटेको छ। 'गुगलको घोषणा विशाल हो,' इन्डर्ली समूहका अध्यक्ष रब इन्डर्लीले प्रतिक्रिया दिए, 'वर्षौंयता बजारमा बास्तबमै प्रतिस्पर्धात्मक अपरेटिङ सिस्टम आउन लागेको यो पहिलो पटक हो। यसले अस्थिरता पनि ल्याउन सक्छ तर माइक्रोसफ्टलाई चुनौती दिने यो पहिलो प्रयास हो।'
    गएको वर्ष गुगलले 'इन्टरनेटमा बाँच्नेहरूको लागि' भन्दै गुगल क्रोम नामको वेब ब्राउजर ल्याएको थियो। गुगले आफ्नो ब्राउजर 'सूचना खोज्न, इमेल हेर्न, समाचार पढ्न, सपिङ गर्न अथवा साथीहरूसाग सम्पर्कमा रहन' प्रयोग गर्न सकिने बताएको थियो।
    'अब इन्टेरनेट भनेकेँ केही स्थायी पेजहरूको लागि मात्र होइन, सक्रिय एप्लिकेसनहरूका लागि पनि हो भन्ने मान्यता स्थापना गर्न गुगल गम्भीर रुपमा लागेको देखियो, जस्तै गुगलका गुगल डक्स र जिमेल सेवा,' सिनेटका स्टेफन स्याङ्कल्याण्डले टिप्पणी गरे। उनको विचारमा गुगलले माइक्रोसफ्टसाग रोजेको प्रतिस्पर्धाको बाटोको कारण कानुन अनुगमनकर्ताहरूलाई गुगलप्रति सुक्ष्म निगरानी राख्न प्रेरित गरेको छ। तर केही विश्लेषकहरूका अनुसार गुगलको कदम प्रष्ट छ। 'गुगलको एउटा प्रमुख उदेश्य भनेको ब्यवस्थित तवरले माइक्रोसˆटलाई ध्वस्त पार्दै उसको एकल आधिपत्य समाप्त पार्नु हो,' इन्डर्लीले थपे।
    के हो अपरेटिङ सिस्टम ?
    कम्प्युटर हार्डवेयर -प्रोसेसर, हार्ड डिस्क, मदरबोर्ड, मोनिटर, किबोर्ड, माउस आदि) र कम्प्युटर प्रयोगकर्ताबीचकेँ सम्बन्धको सेतु अपरेटिङ सिस्टम -ओएस) हो। ओएस एउटा सफ्टवेयर नै हो, तर यसलाई कम्प्युटरको आधारभूत एप्लिकेशन र सˆटवेयरहरूको पनि माउ भन्न सकिन्छ। अन्य कम्प्युटर प्रोग्रामहरू पनि ओएसमै इन्स्टल गरिन्छ। अधिकांश प्रयोगकर्ताले विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्छन्। जस्तै, विन्डो एक्सपी, विन्डोज भिस्टा आदि। तर अन्य अपरेटिङ सिस्टमहरू पनि प्रचलनमा छन्। हरेकका आˆनै किसिमका विशेषता छन्। तर सबै अपरेटिङ सिस्टमको मूख्य काम कम्प्युटरलाई चलाउन मिल्ने बनाउनु हो।

    No comments:

    Post a Comment