• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 29, 2009

    कमिक्समा देखियो महजोडी

    काठमाडौं/ आफ्ना अनुहार कमिक्स-पात्रका रूपमा सार्वजनिक भएकोमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य -मह) दंग छन् ।

    'मह, कोभन्दा को कम' नामक नेपाली भाषाको कमिक्स विमोचन कार्यक्रममा उनीहरू भन्दै थिए, 'अब हाम्रो बढुवा भो । रंगमञ्च, टेलिसिरियल र फिचर फिल्म हुदै महजोडी चित्रकथासहितको कमिक्सको पात्रमा पनि देखिएको छ ।'

    तीन दशक लामो महको सह-यात्राका क्रममा उनीहरूलाई कमिक्स-पात्रमा उतारिएको यो नै पहिलोपटक हो । 'यो हाम्रा लागि नयाँ अनुभव हो, यसले खुसी तुल्याएको छ,' कलाकार मदनकृष्णले भने, 'पहिला हामीलाई नयाँ-नयाँ काम गर्दा जति रमाइलो लागेको थियो, अहिले पनि त्यस्तै भएको छ ।'

    महजोडीका सदस्यले यो उपलक्ष्यमा एकअर्कोलाई बधाई मात्र दिएनन्, चित्रकथामा आफू उतारिँदा बदलिएको अनुहारको नाप-नक्साबारे व्यंग्य पनि गरे । मदनकृष्णले हरिवंशलाई लक्षित गर्दै भने, 'चित्रमा हरिको भुँडी त ठूलै रै'छ । तर, उसले अहिले आफ्नो भुँडी घटाएको छ ।' मदनकृष्णले यो बोलिरहँदा मञ्चमा बसेका आचार्य कराउँदै थिए, 'चित्रमा मेरो सबै मिलेको छ, तर भुँडी मिलेन ।'

    नेपालमा हिन्दी कमिक्सको बजारको विकल्पका रूपमा मह जोडीलाई कमिक्समा ल्याउने काम शेर पब्लिकेसनले गरेको हो । 'यसले हिन्दी कमिक्सका पाठकलाई विकल्प दिएको छ,' कलाकार आचार्यको भनाइ थियो, 'विदेशमा बस्ने नेपालीले गुन्द्रुक, अचार, मस्यौरासँग यो कमिक्स पनि मगाउने वातावरण भयो भने बल्ल मज्जा हुन्थ्यो । हामी यही चाहन्छौँ ।'

    कार्टुनिस्ट अविनको चित्र र सुरेशकिरणका संवाद रहेको यो कमिक्समा झन्डै आधा दर्जन चित्र-कथा समावेश गरिएका छन् ।

    No comments:

    Post a Comment